Blue Sky Media House

Blue Sky Media House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blue Sky Media House, Media/News Company, Khandbari.

खाँदबारी नगरपालिकाको १८ औँ नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक ।
24/06/2025

खाँदबारी नगरपालिकाको १८ औँ नगरसभा, नीति तथा कार्यक्रम सार्वजनिक ।

नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चार सेवा भवन हस्तान्तरण ।खाँदबारी, असार १० –खाँदबारी नगरपालिका, वडा नं. १ मा निर्माण सम्...
24/06/2025

नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चार सेवा भवन हस्तान्तरण ।

खाँदबारी, असार १० –खाँदबारी नगरपालिका, वडा नं. १ मा निर्माण सम्पन्न भएको ‘रक्तसञ्चार सेवा भवन’ नेपाल रेडक्रस सोसाइटी, संखुवासभा शाखालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नगरप्रमुख महेश थपलियाद्वारा नेपाल रेडक्रस सोसाईटी संखुवासभाका सभापती सरोज बज्रचार्य लगायत कार्यसमितिलाई भवन हस्तान्तरण गरिएको हो।

निर्माण सम्पन्न भएको सो भवनमा ट्राइलेट, बाथरुम, बेसमेन्ट सहितको पाँच तल्ले आर. सि. सि. फ्रेम स्ट्रक्चर समावेश छ। निर्माण सम्पन्नपछि सो भवन नगरपालिकाले रेडक्रस सोसाइटीलाई जिम्मा दिएको हो।

नगरप्रमुख थपलियाले भवनको उद्घाटन समारोहको तयारीका लागि समन्वय गर्न आग्रह गर्दै, भवन प्रयोगका लागि आवश्यक सेवा व्यवस्थापन कार्य छिटो अघि बढाउन पनि अनुरोध गर्नुभएको छ।

उक्त भवन प्रयोगमा आएपछि संखुवासभा जिल्लामा रक्तसञ्चार सेवामा थप गुणस्तरीयता र सहजता आउने नगरपालिकाको विश्वास छ।

23/06/2025

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

सङ्खुवासभामा ५० शैय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाल...
23/06/2025

सङ्खुवासभामा ५० शैय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

खाँदबारी नगरपालिका वडा नं. १ मा ९ औं वडा भेला सम्पन्न ।संखुवासभा, असार ९ – खाँदबारी नगरपालिका वडा नं. १ को आयोजनामा ९ औं...
23/06/2025

खाँदबारी नगरपालिका वडा नं. १ मा ९ औं वडा भेला सम्पन्न ।

संखुवासभा, असार ९ – खाँदबारी नगरपालिका वडा नं. १ को आयोजनामा ९ औं वडा भेला सोमबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरूको प्रगति, समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ मा नगर समक्ष पेस गरिने योजना तथा कार्यक्रमहरूका सम्बन्धमा राय, सुझाव र सल्लाह संकलन गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष निरन्जन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नगर उपप्रमुख महेश्वरा बज्राचार्य विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो।

अन्य अतिथिहरूमा नगर कार्यपालिका सदस्य नरेन्द्र कुलुङ, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजिव श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी संखुवासभाका सभापति सरोज बज्राचार्य, र हिमालय माध्यमिक विद्यालयका सह-प्राध्यापक भरत कुलुङ रहनुभएको थियो।

भेलामा वडा नं. १ अन्तर्गतका टोल विकास समितिका अध्यक्ष, सचिव तथा प्रतिनिधिहरू, साथै खाँदबारी युथ क्लबका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन वडा सचिव गणेश श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमले नगरको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित स्थानीयको सुझाव र सहभागिता सुनिश्चित गर्दै आगामी योजनाहरू तर्जुमा गर्ने मार्ग प्रशस्त गरेको वडा कार्यालयले जनाएको छ।

नेपाल पत्रकार महासंघ संखुवासभाले १८ औं  गणतन्त्र दिवसकाे अवसरमा "गणतन्त्रकाे उपलब्धि र चुनाैती" विषयमा अन्तर संवाद कार्य...
28/05/2025

