Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha

Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha community radio khandbari fm 105.8 Mhz khandbari-1 यस पेजसंग एकपटक हा?

यो रेडियो संखुवासभाको सदरमुकाम खाँदबारी १ दुरसंचार टोलमा अवस्थीत छ । १०५ थोप्ला ८ मेगाहर्ज बाट प्रसारण हुँदै आएको यस रेडियोले स्थानीय घटना तथा विषयबस्तुहरुलाई प्राथमिकताका साथ स्थान दिँदै आएको छ ।
थप जानकारीको लागि
कार्यलयको फोन नं : ०२९५६२५२०/०२९५६०५२१

कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ । धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरह...
20/07/2025

कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ । धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो ।

सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।

12/07/2025

हार्दिक निमन्त्रणा ।

एएफसी महिला एसियन कप छनोट : नेपाल पेनाल्टीमा उज्बेकिस्तानसँँग ४–२ ले पराजित । उज्बेकिस्तान एसियन कपमा छनोट हुन सफल ।
05/07/2025

एएफसी महिला एसियन कप छनोट : नेपाल पेनाल्टीमा उज्बेकिस्तानसँँग ४–२ ले पराजित । उज्बेकिस्तान एसियन कपमा छनोट हुन सफल ।

स्वास्थ्य चौकी नवनिर्मित भवन उद्घाटनसङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभन्ज्याङमा पाङ्मा स्वास्थ्य चौकीको नवनिर...
02/07/2025

स्वास्थ्य चौकी नवनिर्मित भवन उद्घाटन

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभन्ज्याङमा पाङ्मा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्की ।

तस्बिर : भविन कार्की/रासस

सुवर्ण अवसर ।बिगत लामो समय देखि स्वास्थ्य प्राबिधिक विषय अध्ययन अध्यापन गराउदै आइरहेको मकालु टेक्निकल ईन्स्टिच्युट प्रा....
30/06/2025

सुवर्ण अवसर ।

बिगत लामो समय देखि स्वास्थ्य प्राबिधिक विषय अध्ययन अध्यापन गराउदै आइरहेको मकालु टेक्निकल ईन्स्टिच्युट प्रा. लि खादबारी संखुवासभामा डिप्लोमा तह सामान्य चिकित्सा (HA) तथा मेडिकल ल्याब टेक्नोलोजी (MLT) कार्यक्रममा भर्ना खुल्यो।
डिप्लोमा तह स्वास्थ्य प्राविधिक विषय HA र Lab अध्ययन गर्न चाहाने बिद्यार्थीहरुले समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोला।

सहयोगका लागि हार्दिक अनुरोध ।भोजपुर जिल्ला साविक देउराली ३ स्थाई घर भै हाल खाँदबारी १ मा बसोबास गर्ने हेम बहादुर कटुवालक...
30/06/2025

सहयोगका लागि हार्दिक अनुरोध ।
भोजपुर जिल्ला साविक देउराली ३ स्थाई घर भै हाल खाँदबारी १ मा बसोबास गर्ने हेम बहादुर कटुवालको यहि मिति २०८२ असार ७ गते शनिवारको दिन घाँस काट्ने क्रममा रुख बाट लडि मेरुडण्ड भाचिएको हुदा हाल नोबेल हस्पिटल बिराटनगर मा उपचार भैरहेको छ ।
निजको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुदा उपचार गर्न सक्ने अवस्था नरहेकोले बिरामी हेम बहादुर कटुवालको जीवन रक्षाको लागि सम्पुर्ण सहयोगि मनहरु लाई आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ ।

सहयोगको लागि
बिरामिको दाजु
अमर बहादुर कटुवाल
नबिल बैकको खाता नम्बर
04110017504943 जम्मा गर्न सक्नुहुने छ ।

धन्यवाद

मानव सेवा नै धर्म हो ।

संखुवासभा जिल्लाभरका सुनचाँदी पसलहरु आजदेखि अनिश्चितकालका लागि बन्दअसार १३, २०८२संखुवासभा सुनचाँदी व्यवसायी संघले संखुवा...
27/06/2025

संखुवासभा जिल्लाभरका सुनचाँदी पसलहरु आजदेखि अनिश्चितकालका लागि बन्द

असार १३, २०८२
संखुवासभा सुनचाँदी व्यवसायी संघले संखुवासभा जिल्लामा रहेका सबै सुनचाँदी पसलहरु आजदेखि अनिश्चितकालका लागी बन्द गर्ने घोषणा गरेको छ ।

सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध जनाउँदै संघले अनिश्चितकालका लागि जिल्लाभरका सुनचाँदी पसल बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण अहिले देशैभरका व्यवसायीहरु आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले केन्द्रबाट नै विरोधका कार्यक्रमहरु गरिरहेका छन् यसैलाई समर्थन गर्दै संखुवासभा सुनचाँदी व्यवसायी संघले पनि विरोध जनाएको हो ।

यस वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै देशैभरका व्यवसायीहरुले विरोध जनाईरहेका छन् ।

त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागी सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

सरकारलाई पटक पटक ध्यानाकार्षण गराउदा पनि व्यवसायीका मागहरुको वेवास्ता गरेको हुनाले जिल्लाभरका सम्पूर्ण पसलहरु बन्द गर्ने घोषणा गरेको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले जानकारी दिए ।

साथै समयमै व्यवसायीका मागहरु पुरा नभए जिल्लाभरका सबै व्यवसायीहरु केन्द्रमै गएर आन्दोलनमा उत्रिने अध्यक्ष पौडेलीले चेतावनी दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २९ गतेदेखी नै देशैभरका व्यवसायीहरुलाई विरोध जनाउन आव्हन गरिरहेका छन् र आजबाट देशैभरका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द हुने महासंघले जनाएको छ ।

