Arun Sandesh

Call Directions Website Contact the business

Arun Sandesh माेफसलकाे सञ्चार
news portal
www.arunsandesh.com माेफसलकाे सञ्चार

28/08/2026
मकालु गाउँपालिकाको बैठकमा पर्यटन, सञ्चार र विकास निर्माणका विषयमा छलफलसंखुवासभा । मकालु गाउँपालिकाको कार्यपालिकाको बैठक ...
28/08/2026

मकालु गाउँपालिकाको बैठकमा पर्यटन, सञ्चार र विकास निर्माणका विषयमा छलफल

संखुवासभा । मकालु गाउँपालिकाको कार्यपालिकाको बैठक मकालु बेशक्याम्प नजिक याङ्ले खर्कमा सम्पन्न भएको छ। बैठकमा सञ्चार, बिपत ब्यवस्थापन ,पर्यटन प्रवर्द्धन, पुल निर्माण, विकास निर्माण तथा मकालु–बरुण राष्ट्रिय निकुञ्जसँगको समन्वयलगायतका विषयमा छलफल भएको छ।

प्रतिनिधिसभा सदस्य माननीय डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा बसेको बैठकमा चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र उपाध्यक्ष मनकला राई आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुभएको थियो।

बैठकले मकालु गाउँपालिकामा मोबाइल सेवा तथा सञ्चार सुविधालाई तत्काल व्यवस्थित गर्न आवश्यक पहल गर्ने विषयमा छलफल गरेको छ। दुर्गम क्षेत्रमा सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीयवासी तथा पर्यटकले समस्या भोग्दै आएकाले सञ्चार सेवालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, मकालु गाउँपालिकाका पर्यटकीय क्षेत्र शिवधारा, मकालु हिमाल तथा आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने विषयमा छलफल भएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी पर्यटक आकर्षित गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।

बैठकमा बरुण नदी तथा यसका सहायक नदीमा बाढी तथा अन्य कारणले बगाएका र जीर्ण अवस्थामा रहेका पुलहरूको पुनर्निर्माण तथा मर्मतसम्भार गर्न आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको छ।

मकालु–बरुण क्षेत्रमा विकास निर्माणका काम अघि बढाउँदा मकालु–बरुण राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ। निकुञ्ज क्षेत्रमा प्रकृति संरक्षणसँगै स्थानीयको जीविकोपार्जन तथा सामुदायिक विकासका लागि उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित तथा अधिकतम उपयोग गर्न नीतिगत संशोधन आवश्यक रहेको विषयसमेत उठाइएको छ।

बैठकले मकालु–बरुण क्षेत्रमा रहेको लोअर बरुण ताल फुट्न सक्ने सम्भावनालाई समेत गम्भीर रूपमा लिएको छ। सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण तथा सुरक्षा व्यवस्थापनका लागि संखुवासभाका १० वटै स्थानीय तहसँग छलफल तथा समन्वय गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ।
बैठकमा उठाइएका विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने बताइएको छ।

फाउन्डेसनका अनुसार परियोजना अन्तर्गत भोटखोला गाउँपालिकामा झयाम्बे भुची (शिशु स्याहार केन्द्र) सञ्चालन, बाल सुरक्षा तथा स...
28/08/2026

फाउन्डेसनका अनुसार परियोजना अन्तर्गत भोटखोला गाउँपालिकामा झयाम्बे भुची (शिशु स्याहार केन्द्र) सञ्चालन, बाल सुरक्षा तथा संरक्षणसम्बन्धी तालिम, सामुदायिक पुस्तकालय व्यवस्थापन, खानेपानी मुहान तथा ट्याङ्की निर्माण/मर्मत, सीपमूलक च्याउ खेती तालिम, छात्रवृत्ति वितरण, कफी ब्यारिस्टा तथा सिलाइ–बुनाइ तालिम र आर्चरीलगायत परम्परागत खेलकुद प्रवर्द्धनका कार्यक्रम सञ्चालन भएका छन्।

काठमाडौं । कर्म–ज्यामु भोटिया फाउन्डेसन नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। फाउन्डेसनले संखुवासभा.....

सुरक्षित रहाैं
28/08/2026

सुरक्षित रहाैं

विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार​...
28/08/2026

विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो। तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ। अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ।
​टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।
​यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई ज्यानको बाजी लगाएर सुरक्षित स्थानमा सारेको छ।
​आफ्नो प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज (२०८३ भाद्र ११ गते) रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ।

26/08/2026

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

26/08/2026

भोटेकोसी बाढी: ९ जनाको शव भेटियो
रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म नाै जनाको शव फेला परेको छ ।

26/08/2026

अत्यन्त जरुरी सूचना

भदौ १० गते दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै छ।

अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहुन सबैमा अनुरोध छ।

— जल तथा मौसम विज्ञान विभाग


नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो।
26/08/2026

नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो।

26/08/2026

मलेखुबाट धादिङबेँशी जोड्ने पुल पनि बाढीले बगायो

Address

Khandbari
977

Alerts

Be the first to know and let us send you an email when Arun Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arun Sandesh:

Shortcuts

Share