06/10/2025
छोरीलाई जो'गा'एर मलाई किन ल'गिनस् भगवान् .. साउदी अरबमा काम गर्दै आएका २४ वर्षीय खेमकुमार सिंजाली मगर लगातार दुई वर्षदेखि परिवारसँग दशैं मनाउन पाएका थिएनन्।
एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा २६ वर्षीया श्रीमती प्रेमिका तामाङ र ५ वर्षीया छोरी प्रिन्सिकासँग समय बिताउने, घुम्ने र रमाइलो गर्ने उत्साहले उनी फुरुङ्ग थिए।
दशैंको टीकाको दिन आफन्तसँग टीका आशीर्वाद ग्रहण गरेपछि शुक्रबार इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुराली पुगेको खेमकुमारको परिवारका लागि यो दशैं जीवनकै सबैभन्दा पी'डादा'यी बन्यो। शनिबार यात्रा नगर्ने पुरानो मान्यताका कारण आइतबार फर्कने योजना बनाए पनि त्यो बिहान उनीहरूका लागि कहिल्यै न'फ'र्कने अ'न्ध'कार बोकेर आयो।
बिहान करिब ४ बजे आएको भी!ष!ण प!हि'रोले घरमै निदाएका बेला प्रेमिकाकी को!ख उ'जा'ड ब'नायो - ५ वर्षीया छोरी प्रिन्सिकालाई उनले सधैंका लागि गु'मा'ए।
इलाम अस्पतालमा उपचाररत प्रेमिका तामाङ आँ'सु पुछ्दै भन्छिन्, “अनुहार चि'न्नै नसकिने भएछ रे, हेर्नसम्म पनि पाएकी छैन। मेरो छोरीलाई जो'गा'एर मलाई किन ल'गिनस् भगवान् ..
चार दिनपछि खेमको साउदी फर्कने टिकट छ, तर अब उनको जीवनमा त्यो खुशी छैन । बाँकी छ त केवल कहिल्यै न'मेटिने प्राकृतिक घा!उ । खेम भावुक हुँदै भन्छन्, “प्रकृतिसँग कसैको केही नलाग्दोरहेछ। अब सायद नयाँ बाटो खोज्नु पर्ला विदेश फर्किनुभन्दा श्रीमतीको घाउमा म'ल्ह'मपट्टी लगाएर यतै केही गर्ने सोच्दैछु।”