Arun Sandesh

Arun Sandesh माेफसलकाे सञ्चार
news portal
www.arunsandesh.com माेफसलकाे सञ्चार

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्ननेपाल पत्रकार महासंघको आग्रहमिति : २०८३ ।०४।१४सुनसरीलगायत विभिन्न ज...
31/07/2026

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न
नेपाल पत्रकार महासंघको आग्रह
मिति : २०८३ ।०४।१४
सुनसरीलगायत विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको दुःखद् निधन भएको घटनाप्रति नेपाल पत्रकार महासंघ गहिरो दुःख व्यक्त गर्दछ । ज्यान गुमाउनु भएका सम्पूर्णप्रति महासंघ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा बहुजातीय विविधताले सम्पन्न मुलुक हो । यही विविधताबीचको एकता, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली समाजको विशिष्ट पहिचान तथा राष्ट्रिय शक्तिको आधार हो । नेपाली समाजले सदियौंदेखि विविध आस्था, संस्कृति र समुदायबीच आपसी विश्वास र सद्भाव कायम गर्दै आएको गौरवशाली परम्परा बोकेको छ । यसलाई कमजोर बनाउने कुनै पनि गतिविधिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रतिकूल प्रभाव पार्न सक्छ ।
पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछिका विभिन्न स्थानमा विकसित घटनाले सिर्जना गरेको परिस्थितिप्रति नेपाल पत्रकार महासंघ गम्भीर चिन्ता व्यक्त गर्दछ । यस्तो संवेदनशील अवस्थामा नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । साथै, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिकले उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्नु अपरिहार्य छ ।
महासंघ सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा अफवाह, घृणा, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, उत्तेजनात्मक प्रचारप्रसार र सामाजिक सञ्जालमार्फत प्रसारित भ्रामक तथा अपुष्ट सामग्रीको प्रसारबाट पूर्ण रूपमा टाढा रहन हार्दिक आग्रह गर्दछ । कुनै पनि असहमति वा विवादको समाधान हिंसा, तोडफोड, प्रतिशोध वा द्वेषबाट होइन, संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिमार्फतमात्र सम्भव हुन्छ भन्नेमा महासंघ दृढ विश्वास व्यक्त गर्दछ ।
यस संवेदनशील परिस्थितिमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका झन् महत्वपूर्ण, जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमार्फत सामाजिक सद्भाव, शान्ति र नागरिक विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महासंघले महसुस गरेको छ । त्यसैले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई उच्च व्यावसायिक आचरण, पत्रकारिताका स्थापित मान्यता र आचारसंहिताको पूर्ण पालना गर्दै आफ्नो पेशागत दायित्व निर्वाह गर्न महासंघ आग्रह गर्दछ ।
साथै, समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणमा संलग्न पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रकारको त्रास, अवरोध वा हस्तक्षेपबिना सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अंकुश वा संकुचन हुन नदिन नेपाल सरकार तथा सम्बन्धित सबै पक्षसँग महासंघ जोडदार आग्रह गर्दछ ।
महासंघ नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र संवैधानिक अधिकारको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न माग गर्दछ । साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वासलाई सुदृढ बनाउन आवश्यक संवाद, समन्वय र विश्वास निर्माणका प्रयासलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै पक्षसँग महासंघ अपिल गर्दछ ।
संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थापनका क्रममा मानवअधिकारको पूर्ण सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ अवलम्बन गर्न नेपाल सरकारलाई महासंघ गम्भीर ध्यानाकर्षण गराउँदछ ।
महासंघ पुनः सबै पक्षलाई संयमता, सहिष्णुता, आपसी सम्मान र जिम्मेवारीका साथ प्रस्तुत भई सामाजिक सद्भाव, राष्ट्रिय एकता र दिगो शान्तिको पक्षमा योगदान पुर्‍याउन हार्दिक आह्वान गर्दछ ।
दीपक आचार्य
कार्यवाहक अध्यक्ष

