Routine of Kirtipur

Routine of Kirtipur We have genuine content, important notices, amusing messages, photographs and so on.

This Page contains Trolls,News, and many other stuffs related to Kirtipur and surrounding areas.

अब ट्राफिक प्रहरीले लुकेर कारबाही नगर्नुका साथै रुखो व्यवहार पनि गर्न नपाउने भएको छ।  यदी उलंघन गरे प्रहरीमाथि नै कारबाह...
10/08/2026

अब ट्राफिक प्रहरीले लुकेर कारबाही नगर्नुका साथै रुखो व्यवहार पनि गर्न नपाउने भएको छ। यदी उलंघन गरे प्रहरीमाथि नै कारबाही हुनेछ ! 🙏

आज आईतवार ३ घन्टा छोटो समयमा झीडीले ढाकेको पुरानो बाटो चिटिक्क च्यॅाट पारे, कीर्तिपुर २ देवढोका महिला समूहले ।बिरेन्द्र ...
09/08/2026

आज आईतवार ३ घन्टा छोटो समयमा झीडीले ढाकेको पुरानो बाटो चिटिक्क च्यॅाट पारे, कीर्तिपुर २ देवढोका महिला समूहले ।

बिरेन्द्र शाक्य

08/08/2026

काम त गर्या हो😒 तर के खोई के खोईः

तीनधारे तिर राखिएको Gabbion Wall 🥹

Via: Inbox

08/08/2026

#जनगुनासो

ढुङ्गा ३ ठाँउमा थुपारेको छ , जाली ३ ठाँउमा थुपारेको छ , न समाजलाई मत्लब छ , न काम गर्ने ब्यक्ति र नत सम्बन्धित निकायलाई , जनताको कर को बिजोग !

08/08/2026

यो दृश्य कीर्तिपुर नयाँ बाटोको फुटपाथको हो।

के लाग्छ हजुरहरूलाई, यो विकास हो कि बजेटअनुसारको काम सम्पन्नता मात्रै?
केही त योजना, अवधारणा, इन्जिनियरिङ डिजाइन र कुन ठाउँमा के गर्ने भन्ने स्पष्ट ब्लुप्रिन्ट हुनुपर्ने होइन र? जहाँ जे गरे पनि हुने हो त?

अब यो बाटोमा कसरी हिँड्ने? जुत्ता खोलेरै क्रस गर्नुपर्ने हो कि भन्ने सोचमा छु। 😅

आशा गरौँ, सबै कुरा अन्ततः राम्रोका लागि नै हुनेछ। 🙏

08/08/2026

कीर्तिपुर नगरपालिका–४, मच्छेगाउँ स्थित बसपार्क जाने सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीय बासिन्दा तथा यात्रुहरू समस्यामा परेका छन्।

सडकमा रहेका खाल्डाखुल्डी, धुलो तथा हिलो का कारण दैनिक आवतजावत गर्ने सार्वजनिक सवारीसाधन, पैदलयात्री तथा स्थानीयवासीलाई कठिनाइ भइरहेको छ। वर्षायाममा सडक थप जोखिमपूर्ण बन्ने स्थानीयको गुनासो छ।

स्थानीयवासीले सम्बन्धित नगरपालिका तथा वडा कार्यालयको तत्काल ध्यानाकर्षण गराउँदै सडकको दीर्घकालीन समाधानका लागि आवश्यक मर्मत तथा स्तरोन्नति गर्न माग गरेका छन्।

भिडियोः रिगन खड्का

#मच्छेगाउँ #कीर्तिपुर #वडा४ #सडककोदुरावस्था

कीर्तिपुरमा बृहत् सरसफाइ अभियान सम्पन्न। 🧹“आफू परिवर्तन भए मात्र अरूमा पनि परिवर्तन ल्याउन सकिन्छ - स्वच्छ वातावरण, स्वच...
08/08/2026

