Lahan Post

Lahan Post Lahan Media is on of the # 1 media house in Nepal.

धार्मिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन नगर्न  प्रेस काउन्सिलको आग्रहकाठमाडौं, साउन १३ । प्रेस काउन्सिल नेपालले धार्म...
29/07/2026

धार्मिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं, साउन १३ । प्रेस काउन्सिल नेपालले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने , हिंसा, अपराध र उत्तेजना फैलाउने प्रकृतिका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यममाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ६ वटा सामाजिक सञ्जालमार्फत प्रकाशित सामग्रीमाथि अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ।

हालै सुनसरीलगायत पूर्वी जिल्लामा घटेको संवेदनशील घटनासम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको नियमित अनुगमन भइरहेको काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा १४ वटा सञ्चारमाध्यममा पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भएको भेटिएपछि ती सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको जनाइएको छ। निर्देशनपछि ७ सञ्चारमाध्यमले सामग्री हटाएका छन् भने एक सञ्चारमाध्यमलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ।

यस्तै सञ्चार माध्यमअन्तर्गत नपर्ने ५ फेसबुक पेज र १ युट्युब च्यानलमा प्रकाशित ८ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ। काउन्सिलले पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने, सामाजिक द्वेष फैलाउने तथा अफवाह र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

जिम्मेवार, मर्यादित र उत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको समेत विज्ञप्तीमा उल्लेख छ।

जिल्ला अदालत सिरहाबाट लहान नगरपालिका- २ का वडा अध्यक्ष सियाराम यादवले पाए सफाई !
29/07/2026

जिल्ला अदालत सिरहाबाट लहान नगरपालिका- २ का वडा अध्यक्ष सियाराम यादवले पाए सफाई !

  🙏 सहयोगको हार्दिक अपिल 🙏सिराहा जिल्ला, लक्ष्मीपुर पतारी गाउँपालिका–५, पथरगाडा निवासी श्री जीवछ शाह विगत केही समयदेखि ग...
29/07/2026



🙏 सहयोगको हार्दिक अपिल 🙏

सिराहा जिल्ला, लक्ष्मीपुर पतारी गाउँपालिका–५, पथरगाडा निवासी श्री जीवछ शाह विगत केही समयदेखि गम्भीर स्नायु (नसा) सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ। उहाँको उपचारका लागि रु. ५ लाखभन्दा बढी खर्च लाग्ने चिकित्सकले बताएका छन्।

उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले आवश्यक उपचार गर्न कठिनाइ भइरहेको छ। त्यसैले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, समाजसेवी, संघ–संस्था तथा सहयोगी मनहरूमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं।

सहयोग गर्न इच्छुक महानुभावहरूले तल उल्लेखित नम्बरमा प्रत्यक्ष सम्पर्क गरी उपचार सम्बन्धी थप जानकारी लिन सक्नुहुन्छ। eSewa, IMO तथा WhatsApp पनि यही नम्बरमा उपलब्ध छन्।

📞 सम्पर्क नम्बर: 982-7293843

तपाईंको सानो सहयोगले एक बिरामीको जीवन बचाउन ठूलो योगदान पुर्‍याउन सक्छ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो। 🙏

29/07/2026

शान्तिपूर्ण विराेध कार्यक्रममा सरकारी,सामुदायिक तथा कसैकाे व्यक्तिगत सम्पतिकाे हानीनाेक्सानी नगराैं । लुटपाट,आगजनी र हुलदङ्गामा सहभागी नहाेअैां । आजसम्म हरेक समस्याकाे सामधान शान्तिपूर्ण दुईपक्षीय वार्ता र सम्वादबाट भएकाे हाे । यस घडीमा कसैले कसैलाई उतेजित पार्ने,भड्काउने,तर्साउने र धमकाउने काम नगराै

एकताको सन्देश दिन बुटवलमा हिन्दू-मुस्लिम अगुवाले राष्ट्रिय झण्डा बोकेर निकाले सद्भाव र्‍याली ❤️
29/07/2026

एकताको सन्देश दिन बुटवलमा हिन्दू-मुस्लिम अगुवाले राष्ट्रिय झण्डा बोकेर निकाले सद्भाव र्‍याली ❤️