नेपाल पत्रकार महासंघ संखुवासभाले १८ औं गणतन्त्र दिवसकाे अवसरमा "गणतन्त्रकाे उपलब्धि र चुनाैती" विषयमा अन्तर संवाद कार्यक्रमकाे आयाेजना गरेकाे छ । महासंघका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यकाे प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिकाे सभा हलमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

कार्यक्रममा संखुवासभाका प्रमुख राजनितिक दलका प्रमुखहरूसँग लाेकतन्त्रकाे उपलब्धि र यसका चुनाैतीकाे बारेमा संवाद गरिएकाे थियाे । कार्यक्रममा अन्य सहभागी सामाजिक अगुवाहरूले समेत आफ्नाे धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिब्यराज पाेखरेल, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, जिल्ला समन्वय प्रमुख सुमन शाक्यले आफ्नाे धारणा सहित शुभकामना मन्तब्य राखेका थिए । बक्ताहरूबाट गणतन्त्र नै सबैभन्दा उत्तम ब्यवस्था रहेकाे र यसकाे बिकल्प सुधारिएकाे गणतन्त्र भएकाे निश्कर्ष निकालिएकाे थियाे ।

संखुवासभाका स्थानीय तहको प्रतिवद्धताः सञ्चार नीति जतिसक्दो चाँडो लागु हुन्छ ।संखुवासभा जेष्ठ ७संखुवासभाका सबै स्थानीय तह...
21/05/2025

संखुवासभाका स्थानीय तहको प्रतिवद्धताः सञ्चार नीति जतिसक्दो चाँडो लागु हुन्छ ।

संखुवासभा जेष्ठ ७संखुवासभाका सबै स्थानीय तहहरुमा जतिसक्दो चाँडो सञ्चार नीति लागु हुने भएको छ । जिल्लाका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन् ।बुधबार सदरमुकाम खाँदबारीमा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको तर्फबाट साझा रूपमा बोल्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरू सञ्चार नीति बनाउन प्रतिबद्ध रहेको बताएका हुन् ।कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकासमा कुनै कसर बाँकी नरहने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सबै स्थानीय सरकारले स्थानीय सञ्चारमाध्यमहरूको संरक्षणका लागि सहयोग गर्नुपर्ने बताए।उनले जिल्लाबाट प्रत्येक स्थानीय तहले प्रकाशन गर्नुपर्ने लोककल्याणकारी सूचना र विज्ञापन स्थानीय सञ्चारमाध्यमबाट नै प्रकाशन र प्रसारण गरी पत्रकारहरूलाई बाँच्ने अवस्था बनाउनुपर्ने बताएका थिए। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्दै संकटमा रहेको मिडिया जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताइन्। उनले पत्रकार बिमा र वृत्ति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखिन् ।नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाले समन्वय र कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको थियो । कोशी प्रदेश भरीका जिल्लाहरुमा यो कार्यक्रम तेह्रौ जिल्ला अन्तर्गत संखुवासभामा भएको हो । श्राेत नागरिक चासाे डट कम

मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानितसंखुवासभा जेष्ठ ५संखुवासभाको मकालु २ निवासी एकै घरका ५ जनाले मकालु हिमालको सफ...
19/05/2025

मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित
संखुवासभा जेष्ठ ५
संखुवासभाको मकालु २ निवासी एकै घरका ५ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । नेपाल पत्रकार महासंघ संखुवासभाले आज एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
मुक्टुक लाक्पा शेर्पा, डिमा दोर्ची शेर्पा, आङ डि शेर्पा, पासाङ याङ्जी शेर्पा र पेछुम्बे शेर्पाले गत बैशाख २६ गते ८,४८५ मिटर अग्लो मकालु हिमालको शिखरमा पाइला टेकेका हुन्।
एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आरोहण गर्नु नेपाली पर्वतारोहण इतिहासमै उल्लेखनीय उपलब्धि मानिएको छ।
महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल रहनुभएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, राष्ट्रिय अनुशन्धान प्रमुख एसपी उमेश पाण्डे, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी दक्ष कुमार बस्नेत, खाँदबारी वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, युवा नेता दीपन कुमार श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।
सम्मानित आरोहीहरूलको तर्फबाट आफ्नो धारणा राख्दै सगरमाथा हिमलका ५ पटक सफल आरोहण गरिसकेका काल् छिरिङ शेर्पाले आफुहरुलाई राज्यले अझैपनि वेवास्था गरिरहेकाले दुःख लागेको बताउँदै स्थानीय तह र पत्रकार महासंघप्रति आभार व्यक्त गरेका थिए ।
आरोहि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रजिअ दिब्यराज पोखरेलले एउटै परिवारका ५ सदस्यहरुले एकैपटक मकालु हिमालको सफल आरोहण गरेको बिश्वमै पहिलो रेकर्ड भएको हुनसक्ने धारणा राख्दै पर्यटन बिकासको क्षेत्रमा यो सफलताले ठुलो महत्व राख्ने बताउनु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले आरोहिहरुको हितका लागि पालिकाहरुले पनि बिषेस भुमिका निर्वाह गर्नूपर्ने धारणा राख्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन पर्यटकहरुले खेलेको भुमिका अतुलनिय रहेको बताउनु भएको थियो । कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्षलाई वहाँहरुको आरोहणले थप टेवा पुर्याएको धारणा राख्नुभएको थियो । यसैगरि िसंखुवासभाका युवा नेता दीपनकुमार श्रेष्ठले पत्रकार महासंघले आरोहिहरुलाई थप हौसला थप्नका लागि सम्मानको कार्यक्रम राखेकोमा धन्यबाद ज्ञापन गर्दै पर्यटन नै नेपालको अर्थतन्त्र सुधार गर्ने प्रमुख माध्यम भएको बताउनु भएको थियो ।
खाँदबारी १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले संखुवासभालाई आरोहिहरुको जिल्लाको रुपमा चिनाउन ठुलो मद्धत पुगेको भन्दै वहाँहरुको सफलताले सिंगो जिल्ला मात्रै नभएर सिंगो राष्ट्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका सचिव नवीन गुरुङ्गले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले आफ्नो ज्यानको बाजी लगाएर नेपालको पर्यटन प्रवर्धनमा योगदान पुर्याउने आरोहीहरुलाई राज्यले बिषेस ब्यवस्था गर्नूपर्ने धारणा राख्दै पर्यटन बिकास र प्रचारप्रसारको क्षेत्रमा पत्रकार महासंघले बिषेस भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्नूभएको थियो ।

मकालु हिमालको कान्छी आरोही किमा लामु शेर्पा सम्मानित ।नवीन गुरुङ, खाँदबारी तस्विर : सुरेन शाक्यविश्वको पाँचौ अग्लो मकालु...
15/04/2025

मकालु हिमालको कान्छी आरोही किमा लामु शेर्पा सम्मानित ।

नवीन गुरुङ, खाँदबारी
तस्विर : सुरेन शाक्य

विश्वको पाँचौ अग्लो मकालु हिमाल(८,४८५ मि.)को कान्छी आरोही किपा लामु शेर्पा गृह जिल्ला संखुवासभामा सम्मानित भएकी छन् ।

मंगलबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रमको आयोजना मकालु गाउँपालिका २ नं. वडा कार्यालयले हिमाल आरोही शेर्पालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी जिसस प्रमुख सुमन शाक्य, प्रजिअ दिब्यराज पोख्रेल र २ नंं.वडाध्यक्ष छोपाल शेर्पाले खादा माला सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् ।

जिल्लाको मकालु गाउँपालिका वडा नं.२ स्थित नुर्बु गाउँमा जन्मिएकी शेर्पाले २८ बर्षको कलिलो उमेरमा विश्वको पाँचौ अग्लो मकालु हिमाल सफल आरोहण गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी शेर्पाले गत २०८१ चैत्र २८ गते विहान १० बजेर १० मिनेटमा मकालु हिमालको चुचुरोमा पुगेकी हुन् ।

