Ksh*tijpari Online

Ksh*tijpari Online Ksh*tijpari Online provides the latest news headlines and top news stories from business, politics,

Sad news: विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जा पाकिस्तानको ब्रड पिकमा ग...
01/08/2026

Sad news: विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जा पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी दिवंगत भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।

Heartbreaking:: Nirmal Purja ‘Nimsdai’, the legendary mountaineer, is no more. 💔
01/08/2026

Heartbreaking:: Nirmal Purja ‘Nimsdai’, the legendary mountaineer, is no more. 💔

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ वि...
31/07/2026

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। शुक्रबार नेप्से परिसूचक १२.९६ अंक बढेर २६८५.५४ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४६ हजार ७५२ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से  घट्ने क्रम जारीपछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन ...
30/07/2026

नेप्से घट्ने क्रम जारी

पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १६.२९ अंक घटेर २६७२.५८ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४४ हजार ६५१ पटकको कारोबारमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ। नेप्सेजस्तै कारोबार रकमले...
29/07/2026

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ। नेप्सेजस्तै कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ४८ हजार पटकको कारोबारमा ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न प...
28/07/2026

प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे सरकार गम्भीर रहेको बताएका हुन् ।

नागरिकको जीउधनको रक्षा गर्नु र दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिलाउनु सरकारको पहिलो कर्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई एकअर्काप्रति सम्मान र सद्भाव राख्दै सुरक्षित रहन अपिल गरेका छन् ।

घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने पीडित परिवारलाई सरकारले छिटोभन्दा छिटो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज उपचारका क्रममा निधन भएको छ।
28/07/2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज उपचारका क्रममा निधन भएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ...
28/07/2026

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ। आज ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो । बजारमा १६५ कम्पनीको सेयर मूल्य घट्दा ९९ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले अन्तत: राजिनामा दिएका छन् ।
25/07/2026

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले अन्तत: राजिनामा दिएका छन् ।

बिहीबार १४.१७ अंकले बढेको बजार आज शुक्रबार ७.९० अंकले बढेर २७३४.६३ अंकको विन्दुमा उक्लिएको छ। आज कुल ३५३ कम्पनीका १ करोड...
24/07/2026

बिहीबार १४.१७ अंकले बढेको बजार आज शुक्रबार ७.९० अंकले बढेर २७३४.६३ अंकको विन्दुमा उक्लिएको छ। आज कुल ३५३ कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर ६९ हजार ५९७ पटक खरिदबिक्री हुँदा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

Address

Kusma

Alerts

Be the first to know and let us send you an email when Ksh*tijpari Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ksh*tijpari Online:

Shortcuts

Share