29/07/2026

लहानको होटल गोधुलीमा तोडफोड हुनु दु:खद घटना हो ।

आन्दोलनको नाउँमा उग्र बन्नु हुँदैन । संविधानले दिएको अधिकार पूर्ण पालना गर्दै शान्तिपूर्ण तरिकाले विरोध जनाउनुपर्छ ।

यसरी व्यक्तिको नीजि वा सार्वजनिक सम्पतिमा क्षति पुगाउनु राम्रो होइन ।

संयमित बनौं । 🙏🙏

आज लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवाला निकायहरूको संयुक्त ...
29/07/2026

आज लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवाला निकायहरूको संयुक्त बैठकले देवानगंज, सुनसरीमा भएको घटनाको विरोधका क्रममा लहान क्षेत्रमा सिर्जित असहज अवस्था, बजार बन्द, यातायात अवरोध, ढुंगामुढा तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पुगेको विषयमा गम्भीर छलफल गरी निम्न निर्णयहरू गरेको छ ।

29/07/2026

प्रेस विज्ञप्ति

आज लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवाला निकायहरूको संयुक्त बैठकले देवानगंज, सुनसरीमा भएको घटनाको विरोधका क्रममा लहान क्षेत्रमा सिर्जित असहज अवस्था, बजार बन्द, यातायात अवरोध, ढुंगामुढा तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पुगेको विषयमा गम्भीर छलफल गरी निम्न निर्णयहरू गरेको छ ।

निर्णयहरू

१. लहान नगरक्षेत्रमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी भाइचारालाई कायम राख्न सम्पूर्ण नागरिकमा हार्दिक अपिल गर्ने।

२. कुनै पनि बहानामा कानुन हातमा नलिन, बन्द, चक्काजाम, तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न नहुन सबै पक्षलाई अनुरोध गर्ने।

३. देवानगंज घटनामा संलग्न दोषीमाथि निष्पक्ष, छानबिन गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारसमक्ष माग गर्ने।

४. घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने।

५. क्षति पुगेका व्यक्ति तथा व्यवसायीको क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने।

६. जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्ने।

७. सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अफवाह, भ्रामक सूचना, घृणा फैलाउने तथा धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधि नगर्न सम्पूर्ण नागरिकलाई अनुरोध गर्ने।

८. सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा तथा सञ्चारमाध्यमलाई संयमित भूमिका निर्वाह गर्न आग्रह गर्ने।

९. लहान नगरपालिकाभित्रको शान्ति, सद्भाव र सामाजिक एकतालाई कायम राख्न सबै पक्षले साझा प्रतिबद्धता जनाउने।

बैठकमा उपस्थित सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले उक्त निर्णयप्रति पूर्ण प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।

सर्वदलीय तथा सर्वपक्षीय बैठक
लहान नगरपालिका, सिराहा

घरघरको सान, स्वच्छता अभियान ! घरघरमा शौचालय निर्माणमा पहल गरौँ । रोगी हुनबाट बचौँ ।
29/07/2026

घरघरको सान, स्वच्छता अभियान !

घरघरमा शौचालय निर्माणमा पहल गरौँ । रोगी हुनबाट बचौँ ।

अफवाह न फैलाउ ! संयमित बनौं । जेन–जी आन्दोलनका क्रममा आगजनी भएको प्रहरीको पुरानो गाडीको भिडियोलाई  अहिलेको घटनाजस्तो देख...
29/07/2026

अफवाह न फैलाउ ! संयमित बनौं ।

जेन–जी आन्दोलनका क्रममा आगजनी भएको प्रहरीको पुरानो गाडीको भिडियोलाई अहिलेको घटनाजस्तो देखाएर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

कृपया तथ्य जाँच नगरी यस्ता भ्रामक सामग्री तथा अफवाह फैलाउने कार्य बन्द गरौँ ।

नोट : यो तस्बिर पुरानो हो ।

Address

Lahan, Siraha
Lahan
033

Alerts

Be the first to know and let us send you an email when Lahan Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lahan Post:

Shortcuts

Share

Category