Arun Sandesh

Directions Website

Arun Sandesh www.arunsandesh.com
माेफसलको सञ्चार
News portal

10/08/2026

बाेलबम यात्रा । खाँदबारी नगरपालिका ८ देखि खाँदबारी ९ त्रिवेणी धाम सम्म अन्तिम साउने साेमबार

#बाेलबम

27/06/2026

पुल अलपत्र पार्ने निर्माण कम्पनीविरुद्ध स्पष्टीकरण सोधियो, चित्तबुझ्दो जवाफ नआए कारबाही अघि बढाइने
पाँच वर्षदेखि अलपत्र परेको मुगु–हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नआए आवश्यक कानुनी कारबाही अघि बढाइने भएको हो।

27/06/2026
27/06/2026

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा मृत्यु
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।

27/06/2026

07/03/2026

संखुवासभा अपडेट: ९८७ मत गणना गर्दाको अवस्था
दिपन कुमार श्रेष्ठ(रुख): ९४
अर्जुन कार्की (सुर्य ): ३७७
सरिता खड्का(तारा): ५८
मिङ्मा शेर्पा (घण्टी): ३०८
उमा कुमारी राई (माटाे): ६८
घनश्याम वालिङ (बाँसुरी): १३

06/03/2026

नारायणकाजी श्रेष्ठभन्दा रास्वपाका नरेन्द्र साह कलवार ८ गुणा मतले अगाडि
सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले सुरुआती अग्रता लिएका छन्। कलवारले हालसम्म ५ हजार ४२४ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिद्वनद्वी नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ७ सय २० मत मात्र प्राप्त गरेका छन्।

जारी मतगणनामा श्रेष्ठ भन्दा झण्डै ८ गुढा बढी मत कलवारले प्राप्त गरेका छन्। श्रेष्ठ पहिलोपटक सर्लाही ३ बाट उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेसका विनोद कुमार खनालले ५ सय ४० मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ३ सय ३३६ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका त्रिभुवन कुमार सिंहको ८९ मत प्राप्त गरेका छन्।

06/03/2026

एमालेका शेरधनलाई पछि पार्दै श्रम संस्कृतिका ध्रुव
भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।

ध्रुवराजले ४६७ मत पाएर अग्रता लिदा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधनले ४६० मत पाएका छन् ।
तेस्रोमा नेपाली कांग्रेसका बालकृष्ण थापा छन् । उनले ३७०, रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन् ।

06/03/2026

दाङ–२ मा विपिनको फराकिलो अग्रता, शंकर ५ हजार बढी मतले पछि
दाङ निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। उनले ८ हजार २६२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ३ हजार १५९ मत प्राप्त गरेका छन्। यसअनुसार विपिन र शंकर पोखरेलबीच ५ हजार १०३ मतान्तर रहेको छ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका किरण किशोर घिमिरेले २ हजार ४७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९९७ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनले उल्लेखनीय मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म तुलसीपुर उपमहानगरपालिका १६, १७, १८ र १९ को मतगणना सकिएको छ। र बङ्गलाचुली गाउँपालिकाको एक वडाको मतगणना गरिएको छ।

Address

Sankhuwasabha
Khandbari
977

Alerts

Be the first to know and let us send you an email when Arun Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share