Radio Samagra Fm 107 Mhz

Radio Samagra Fm 107 Mhz Web:- www.radiosamagra.com
Email ;- [email protected]
Phone :- 033564550/033563306

लागुऔषध सहित २ जना मानिसहरु पक्राउ:-मिति २०८२।०३।१९ गते अन्दाजी १६:१५ बजेको समयममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १...
04/07/2025

लागुऔषध सहित २ जना मानिसहरु पक्राउ:-
मिति २०८२।०३।१९ गते अन्दाजी १६:१५ बजेको समयममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरीया टोल स्थित मिथलेश कुमार चौधरीको घरमा लागुऔषधको कारोवार भइरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले मिथलेश कुमार चौधरीको घर वतनमा चेकजाँच तथा खानतालशी गर्दा निज मिथलेश कुमार चौधरी समेतको साथबाट र घरबाट निम्न बमोजिम लागुऔषध ब्राउन सुगर लगायतका सामानहरु फेला परेकोले रीतपूर्वक बरामद गरी निज मिथलेश कुमार चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेको मानिसहरु तथा निजहरुको साथ बाट बरामद भएको समानहरुः-

१) जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरीया बस्ने बर्ष २८ को मिथलेश कुमार चौधरीको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११३.९१ ग्राम (प्लाष्टिक बाहेक १०९ ग्राम,) र नगद रुपैया ७,३१० (सात हजार तिन सय दश), मोवाईल थान १ र निजकै घरको कोठामा रहेको काठको दराज भित्र नेपाली नगद रु. २,७५,३००।- (दुई लाख पचहत्तर हजार तिन सय) र भारतीय रु. १,२५० (एक हजार दुई सय पचास) र सुनको जस्तो देखिने तिलहरी थान-१ र नेकलेश थान-१, डिजिटल तराजु थान-१, प्लाष्टिक काट्न प्रयोग गरेको कैंची थान-१ समेत फेला परेको।

२) सोही स्थान बस्ने बर्ष २४ को राज नन्दन चौधरीको साथबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १०.७१ ग्राम (प्लाष्टिक बाहेक ९.६१ ग्राम), नगद रु. २,१००।- (दुई हजार एक सय), मोवाईल थान-१ फेला परेको ।

३) मिति २०८२।०३।२० गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी मिति २०८२।०३।१९ गते देखि लागु हुने गरी दिन ५ को म्याद लिइ अनुसन्धान कार्य भइरहेको।

राजनीतिमा आएपछि सरकारी सेवा-सुविधा फिर्ता गरिन् भण्डारीलेपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा-सुविधा फिर्ता ...
03/07/2025

राजनीतिमा आएपछि सरकारी सेवा-सुविधा फिर्ता गरिन् भण्डारीले

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा-सुविधा फिर्ता गर्नेबारे पत्र गृहमन्त्रालयमा पुगेको छ ।असार १८ गते कै दिनदेखि लागु हुने गरी सबै सेवा-सुविधा फिर्ता गर्ने भण्डारीका स्वकीय सचिवले लेखेको पत्रमा उल्लेख छ । तर सुरक्षासम्बन्धी सुविधा भने फिर्ता नगरिने गृहमन्त्रालयले जनाएको छ । भण्डारीको सचिवालयमा सरकारले तलब-भत्ता दिएर राखिएका उपसचिव सरहका स्वकीय सचिव, शाखा अधिकृत लगायत कर्मचारी तथा पेट्रोल सुविधा लगायत फिर्ता गर्न उक्त पत्राचार गरिएको हो । यसमा गृहमन्त्रालयले आवश्यक निर्णय गरेर फिर्ता लिनेछ ।

27/06/2025

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने |
राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।
एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि नतिजा प्रकाशन गरिने जानकारी दिनुभयाे ।
यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी छन् ।

लागुऔषध सहित २ जना भारतिय नागरिकहरु पक्राउ:-मिति २०८२।०३।११ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला सिरहा, भगवानपुर गाउँपाल...
26/06/2025

लागुऔषध सहित २ जना भारतिय नागरिकहरु पक्राउ:-

मिति २०८२।०३।११ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला सिरहा, भगवानपुर गाउँपालिका वडा नं ०४ ठाडी बजार स्थित जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यलाय लहान सिरहा र प्रहरी चौकी ठाडी सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको निम्न मोटरसाईकलमा सवार निम्न व्यक्तिहरुलाई खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक नापतौल गर्दा ४० ग्राम फेला पारी रीतपूर्वक बरामद गरी दुवै मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई मिति २०८२।०३।१२ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेको व्यक्तिहरुः -
१) देश भारत बिहार राज्य मधुबनी जिल्ला ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने बर्ष ४० को राम नारायण साह BR 32 AD 6993 को मोटरसाईकलमा सवार रहेको चालक ।
२) देश भारत राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही बस्ने बर्ष २७ को राजन बाबु साह BR32AK 6301 नम्बरको मोटरसाईकलमा सवार रहेको चालक निजको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक नापतौल गर्दा ४० ग्राम फेला परेको।

24/06/2025

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when Radio Samagra Fm 107 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Samagra Fm 107 Mhz:

Share

Category