05/07/2025
राष्ट्रिय युवा संघ नेपालको वृक्षारोपण संखुवासभामा, अनेरास्ववियुको साथ
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सङ्खुवासभा र अनेरास्ववियु जिल्ला कमिटी सङ्खुवासभाको सम्युक्त आयोजनामा जिल्ला सदरमुकाम खाँदबारीमा
विक्षरोपण सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालको दोस्रो बैठकको सर्कुलर अनुसार "संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको" भन्ने नाराका साथ देशैभर वृक्षरोपण गरिरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जोनसन राइले बताए । पहिलो चरणमा असार २१ गते शनिवार खाँदवारीको भेडेटार- खोरन्डे सडक क्षेत्रमा शिरीष , जागरगन्डा , असोक लगायता विभिन्न जातका ३०० विरुवा रोपिएको र निरन्तर बृक्षरोपण गरिने राईले बताए । जिल्लाको पहिलो चरणको वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष खड्ग राइले स्थानीय जनताको सहभागितामा जनसंगठनले प्रकृतिको संरक्षणलाई गरेको कार्य अनुसरणीय रहेको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै अनेरास्ववियुका निवर्तमान केन्द्रीय सदस्य अनुप चापागाईले युवा संघले आयोजना गर्ने वृक्षरोपण कार्यक्रममा अनेरास्ववियुले सदैब सहकार्य गर्ने र भातृत्वको भावना अझै प्रगाड बनाएर लैजाने उद्घोष गरे ।
कार्यक्रममा शुभकामना दिदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले रोपिएका विरुवा संरक्षण गर्न नगर कमिटीले समेत सहयोग गर्ने साथै जलवायु परिवर्तनले पारेको असरलाई न्युनिकरण गर्न वृक्षरोपणलाई वढवा दिनुपर्ने र रोपिएका विरुवाहरुलाई संरक्षण समेत गर्नुपर्ने नेकपा एमाले खाँदबारी नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेले व्यक्त गर्नुभयो ।
अब चाडैं जिल्लाभर वृक्षरोपणको कार्यक्रम सार्वजनिक गरिने र मातहत कमिटी र जनसहभागिता समेतलाई अझै बढाएर लैजाने राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाका सचिव कमल सापकोटाले जनाए । सापकोटाका अनुसार राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाद्वारा यस वर्ष जिल्ला भरमा ५००० विरुवा रोपिने छन् । वृक्षरोपण कार्यक्रममा एमाले नेता तथा खाँदबारी नगरपालिकाका निवर्तमान मेयर मुरारी प्रसाद खतिवडा , नेकपा एमाले खाँदबारी नगर अध्यक्ष देवेन्द्र घिमिरे, एमाले नेताहरु जिल्लामान राई, नवीन दाहाल, सुनिता गुरुङ लगायत स्थानियवासिहरुको समेत सहभागीता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपालले देशभरमा १ लाख बिरुवा रोप्ने लक्ष राखेको छ । मदन जयन्तीको अवसरमा असार १४ गते सम्माननिय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलीद्वरा काठमाडौंमा वृक्षारोपणको शुभारम्भ भएको थियो ।