Routine of Kirtipur

Routine of Kirtipur We have genuine content, important notices, amusing messages, photographs, and so on.

This Page contains Trolls,News, and many other stuffs related to Kirtipur and surrounding areas.

✨ ✨ भिन्तुनालाई स्वागत गर्दै पांगडोबाटो चोकको दृश्य 🙏…
21/10/2025

✨ ✨ भिन्तुनालाई स्वागत गर्दै पांगडोबाटो चोकको दृश्य 🙏…

21/10/2025

Bholi 2 bajay salichen bata Kirtipur 8th nepal sambat bike rally ko invitation sampurna ma

कीर्तिपुरको नयाँबाटोस्थित सार्वजनिक व्यायाम केन्द्र (Public Gym/Exercise Center) को अवस्थाबारे:😕😕हामी जनताले तिरेको करको...
21/10/2025

कीर्तिपुरको नयाँबाटोस्थित सार्वजनिक व्यायाम केन्द्र (Public Gym/Exercise Center) को अवस्थाबारे:😕😕

हामी जनताले तिरेको करको पैसा केवल कागजमा देखिने खर्चका लागि मात्रै हो र? खर्च त भयो, तर यसको उचित व्यवस्थापन कहिले र कसले गर्ने? कार्यान्वयन कहिलेदेखि सुरु हुन्छ? कि यो केवल उद्घाटन समारोहका लागि नेताको पर्खाइमा छ?

हामी आग्रह गर्न चाहन्छौं — सार्वजनिक स्थल निर्माणमा केवल बजेट छुट्याउनु पर्याप्त होइन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ। नगरबासीका आवश्यकता र अपेक्षालाई सम्मान गर्दै काम तत्काल अघि बढाइयोस् भन्ने हाम्रो चाहना हो।

– कीर्तिपुर नगरपालिकाका मेयरज्यूलाई विनम्र अनुरोध।

कीर्तिपुर त उठ्दैछ, अब नगर प्रहरी पनि उठाऔं!१० वडा= ५० नगर प्रहरी!!
20/10/2025

कीर्तिपुर त उठ्दैछ, अब नगर प्रहरी पनि उठाऔं!

१० वडा= ५० नगर प्रहरी!!

Interesting: आज राति लक्ष्मीपूजाकै दिन त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटको सफल परीक्षण सम्प...
20/10/2025

Interesting: आज राति लक्ष्मीपूजाकै दिन त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटको सफल परीक्षण सम्पन्न गरिएको छ। ❤️ 😮

कीर्तिपुरका युवाहरूले प्रस्तुत गरेको यो ज्ञापनपत्र शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल शासन, सांस्कृतिक संरक्षण, युवा सहभ...
20/10/2025

कीर्तिपुरका युवाहरूले प्रस्तुत गरेको यो ज्ञापनपत्र शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल शासन, सांस्कृतिक संरक्षण, युवा सहभागिता र प्रशासनिक सुधार लाई केन्द्रमा राखेर तयार गरिएको छ।

कीर्तिपुरका “Kirtipur Youths Nepal” सहित १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरू समावेश भएको “कीर्तिपुर युवा समूह” ले कीर्तिपुर नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।

उक्त ज्ञापनपत्रमा सहिदका परिवारहरूका लागि रोजगार र सहयोगका अवसर प्रदान गर्न, युवाहरूमाझ मतदाता नामावलीमा दर्ता गराउन जनचेतना कार्यक्रम सुरु गर्न, साथै नगरपालिकामा सञ्चालन भइरहेका युवासम्बन्धी कार्यक्रमबारे जानकारी नपाएको प्रति असन्तुष्टि जनाउँदै मागहरू राखिएका छन्।

यसले स्थानीय सरकार र युवाबीचको सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

📢 अपडेट: सामग्री हस्तान्तरण सम्पन्न ✅कीर्तिपुर ट्राफिक प्रहरी कार्यालय पुनर्स्थापना अभियान अन्तर्गत उर्मिला महर्जनबाट सं...
20/10/2025

📢 अपडेट: सामग्री हस्तान्तरण सम्पन्न ✅

कीर्तिपुर ट्राफिक प्रहरी कार्यालय पुनर्स्थापना अभियान अन्तर्गत उर्मिला महर्जनबाट संकलित कार्यालय सामग्रीहरू (MD Desk, Chair, Keyboard Side Desk, Sofa आदि) हामीले हिजो कीर्तिपुरका ईन्चार्ज उप निरिक्षक (SI) दिनेश तामाङ ज्युलाई विधिवत रूपमा हस्तान्तरण गरेका छौं।

यो अभियानलाई सफलतापूर्वक अघि बढाउन निरन्तर साथ र पहल गर्दै आएका Routine of Kirtipur र प्रगतिशील युवा समूह साथै कीर्तिपुर युथ्स नेपालकोतर्फबाट यो जिम्मेवारी पूरा गरिंदै छ।

💙 तपाईं पनि यस अभियानमा सहभागी बन्न सक्नुहुन्छ!
यदि तपाईंहरू पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने, सामग्री मात्र होइन, आर्थिक सहयोग मार्फत समेत समर्थन गर्न सक्नुहुन्छ।

💰 बैंक विवरण:
A/C Name: Pragatishil Yuwa Samuha
A/C No.: 01701030033123
Bank: Nepal Investment Mega Bank

