Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha

Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha, Media/News Company, Khandbari-1 dursanchar tole Sankhuwa Sabha, Khandbari.
(1)

सत्यतथ्य समाचार, भरपर्दो सूचना र उत्कृष्ट मनोरञ्जनको संगम तपाईँ हाम्रो आफ्नै रेडियो खाँदबारी एफ एम १०५ थोप्ला ८, जहाँ स्थानीय आवाज, हाम्रो पहिचान झल्किन्छ; ताजा खबर, सही सूचना र मन जित्ने कार्यक्रम सहित सधैं तपाईंको साथमा रहने यस रेडियोसँग जोडिनुहोस ।🙏 यो रेडियो संखुवासभाको सदरमुकाम खाँदबारी १ दुरसंचार टोलमा अवस्थीत छ । १०५ थोप्ला ८ मेगाहर्ज बाट प्रसारण हुँदै आएको यस रेडियोले स्थानीय घटना तथा विषयबस्तुहरुलाई प्राथमिकताका साथ स्थान दिँदै आएको छ ।
थप जानकारीको लागि
कार्यलयको फोन नं : ०२९५६२५२०/०२९५६०५२१

संखुवासभामा सेपाक ताक्रो संघको पहिलो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनजिल्ला सेपाक ताक्रो संघ, संखुवासभाको प्रथम जिल्ला ...
08/09/2026

संखुवासभामा सेपाक ताक्रो संघको पहिलो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

जिल्ला सेपाक ताक्रो संघ, संखुवासभाको प्रथम जिल्ला अधिवेशन मिति २०८३ साल भाद्र २३ गते सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा महेन्द्र राई (चिचिला) निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा रामकुमार चर्मकार (खाँदबारी), सचिवमा खेवाहाङ मेवाहाङ (सिलिचोङ) र कोषाध्यक्षमा सञ्जु युवा राई (चिचिला) चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा ढेन्डुक भोटे (भोटखोला), होम बहादुर राई (पाँचखपन) र अञ्जना श्रेष्ठ (धर्मादेवी) निर्वाचित हुनुभएको छ। साथै मनोनित सदस्यका रूपमा राज कुमार कालाखेती (सभापोखरी) र वीरमान लिम्बू (चैनपुर) चयन हुनुभएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघ–संस्था तथा खेलप्रेमीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नयाँ कार्यसमितिले जिल्लामा सेपाक ताक्रो खेलको विकास, प्रवर्द्धन तथा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा खाँदबारीमा दीप प्रज्वलन खाँदबारी, संखुवासभा, जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका स...
08/09/2026

जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा खाँदबारीमा दीप प्रज्वलन

खाँदबारी, संखुवासभा,
जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा खाँदबारीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय युवाहरू, सामाजिक संघसंस्था तथा सर्वसाधारणको सहभागितामा आयोजित उक्त कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्झिएका थिए ।

खाँदबारीमा बाढीपीडितको सम्झनामा दिप प्रज्ज्वलनभाद्र १० गते आएको विनाशकारी बाढीको दुःखद घटनाले पुर्‍याएको मानवीय तथा भौति...
07/09/2026

खाँदबारीमा बाढीपीडितको सम्झनामा दिप प्रज्ज्वलन

भाद्र १० गते आएको विनाशकारी बाढीको दुःखद घटनाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको सम्झनामा खाँदबारीमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। उक्त घटनाको १३औँ दिनको अवसर पारेर सोमबार साँझ खाँदबारी नगरपालिका १ स्थित पोखरी बजारमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । साथै, आफन्त गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो भने घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ, राहत तथा पुनःस्थापनाको कामना समेत गरिएको थियो ।

दिप प्रज्ज्वलन कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख सुमन शाक्यले विपद्को घडीमा एकता र ऐक्यबद्धताको गर्न सबैलाई अनुरोध गर्नु भएको छ । कार्यक्रममा रास्ट्रीय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुनिल श्रेष्ठ, नेपाली काग्रेशका का. सभापती अनन्त गौली, खाँदबारी वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेस्ठ, सदस्य सृजना संखर, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत स्थानीयवासी, युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले उपस्थितहरूले विपत्तिबाट प्रभावित समुदायप्रति सहानुभूति प्रकट गर्दै सहयोग र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम खाँदबारी युथ क्लबको आयोजनामा सम्पन्न भएको हो भने नेवा देय दबु जिल्ला कार्य समिति, नेवा देय दबु नगर कार्य समिति, नेवा मिसा दबु तथा ल्याम्ह दबुको समन्वय रहेको थियो । आयोजकले यस्ता मानवीय कार्यले समाजमा एकता, सहानुभूति र सहयोगको भावना थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

खाँदबारी नगर पालिकाे अनुराेध । बिपतबाट सचेत र सावधानि अपनाउ ।
07/09/2026

खाँदबारी नगर पालिकाे अनुराेध । बिपतबाट सचेत र सावधानि अपनाउ ।

खाँदबारीमा बजार अनुगमन: म्याद गुज्रेका सामग्री जफत, सरसफाइमा सुधार गर्न निर्देशनजिल्ला प्रशासन कार्यालय संखुवासभाको नेतृ...
07/09/2026