खुवासभा सुनचाँदी व्यवसायी संघले संखुवासभा जिल्लामा रहेका सबै सुनचाँदी पसलहरु आजदेखि अनिश्चितकालका लागी बन्द गर्ने घोषणा गरेको छ ।

सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध जनाउँदै संघले अनिश्चितकालका लागि जिल्लाभरका सुनचाँदी पसल बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले सुनचाँदीमा लगाएको अव्यवहारिक नीतिका कारण अहिले देशैभरका व्यवसायीहरु आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले केन्द्रबाट नै विरोधका कार्यक्रमहरु गरिरहेका छन् यसैलाई समर्थन गर्दै संखुवासभा सुनचाँदी व्यवसायी संघले पनि विरोध जनाएको हो ।

यस वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै देशैभरका व्यवसायीहरुले विरोध जनाईरहेका छन् ।

त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागी सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

सरकारलाई पटक पटक ध्यानाकार्षण गराउदा पनि व्यवसायीका मागहरुको वेवास्ता गरेको हुनाले जिल्लाभरका सम्पूर्ण पसलहरु बन्द गर्ने घोषणा गरेको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले जानकारी दिए ।

साथै समयमै व्यवसायीका मागहरु पुरा नभए जिल्लाभरका सबै व्यवसायीहरु केन्द्रमै गएर आन्दोलनमा उत्रिने अध्यक्ष पौडेलीले चेतावनी दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २९ गतेदेखी नै देशैभरका व्यवसायीहरुलाई विरोध जनाउन आव्हन गरिरहेका छन् र आजबाट देशैभरका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द हुने महासंघले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार साँझ बसेको बोर्ड...
27/06/2025

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

खाँदबारी नगरपालिकाको १८ औँ नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक ।
24/06/2025

खाँदबारी नगरपालिकाको १८ औँ नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक ।

खाँदबारी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चार सेवा भवन हस्तान्तरण ।खाँदबारी, असार १० –खाँदबारी नगरपालिका, वडा...
24/06/2025

खाँदबारी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चार सेवा भवन हस्तान्तरण ।

खाँदबारी, असार १० –खाँदबारी नगरपालिका, वडा नं. १ मा निर्माण सम्पन्न भएको ‘रक्तसञ्चार सेवा भवन’ नेपाल रेडक्रस सोसाइटी, संखुवासभा शाखालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नगरप्रमुख महेश थपलियाद्वारा नेपाल रेडक्रस सोसाईटी संखुवासभाका सभापती सरोज बज्रचार्य लगायत कार्यसमितिलाई भवन हस्तान्तरण गरिएको हो।

निर्माण सम्पन्न भएको सो भवनमा ट्राइलेट, बाथरुम, बेसमेन्ट सहितको पाँच तल्ले आर. सि. सि. फ्रेम स्ट्रक्चर समावेश छ। निर्माण सम्पन्नपछि सो भवन नगरपालिकाले रेडक्रस सोसाइटीलाई जिम्मा दिएको हो।

नगरप्रमुख थपलियाले भवनको उद्घाटन समारोहको तयारीका लागि समन्वय गर्न आग्रह गर्दै, भवन प्रयोगका लागि आवश्यक सेवा व्यवस्थापन कार्य छिटो अघि बढाउन पनि अनुरोध गर्नुभएको छ।

उक्त भवन प्रयोगमा आएपछि संखुवासभा जिल्लामा रक्तसञ्चार सेवामा थप गुणस्तरीयता र सहजता आउने नगरपालिकाको विश्वास छ।

सङ्खुवासभामा ५० शैय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाल...
23/06/2025

सङ्खुवासभामा ५० शैय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

खाँदबारी नगरपालिका वडा नं. १ मा ९ औं वडा भेला सम्पन्न ।संखुवासभा, असार ९ – खाँदबारी नगरपालिका वडा नं. १ को आयोजनामा ९ औं...
23/06/2025

खाँदबारी नगरपालिका वडा नं. १ मा ९ औं वडा भेला सम्पन्न ।

संखुवासभा, असार ९ – खाँदबारी नगरपालिका वडा नं. १ को आयोजनामा ९ औं वडा भेला सोमबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरूको प्रगति, समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ मा नगर समक्ष पेस गरिने योजना तथा कार्यक्रमहरूका सम्बन्धमा राय, सुझाव र सल्लाह संकलन गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष निरन्जन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नगर उपप्रमुख महेश्वरा बज्राचार्य विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो।

अन्य अतिथिहरूमा नगर कार्यपालिका सदस्य नरेन्द्र कुलुङ, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजिव श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज बज्राचार्य, र हिमालय माध्यमिक विद्यालयका सह-प्राध्यापक भरत कुलुङ रहनुभएको थियो।

भेलामा वडा नं. १ अन्तर्गतका टोल विकास समितिका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरू, साथै खाँदबारी युथ क्लबका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन वडा सचिव गणेश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमले नगरको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित स्थानीयको सुझाव र सहभागिता सुनिश्चित गर्दै आगामी योजनाहरू तर्जुमा गर्ने मार्ग प्रशस्त गरेको वडा कार्यालयले जनाएको छ।

Address

Khandbari

Alerts

Be the first to know and let us send you an email when Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha:

Share

Our Story

यो रेडियो संखुवासभाको सदरमुकाम खाँदबारी १ बुद्दटोल मा अवस्थीत छ । १०५ थोप्ला ८ मेगाहर्ज बाट प्रसारण हुँदै आएको यस रेडियोले स्थानीय घटना तथा विषयबस्तुहरुलाई प्राथमिकताका साथ स्थान दिँदै आएको छ । थप जानकारीको लागि कार्यलयको फोन नं : ०२९५६०५२०/५२१