आफ्नो वडाका गाउँले बहिनीले मकालु हिमालको सफल आरोहण गरेकाले वडाको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरिएको मकालु गाउँपालिका २ नम्बरका वडाध्यक्ष छोपाल शेर्पाले बताए । उनले सानैमा बुवा वितेको एक्लो आमाले दुःखमा हुर्काएकी किमा लामुले मकालु हिमाल सजिलै आरोहण गरेकी बताइन् ।

‘सानै देखी दुःखसँग लड्दै चौरी गोठमा हुर्केकी बहिनीले आज मकालु हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो उमेरको महिला बनेकोमा गर्व महसुस भएको छ । अझै अन्य हिमालहरु सफल आरोहण गरेको खबर सुन्न पाम, बधाई र उज्जवल भविष्यको शुभकामना दिन चाहान्छु ।’

वडाध्यक्ष शेर्पाले भने‘सदरमुकाममा कार्यक्रम गर्दा सबैको केन्द्रविन्दुमा पर्ने हिसाबले यहाँ गरिएको हो । यति बेला हिमाल आरोहण गर्ने सिजन होइन, यो बेमौसममा बाटो बनाउन जाने क्रममा बहिनीले हिमाल आरोहण गरेको सुनेर मख्ख परेको छु ।’ किपा लामुको पाँच जना दाजुभाइ छन् । उनीहरु सबै जना टेकिङ ब्याबसायमा नै आवद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले हिमाल आरोहण एउटी महिलाको लागि चानचुने बिषय नभएको बताए । उनले यस्ता साहसी महिलालाई राज्यले समेत हौसला, सम्मान गर्नुपर्ने बताउर्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयबाट प्रदेश र संघका सिफारिस गर्नका तयार रहेको बताए ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल र खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्यले आधा आकाश ढाक्ने महिलाहरु चुल्होचौकामा मात्रै सिमित नभएर शारिरिक रुपमा समेत अब्बल छन भन्ने यो प्रमाण भएको भनाइ राखेका थिए ।
त्यसैगरि राजनैतिक दलका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राईले कोशी प्रदेश सरकारले ‘कोशी पर्यटन बर्ष–२०८२’ गत चैत्र २७ गते तिनजुरेको आरआर गार्डेनबाट शुरुवात भएको घोषणा गरिरहेको सन्दर्भमा संखुवासभाको महिला किपा लामुले मकालु हिमाल आरोहण गरेको खबरले हौसला थपेको बताए । उनले सफल आरोहीहरुलाई राज्यले हौसला दिनुपर्ने बताए ।

त्यसैगरि नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपेन्द्रमान शाक्य र रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठले महिलाहरु पुरुष भन्दा कम नरहेको उल्लेख गरेका थिए । कार्यक्रमका पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्य र प्रेस चौतारीका अध्यक्ष जनक चापागाईले किपा लामुले साहसीपूर्ण काम गरेको बताएका थिए ।

कार्यक्रममका सम्मानित ब्यक्तित्व किपा लामुले हिमाल आरोहण गर्न त्यति सजिलो नभएको बताईन् । उनले हेर्दा जति सजिलो होला जस्तो लागेपनि ज्यानैको जोखिम मोलेर हिमाल चढन कठिन रहेको बताउदैं चुचुरोमा पुगेपछि सबै दुःखहरु बिर्सने गरेको बताइन् ।

संखुवासभाको मकालु गाउँपालिका मकालु हिमालकै नामबाट नामाकरण भएको हो । मकालु गाउँपालिकाका अधिकाँस मानिसहरु टे«किङ्ग पेशामा आवद्ध छन् । मकालुको सेदुवा, नुर्बुगाउँ, टासीगाउँ, वलुङ लगायतका क्षेत्रका अधिकाँस युवाहरुको जिविकापार्जनको स्रोत नै ट्रेकिङ्ग ब्याबसाय हो । मकालु गाउँपालिकालाई आरोहीहरुको पालिका समेत भनेर चिनिन्छ ।