खाँदबारीमा बजार अनुगमन: म्याद गुज्रेका सामग्री जफत, सरसफाइमा सुधार गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय संखुवासभाको नेतृत्वमा आज खाँदबारी नगरपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेन्टमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको हक–हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको संयोजकत्वमा गठन गरिएको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्याल, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, खाँदबारी नगरपालिकाका अधिकृत छैटौँ विमल वानिया, घरेलु तथा साना उद्योग कार्यालयका श्याम कुमार राई, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा केन्द्र योङ्गया तथा सञ्चारकर्मी भविन कार्की लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा केही होटल तथा रेष्टुरेन्टमा म्याद गुज्रेका खाद्य सामग्री राखी बिक्री गर्ने, मूल्यसूची नराख्ने वा तोकिएकोभन्दा बढी मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण गर्ने, बिल जारी नगर्ने तथा कालोबजारी जस्ता गतिविधि फेला परेका छन्। टोलीले यस्ता अवैध क्रियाकलाप नियन्त्रणमा कडाइ गर्ने जनाएको छ ।

त्यसैगरी, केही होटल तथा रेष्टुरेन्टको भान्सामा सरसफाइको अवस्था कमजोर देखिएको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले सम्बन्धित व्यवसायीलाई किचन तथा खाद्य सामग्री भण्डारण गर्ने स्थानको सरसफाइमा विशेष ध्यान दिन कडा निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका खाद्य सामग्री जफत गरिएको छ। सम्बन्धित व्यवसायीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य व्यवसायमा मापदण्ड पालना नगर्ने जो–कोहीमाथि कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै, यस्ता अनुगमन आगामी दिनमा पनि निरन्तर जारी रहने जनाइएको छ ।

संखुवासभाको मकालु गाउँपालिका ५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नि...
01/09/2026

संखुवासभाको मकालु गाउँपालिका ५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।

संखुवासभाको वरूण बहुमुखी क्याम्पस,खाँदवारीका कक्षा ११ (व्यवस्थापन तर्फ)का बिद्यार्थीहरूले खाजाकाे पैसा कटाएर प्रधानमन्त्...
01/09/2026

संखुवासभाको वरूण बहुमुखी क्याम्पस,खाँदवारीका कक्षा ११ (व्यवस्थापन तर्फ)का बिद्यार्थीहरूले खाजाकाे पैसा कटाएर प्रधानमन्त्री राहत काेषमा क्याम्पस प्रशासन मार्फत १ हजार १७५ रुपियाँ सहयोग गरेका छन ।

मत्स्यपोखरीमा नुहाउने तथा पौडी खेल्ने गतिविधि निषेधसंखुवासभा जिल्लाको चिचिला गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा पर्यटकी...
01/09/2026

मत्स्यपोखरीमा नुहाउने तथा पौडी खेल्ने गतिविधि निषेध

संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल मत्स्यपोखरीमा जनैपूर्णिमाको अवसरमा केही आगन्तुक तीर्थालु तथा भक्तजनहरूले पोखरीभित्र प्रवेश गरी नुहाउने तथा पौडी खेल्ने गरेको घटनापछि स्थानीय तह गम्भीर बनेको छ ।

मिति २०८३/०५/१२ गते सार्वजनिक भएका तस्वीर तथा भिडियोले सामाजिक सञ्जालमा व्यापक चासो र चिन्ता सिर्जना गरेपछि स्थानीय सरकार, मन्दिर व्यवस्थापन समिति, टोल विकास संस्था, बुद्धिजीवी तथा सरोकारवालाहरूको संयुक्त छलफल मिति २०८३/०५/१५ गतेदेखि सुरु गरिएको थियो ।

उक्त छलफलबाट मत्स्यपोखरीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व र पवित्रता जोगाउन पोखरीभित्र नुहाउने, धुने तथा पौडी खेल्ने प्रतिबन्ध र धार्मिक क्रियाकलापका नाममा पोखरीको मूल भागमा प्रवेश गर्ने भनेर निर्णय भएको छ ।

निर्णय पत्र अनुसार, परापूर्वकालदेखि नै उक्त स्थानमा पूजा–पाठ तथा धार्मिक क्रियाकलाप हुँदै आए पनि यसको पवित्रता र मौलिकता कायम राख्न अब स्पष्ट आचारसंहिता लागू गरिने उल्लेख गरिएको छ ।

रसुवा बाढीसम्बन्धी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो खोज, उद्धार तथा राहतसम्बन्धी विवरण...
31/08/2026

रसुवा बाढीसम्बन्धी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो खोज, उद्धार तथा राहतसम्बन्धी विवरण :





30/08/2026

भोटेकोशीमा आज आएको बाढीले धादिङको गल्छीमा ४ घरमा क्षति

आज बिहान भोटेकोशी नदीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४, चिरौदीमा चार घरमा क्षति पुर्‍याएको छ।

बाढीका कारण चिरौदीका अन्य घरहरू समेत जोखिममा रहेको वडा नम्बर ४ का अध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन्।- पोषथान अधिकारी/ धादिङ

Address

Khandbari-1 Dursanchar Tole Sankhuwa Sabha
Khandbari
00977

Alerts

Be the first to know and let us send you an email when Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khandbari Fm 105.8 Mhz Sankhuwa Sabha:

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Khandbari.