कीर्तिपुरमा बृहत् सरसफाइ अभियान सम्पन्न। 🧹

“आफू परिवर्तन भए मात्र अरूमा पनि परिवर्तन ल्याउन सकिन्छ - स्वच्छ वातावरण, स्वच्छ जीवन” भन्ने नारासहित बाघभैरव, उमामहेश्वर मन्दिरलगायत विभिन्न स्थानमा बृहत् सरसफाइ कार्यक्रम हरेक शनिबार जस्तै आज पनि सम्पन्न गरिएको छ।

कीर्तिपुर क्लिन - अप अभियानका संयोजकहरू नीरोज जङ्ग बिष्ट, महेश थापा, सुनील भट्ट, लोकेन्द्र साउद, अर्जुन आचार्य तथा कपिल जोशी लगायतले सामाजिक तथा सरसफाइ अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सम्पूर्ण नागरिकको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

कार्यक्रम सफल बनाउन आर्थिक तथा सरसफाइका लागि आवश्यक सामग्री सहयोग गर्ने कपडा अड्डा कीर्तिपुर, चिया दोबाटो क्याफे एन्ड किचन, समाजसेवी अर्जुन आचार्य, सुदूरपश्चिम मोबाइल सेन्टर, प्रहरी वृत्त कीर्तिपुर, वडा नं. ९ कीर्तिपुर, लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।

अभियानमा समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“स्वच्छ कीर्तिपुर, सुन्दर कीर्तिपुर - हाम्रो कीर्तिपुर, हाम्रो जिम्मेवारी।” ❤️ 🙏

फेरि पनि शुक्रबार रातको समय कीर्तिपुरमा झडप!रोडहाउस रेस्टुरेन्ट र शुभकामना ब्याङ्क्वेटबीचको सडकमा हिँडिरहेका दुई पक्षबीच...
07/08/2026

फेरि पनि शुक्रबार रातको समय कीर्तिपुरमा झडप!

रोडहाउस रेस्टुरेन्ट र शुभकामना ब्याङ्क्वेटबीचको सडकमा हिँडिरहेका दुई पक्षबीच अचानक झडप भएको छ। सँगै हिँडिरहेका उनीहरूबीच एक्कासि विवाद उत्पन्न भएपछि हात हालाहाल भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी...

चोभार क्षेत्रका अव्यवस्थित रूपमा राखिएका ब्यानरहरू हटाई सार्वजनिक स्थानलाई व्यवस्थित र सफा बनाउने कार्यका लागि कीर्तिपुर...
07/08/2026

चोभार क्षेत्रका अव्यवस्थित रूपमा राखिएका ब्यानरहरू हटाई सार्वजनिक स्थानलाई व्यवस्थित र सफा बनाउने कार्यका लागि कीर्तिपुर नगरपालिकाका नगर प्रहरी, सम्बन्धित शाखा तथा सम्पूर्ण टोलीप्रति हार्दिक धन्यवाद।

यस्तो जिम्मेवार, प्रभावकारी र जनहितमुखी कामले नगरप्रति नागरिकको विश्वास अझ मजबुत बनाउँछ। आशा छ, यस्ता सकारात्मक अभियानहरू आगामी दिनमा पनि निरन्तर अघि बढ्नेछन्।

राम्रो कामको प्रशंसा र कमजोरीको रचनात्मक आलोचना नै हाम्रो प्रतिबद्धता हो।

फोटोःहाम्रो आवाज

२५० रुपैयाँको खरिदमै भाग्य चम्कियो! 😮कञ्चनपुरका एक करदाताले २५० रुपैयाँको सामान खरिद गरी करदाता प्रोत्साहन उपहारअन्तर्गत...
07/08/2026

२५० रुपैयाँको खरिदमै भाग्य चम्कियो! 😮
कञ्चनपुरका एक करदाताले २५० रुपैयाँको सामान खरिद गरी करदाता प्रोत्साहन उपहारअन्तर्गत १० लाख रुपैयाँ जित्न सफल भएका छन्।

Address

Kirtipur

Telephone

+9779813197535

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Kirtipur:

Shortcuts

Share