Lahan Post

Lahan Post Lahan Media is on of the # 1 media house in Nepal.

15/10/2025

लागुऔषध सहित १ जना मानिस पक्राउ

सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ३ चेक प्वाईन्ट स्थितमा इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट संयुक्त रुपमा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिराटनगरबाट बिरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाइ रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रु जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३४ को राम कुमार चौधरीले लगाएको पाईन्टको खल्तीबाट खैरोहिरोइन जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा ६.११० ग्राम लागुऔषध फेला परेकोले रीतपूर्वक बरामद गरी निज राम कुमार चौधरीलाई लागुऔषध सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट अनुसन्धान कार्य भईरहेको ।

सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पन...
15/10/2025

सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर ।

15/10/2025

BREAKING! दुई खेल अगावै नेपाल T20 विश्वकपमा पुगेको छ !

लहानमा एक दम्पतीले जन्माए १२ सन्तान : ९ जना जीवित, ३ जनाको निधन ! लहान नगरपालिका-१५ बेतहाकी सुत्केरी महिला  ४२ वर्षीया ध...
15/10/2025

लहानमा एक दम्पतीले जन्माए १२ सन्तान : ९ जना जीवित, ३ जनाको निधन !

लहान नगरपालिका-१५ बेतहाकी सुत्केरी महिला ४२ वर्षीया धनकुमारी राईलाई मेयर महेश चौधरी अस्पतालमै पुगेर भेटघाट र स्वास्थ सम्बन्धि जानकारी लिएको छ ।

उहाँ(सुत्केरी)लाई नगरपालिकाको तर्फबाट पोषणका लागि चामल १ क्वीन्टल, दाल, चाना, मटर, नुन र तेल सहयोग गरेको जनाएका छन् ।

सुत्केरी महिला राईले १२ औँ सन्तानको रुपमा छोरी पाएको छ । ९ जना सन्तान (४ छोरा र ५ छोरी) जीवित छ । ३ जनाको मृत्यु भईसकेको छ ।

अब परिवार नियोजन गराउन सबैले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस लहान नगरपालिका-१९ वडा कार्यसमितिद्वारा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ...
15/10/2025

नेपाली कांग्रेस लहान नगरपालिका-१९ वडा कार्यसमितिद्वारा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्रीय सभापति तथा मेयर महेश चौधरी, वडा अध्यक्ष कमरुदिन राईन, नगर सचिव संजय यादव, बुथ सभापति विन्देश्वर यादव, पूर्व स्ववियु सभापति रामकृष्ण यादव, जगदिश साह, देव महतो, राजलाल यादव, मोहन महतो, कमल चौधरीलगायतको उपस्थिति थियो ।

15/10/2025

मधेशमा पहिलो र दोस्रो ठूलो दल एमाले, कांग्रेसलाई बाहिर राख्दै मधेश केन्द्रीत दलको सरकार बन्ने सहमति । जसपा र जनमत ४/४, लोसपा मुख्यमन्त्रीसमेत २ र माओवादी, एसले १/१ मन्त्री पाउने ।

#सुत्र !

लहान नगरपालिका-१९ कटहा पुर्वटोलका स्थानीयले लगाएको धानवाली ।
15/10/2025

लहान नगरपालिका-१९ कटहा पुर्वटोलका स्थानीयले लगाएको धानवाली ।

लहान नगरपालिका-८ हुलाकटोलका स्थानीयवासीहरुले सरसफाइ अभियान चलाउँदै आएको छ । मेयर महेश चौधरी पनि सहभागी भएका थिए । यहाँ स...
15/10/2025

लहान नगरपालिका-८ हुलाकटोलका स्थानीयवासीहरुले सरसफाइ अभियान चलाउँदै आएको छ । मेयर महेश चौधरी पनि सहभागी भएका थिए । यहाँ स्थानीयले विगत केही महिनादेखि अभियान चलाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लहानमा जेन-जी आन्दोलनको क्रममा ३२२० क्वीन्टल चिनी र ८००० क्वीन्टल चामल लुटपाट भएको थिय...
14/10/2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लहानमा जेन-जी आन्दोलनको क्रममा ३२२० क्वीन्टल चिनी र
८००० क्वीन्टल चामल लुटपाट भएको थियो । जसमध्ये ३.५ प्रतिशत फिर्ता भएको छ ।

११ करोडको क्षति पुगेको छ । कार्यालय तोडफोड र आगजनी भएको थियो । नगरपालिकाले कम्प्युटर प्रिन्टर, फर्निचर सहयोग गरेका छन् ।

आज मेयर महेश चौधरी, ईलाका प्रशासन, ईलाका प्रहरी, सशस्त्र प्रहरीलगायतले अनुगमन निरिक्षण गरिरहेका छन् ।

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट नापी कार्यालय लहानमा १ करोड भन्दा बढी क्षति भएको छ । मर्मत गरेर समान्य सेवा स...
14/10/2025

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट नापी कार्यालय लहानमा १ करोड भन्दा बढी क्षति भएको छ । मर्मत गरेर समान्य सेवा सञ्चालन भएको छ ।

नक्साको प्रिन्ट, पल्ट नामसारीलगायतको आंशिक सेवा सुचारु भएको छ ।

मोटरसाइकल, कम्प्युटर, सर्भर क्षति, ब्याट्रीलगायत जलाउने र चोरी भएको छ ।

आज मेयर महेश चौधरी, ईलाका प्रशासन, ईलाका प्रहरी, सशस्त्र प्रहरीलगायतले अनुगमन निरिक्षण गरिरहेका छन् ।

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट यातायात व्यवस्था कार्यालय लहानमा १ करोड ५० लाख भन्दा बढी क्षति भएको छ । मर्मत...
14/10/2025

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट यातायात व्यवस्था कार्यालय लहानमा १ करोड ५० लाख भन्दा बढी क्षति भएको छ । मर्मत गरेर समान्य सेवा सञ्चालन भएको छ ।

नविकरण, जाँचपास, रुटपरमिट, पटके लगायतका सेवा सञ्चालनमा आएको छ ।

आज मेयर महेश चौधरी, ईलाका प्रशासन, ईलाका प्रहरी, सशस्त्र प्रहरीलगायतले अनुगमन निरिक्षण गरिरहेका छन् ।

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट आन्तरिक राजश्व कार्यालय लहानमा ५ करोड ५० लाख भन्दा बढी क्षति भएको छ । मर्मत ग...
14/10/2025

जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट आन्तरिक राजश्व कार्यालय लहानमा ५ करोड ५० लाख भन्दा बढी क्षति भएको छ । मर्मत गरेर समान्य सेवा क्वाटरबाट सञ्चालन भएको छ ।

आज मेयर महेश चौधरी, ईलाका प्रशासन, ईलाका प्रहरी, सशस्त्र प्रहरीलगायतले अनुगमन निरिक्षण गरिरहेका छन् ।

Address

Lahan, Siraha
Lahan
033

Alerts

Be the first to know and let us send you an email when Lahan Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lahan Post:

Share

Category