Arun Sandesh

Arun Sandesh www.arunsandesh.com
माेफसलको सञ्चार
News portal
(1)

07/03/2026

संखुवासभा अपडेट: ९८७ मत गणना गर्दाको अवस्था
दिपन कुमार श्रेष्ठ(रुख): ९४
अर्जुन कार्की (सुर्य ): ३७७
सरिता खड्का(तारा): ५८
मिङ्मा शेर्पा (घण्टी): ३०८
उमा कुमारी राई (माटाे): ६८
घनश्याम वालिङ (बाँसुरी): १३

06/03/2026

नारायणकाजी श्रेष्ठभन्दा रास्वपाका नरेन्द्र साह कलवार ८ गुणा मतले अगाडि
सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले सुरुआती अग्रता लिएका छन्। कलवारले हालसम्म ५ हजार ४२४ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिद्वनद्वी नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ७ सय २० मत मात्र प्राप्त गरेका छन्।

जारी मतगणनामा श्रेष्ठ भन्दा झण्डै ८ गुढा बढी मत कलवारले प्राप्त गरेका छन्। श्रेष्ठ पहिलोपटक सर्लाही ३ बाट उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेसका विनोद कुमार खनालले ५ सय ४० मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ३ सय ३३६ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका त्रिभुवन कुमार सिंहको ८९ मत प्राप्त गरेका छन्।

06/03/2026

एमालेका शेरधनलाई पछि पार्दै श्रम संस्कृतिका ध्रुव
भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।

ध्रुवराजले ४६७ मत पाएर अग्रता लिदा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधनले ४६० मत पाएका छन् ।
तेस्रोमा नेपाली कांग्रेसका बालकृष्ण थापा छन् । उनले ३७०, रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन् ।

06/03/2026

दाङ–२ मा विपिनको फराकिलो अग्रता, शंकर ५ हजार बढी मतले पछि
दाङ निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले ८ हजार २६२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ३ हजार १५९ मत प्राप्त गरेका छन्। यसअनुसार विपिन र शंकर पोखरेलबीच ५ हजार १०३ मतान्तर रहेको छ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका किरण किशोर घिमिरेले २ हजार ४७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९९७ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनले उल्लेखनीय मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका १६, १७, १८ र १९ को मतगणना सकिएको छ। र बङ्गलाचुली गाउँपालिकाको एक वडाको मतगणना गरिएको छ।

06/03/2026

निवर्तमान उपसभामुखभन्दा सभामुख साढे ७ हजार मतले पछाडि
झापा निर्वाचन क्षेत्र नम्बर-२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धी छन् ।

हालसम्मको मतगणनामा निवर्तमान उपसभामुख रानाभन्दा सभामुख घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।
रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत पाएका छन् । तेस्रोमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार १०७ मत ल्याएका छन् ।

चौथोमा नेपाली कांग्रेसकी सरिता प्रसाईं छिन् । उनले ७७० मत पाएकी छन् ।

06/03/2026

नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड विजयी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।
यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ

06/03/2026

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङ विजयी, घोषणा हुन बाँकी
मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।

बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका अनुसार कांग्रेसका गुरूङले २ हजार ४१५ मत पाएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छिन्।

मनाङमा मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत पाएका छन्। कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार ९२३ मत खसेको थियो।

मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४५ मत बदर भएको छ। हिमाली जिल्ला मनाङमा कांग्रेस उम्मेदवार गुरूङलाई नेकपा एमालेले समर्थन गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थिएन।

06/03/2026

भक्तपुर-२ : राजीव खत्रीले ११ हजार मत कटाए, महेश बस्नेत तेस्रो
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले ११ हजार मत कटाएका छन् । यहाँ तेस्रोमा एमालेका महेश बस्नेत रहेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार खत्रीको मत ११ हजार ४९ मत रहेको छ भने तेस्रोमा रहेका एमालेका बस्नेतको ३११६ मत रहेको छ ।
दोस्रोमा कांग्रेसका कविर राणा छन् । राणाले १५०३ मत ल्याएका छन् ।

अग्र स्थानमा रहेका रास्वपाका उम्मेदवार खत्री करिब २० वर्ष लामो पत्रकारिताबाट बिदा लिँदै राजनीतिमा होमिएका नेता हुन् । एमालेका सचिव समेत रहेका बस्नेत अघिल्लो निर्वाचन २०७९ मा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग पराजित भएका थिए ।

06/03/2026

हुम्लामा राति पौने ८ बजेदेखि मतगणना
हुम्लामा राति पौने ८ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय वैठकको निर्णय ।
हिमाली क्षेत्रका मतपेटिका संकलन गर्न ढिला भएकोले आज राति मात्रै मतगणना गर्न लागिएको हो ।

06/03/2026

बझाङमा मतगणना सुरु
बझाङमा पनि मतगणना सुरु भएको छ । अपराह्न ४:३० बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि ५ : ४० बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बझाङमा ४६.४४ प्रतिशत मत खसेको थियो । एमालेका ऐन महर, कांग्रेसका प्रकाश स्नेही रसाइली, रास्वपाका शैलेश सिंह र नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरलगायत ७ जना चुनावी मैदानमा छन् ।

06/03/2026

सुनसरी-३ मा पनि रास्वपा अगाडि
सुनसरी-३ मा रास्वपाका अशोककुमार चौधरीले अग्रता कायम राखेका छन् ।

कांग्रेसका विजयकुमार गच्छदारले ल्याएको मतभन्दा चौधरीले २०५३ मत बढी ल्याएका छन् । अशोकले ३२५५ मत ल्याउँदा गच्छदारले १२०२ मत ल्याएका छन् । एमालेकी भगवती चौधरीले ९१० मत ल्याएकी छन् ।

Address

Sankhuwasabha
Khandbari
977

Alerts

Be the first to know and let us send you an email when Arun Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share