30/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ साउन १४ गते


९ दलको संयुक्त वक्तव्य तथा अपिल
29/07/2026

९ दलको संयुक्त वक्तव्य तथा अपिल

सभापाेखरीमा डुंगा सञ्चालन गरेको भिडियाे तथा फाेटा सामामाजिक सञ्चालनमा भाइरल भएपछि चाैतर्फी विराेध भएकाे छ । सभापाेखरी गा...
28/07/2026

सभापाेखरीमा डुंगा सञ्चालन गरेको भिडियाे तथा फाेटा सामामाजिक सञ्चालनमा भाइरल भएपछि चाैतर्फी विराेध भएकाे छ । सभापाेखरी गाउँपालिकाले निकालेको विज्ञप्तीमा सभापाेखरीको बाथिमेट्रिक म्यापिङ र वातावरण अध्ययन गर्न अनुमति दिएको भनिएको संस्था तथा निकाय बारे केहि खुलाएको छैन ।


सङ्खुवासभा ।  सङ्खुवासभाकाे सभापोखरी गाउँपालिकाले सभापोखरीमा व्यावसायिक, पर्यटकीय वा अन्य कुनै प्रयोजनका लाग.....

26/07/2026

मकालु र मेरापिक हिमाललाई अन्तर्राष्ट्रिय टुरिष्ट डेस्टिनेसनका रूपमा र साहसिक यात्रा गर्ने पर्यटन केन्द्र रूपमा विकास गर्नु पर्ने : सांसद डा. अर्जुनकुमार कार्की

26/07/2026

स्थानीय जनताकाे हकअधिकारका बारे जलविद्युत आयोजनाहरूले बेवास्ता गरेका छन् : सांसद डा. अर्जुन कुमार कार्की

25/07/2026

विद्यार्थी आन्दोलन तीव्र बनेपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा बुझाएका छन्।
केन्द्र सरकार र आन्दोलनरत पक्षबीच हुन लागेको तेस्रो चरणको वार्ताभन्दा केही घण्टाअघि मात्रै उनले सामाजिक सञ्जाल 'एक्स' (X) मार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
दिल्लीको जन्तर मन्तरमा विगत एक महिनाभन्दा बढी समयदेखि धर्नामा बसेका आन्दोलनकारीहरूको मुख्य माग नै शिक्षामन्त्री प्रधानको राजीनामा थियो। शिक्षामन्त्रीको राजीनामाको विषयलाई लिएर सरकार र आन्दोलनकारी पक्षबीचको वार्ता निष्कर्षविहीन बन्दै आएको थियो। शनिवार बिहान आन्दोलनरत पक्षले शिक्षामन्त्रीलाई पदबाट नहटाएसम्म कुनै पनि वार्तामा नबस्ने अडान स्पष्ट पारेको थियो।

22/07/2026

निर्माणाधीन घरको पानीट्यांकीमा मृत भेटिएका शव दाजु-भाइको भएको पुष्टि
दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र मृत भेटिएका शवको पहिचान खुलेको छ ।
घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर -९ का कमल गिरी र सोही घर निर्माणमा मिस्त्रीको रुपमाका गर्दै आएका घनश्याम गिरी रहेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर–९,मा बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएपी) होमबहादुर पराजुलीका अनुसार मृतकहरू नातामा दाजुभाइ हुन् । उनीहरू एकै घरका दाजु भाइका छोराहरू रहेको बुझिएको छ। कमल निर्माण व्यवसायी (ठेकेदार) र घनश्याम मिस्त्रीका रूपमा घर ठेक्का लिएर संयुक्त रूपमा काम गर्दै आएका थिए ।
पानीट्यांकीको फर्मा (सेट्रिङ) निकाल्नका लागि भित्र छिरेका बेला अक्सिजनको कमी भइ निस्सासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सङ्खुवासभाकाे सभापाेखरी गाउँपालिका–६ मा सभाखाेलामा नुहाउने क्रममा एक बालिकाको मृत्यु
21/07/2026

सङ्खुवासभाकाे सभापाेखरी गाउँपालिका–६ मा सभाखाेलामा नुहाउने क्रममा एक बालिकाको मृत्यु



Address

Khandbari
977

Alerts

Be the first to know and let us send you an email when Arun Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arun Sandesh:

Shortcuts

Share