लोकमान मास्केद्वारा लिखित जीवनकथा आफ्नै जिवनी आफ्नै लेखनी पुस्तक सार्वजनिकरण कार्यक्रम ।२०८१ चैत्र २० गते बुधवार ।
02/04/2025

लोकमान मास्केद्वारा लिखित जीवनकथा आफ्नै जिवनी आफ्नै लेखनी पुस्तक सार्वजनिकरण कार्यक्रम ।
२०८१ चैत्र २० गते बुधवार ।

१० स्वयम सेविका सम्मानित ।एक पालिका एक उत्कृष्ट महिला स्वास्थ्य स्वयम सेविका सम्मानित कार्यक्रममा आज स्वास्थ्य कार्यालय ...
02/04/2025

१० स्वयम सेविका सम्मानित ।

एक पालिका एक उत्कृष्ट महिला स्वास्थ्य स्वयम सेविका सम्मानित कार्यक्रममा आज स्वास्थ्य कार्यालय संखुवासभाले जिल्लाका १० पलिकामा रहेका ३२७ स्वयम सेविकाहरु बाट १० जना स्वयम सेविकाहरुहरुलाई स्वास्थ्य कार्यालय संखुवासभाको सभाहलामा एक समारोह बिच सम्मान गरेको छ ।

स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख नारद मुनि सुवेदिले बताउनुभयो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहरमा सक्रिय भई काम गर्ने उत्कृष्ठ १० जनालाई सम्मान गरिरको उहाँले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा खाँदबारी नगरपालिकाबाट कमला विक, भोटखोला गाउँपालिकाबाट लामु भुटिक शेर्पा, सभापोखरी गाँउपालिकाबाट कुन्ती तामाङ, सिलिचोङ गाँउपालिकाबाट फुल माया राई, मकालु गाँउपालिकाबाट सबिता राई, चिचिला गाँउपलिकाबाट उमा राई, चैनपुर नगरपालिकाबाट पुष्पा कोरङ्गी गुरुङ, धर्मदेवी नगरपालिकाबाट मेनुका गुरुङ लिम्बु, पाचखपन नगरपालिकाबाट भिम कुमारी राई, मादी नगरपालिकाबाट दुर्गदेवी खत्री सम्मानित हुनुभएको स्वास्थ्य कार्यालय संखुवासभाका फोकल पर्शन भवानी देवि वस्यालले बताउनु भयो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला संमन्वय समिती प्रमुख सुमन शाक्य, कार्यक्रमको अध्यक्ष तथा स्वास्थ्य कार्यालयका प्रमुख नारद मुनि सुवेदि, स्वास्थ्य निर्देशनालय कोशि प्रदेशका फोकल पर्शन तुलशा अधिकारीले जनही नगद १२ हजार, प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गर्नुभयो ।

सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि सुमन शाक्यले सम्मानित स्वयम सेविकाहरुलाई बधाईको साथै यस कार्यक्रमले स्वयम सेविकाहरुमा हौसला प्रदान गरेको र आगामी दिनमा पनि स्वास्थ क्षेत्रमा यसरी नै समुदाय स्तरमामा योगदन दिनुहुनेछ भन्दै सम्मान गर्न पाउदा खुशीको अनुभुति भएको बताउनुभयो ।

सो कार्यक्रममा स्वागत मन्त्यव्य कोण्डचेन असिस्टेन्ट सन्तोश श्रेस्ठले राख्नु भएको थियो भने कार्यक्रम स्वास्थ्य कार्यालयका फोकल पर्शन भवानी देवि वस्यालले संचालन गर्नुभएको थियो ।

Address

Khandbari
00977

Alerts

Be the first to know and let us send you an email when Blue Sky Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Blue Sky Media House:

Share