हामीले प्राप्त गरेको प्रत्येक सहयोग पारदर्शिताका साथ सार्वजनिक गर्ने प्रतिबद्धता पूर्ववत रहन्छ।
तपाईंहरूको सहयोगले कीर्तिपुरको ट्राफिक व्यवस्थापन फेरि सुदृढ बन्दैछ।

🙏 हार्दिक धन्यवाद – उर्मिला महर्जन ज्यु प्रति कृतज्ञता 🙏कीर्तिपुर ट्राफिक प्रहरी कार्यालय पुनर्स्थापना अभियानमा आफ्नो अम...
20/10/2025

🙏 हार्दिक धन्यवाद – उर्मिला महर्जन ज्यु प्रति कृतज्ञता 🙏

कीर्तिपुर ट्राफिक प्रहरी कार्यालय पुनर्स्थापना अभियानमा आफ्नो अमूल्य सहयोग प्रदान गर्नु हुने प्रसिद्ध इन्जिनियरिङ कन्सल्टेन्सी Saura Design Studio (Satungal) की Owner उर्मिला महर्जन ज्यु प्रति हामी हृदयदेखि आभार व्यक्त गर्दछौं।

तपाईंको सहयोग स्वरूप उपलब्ध गराइएको
• MD Desk
• MD Chair
• Keyboard Side Desk
• Sofa

जस्ता सामग्रीहरूले कार्यालय पुनर्स्थापना तथा सहज सेवाप्रवाहमा ठूलो योगदान पुर्‍याउने छ।

यी सामाग्रि ल्याउन साथ र सहयोग गर्दै हुनु भएका जतिन महर्जन,
कीर्तिपुर नगर प्रहरी रोहित देउला तथा कीर्तिपुर नागरपालिकाका ट्रक अपरेटर अनिल खत्रीमा धन्यवाद ज्ञापन गर्दछौं। साथै यी सामाग्री ल्याउन हामीसंग निरन्तर साथमा रहनु भएका निकेस महर्जन(Nike-K) प्रति पनि हार्दिक आभार!

साथै आदर्णीय नगरप्रमुख कृष्णमान डंगोलज्युले पनि हाम्रो एक रिक्वेस्टमा नगरपालिकाको गाडि पठाई यहजिकरण गरिदिनु भएकोमा उहां प्रतिपनि हार्दिक आभार!!

तपाईंहरूको सानो सहयोगले कीर्तिपुरको ट्राफिक व्यवस्थापनलाई फेरि व्यवस्थित बनाउन ठूलो टेवा पुगेको छ।
कीर्तिपुर युथ्स नेपाल,प्रगतिशिल युवा समुह तथा रुटिन अफ कीर्तिपुर परिवारको तर्फबाट धन्यवाद तथा सम्मान!

जसोतसो तिहार बजार त हटाइयो। 😌तर आजको नयाँबजारकै दिन व्यापारी र ग्राहक दुवैका लागि निकै कठिन भयो। अब वैकल्पिक ठाउँ — नयाँ...
19/10/2025

जसोतसो तिहार बजार त हटाइयो। 😌

तर आजको नयाँबजारकै दिन व्यापारी र ग्राहक दुवैका लागि निकै कठिन भयो। अब वैकल्पिक ठाउँ — नयाँबजार गेट, टाउन प्लानिङ वा सबैलाई सहज हुने स्थान रोज्ने समय आएको छ।

व्यापारी पनि मारमा नपरुन,स्थानीयहरुने पनि समस्या भोग्नु नपरोस र ग्राहाकहरुले पनि आफ्नो कीनमेल गर्ने सहज वातावरण पाउंन।

यसका लागि बजार व्यवस्थापन टोली फिल्डमै खटिएर समाधानमुखी कदम चालौँ।

कीर्तिपुर नयाँबजारको मुख्य सडक पेटीमा कुनै पनि प्रकारका पसल, व्यापार वा व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सूचना जारी गरिएक...
19/10/2025

कीर्तिपुर नयाँबजारको मुख्य सडक पेटीमा कुनै पनि प्रकारका पसल, व्यापार वा व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सूचना जारी गरिएको छ।

हाल कीर्तिपुर नयांबजारबाट हटाईएका व्यापारी र सरोकारवालाहरु वडा ९ कार्यलयमा वार्ता र निस्कर्र्सका लागि जम्मा भएका छन्।
19/10/2025

हाल कीर्तिपुर नयांबजारबाट हटाईएका व्यापारी र सरोकारवालाहरु वडा ९ कार्यलयमा वार्ता र निस्कर्र्सका लागि जम्मा भएका छन्।

🔥 आन्दोलनको नारा ले त मन नै छुन्छ🙏🙏🩺👩‍⚕️देशव्यापी नर्स 👩‍⚕️आन्दोलन अवस्था….सान्ति कुमारी बिकको नेतृत्वमा सुरु भएको कीर्त...
19/10/2025

🔥 आन्दोलनको नारा ले त मन नै छुन्छ🙏🙏🩺👩‍⚕️

देशव्यापी नर्स 👩‍⚕️आन्दोलन अवस्था….

सान्ति कुमारी बिकको नेतृत्वमा सुरु भएको कीर्तिपुर अस्पतालमा पनि जारी छ। स्वास्थ्यकर्मीहरूले आफ्नो माग सम्बोधनको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्।

Address

Kirtipur

Telephone

+9779813197535

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Kirtipur:

Share