SR Rastriya Dainik khabar

Directions

SR Rastriya Dainik khabar जन जन को आवाज जस्ता को तेस्तै

"जलवायु परिवर्तनले सीमाना चिन्दैन। हिमनदी र बाढीहरू राहदानीमा भिसा लगाएर यात्रा गर्दैनन्।"हामीले ननिम्त्याएको जलवायु परि...
25/09/2026

"जलवायु परिवर्तनले सीमाना चिन्दैन। हिमनदी र बाढीहरू राहदानीमा भिसा लगाएर यात्रा गर्दैनन्।"
हामीले ननिम्त्याएको जलवायु परिवर्तनको मार हामीले बेहोर्यौ अनि हामीले सुरु नगरेका युद्धहरूको प्रहार पनि हामीमाथि नै पर्यो।
नेपालको तर्फबाट प्र म बालेन शाहको प्रस्तुती कस्तो लाग्यो
भन्न पर्ने कुरा केहि छुटियो की ?

राज्यलाई गिज्याइरहेको कहालीलाग्दो दृश्य !राजविराजमा अस्पतालअगाडि नै विपन्न महिलाले बच्चा जन्माएको दाबीसप्तरीको राजविराजस...
10/09/2026

राज्यलाई गिज्याइरहेको कहालीलाग्दो दृश्य !
राजविराजमा अस्पतालअगाडि नै विपन्न महिलाले बच्चा जन्माएको दाबी
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालअगाडि एक विपन्न महिलाले फुटपाथमै बच्चा जन्माएको दाबी गरिएको घटना सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार बुधबार बिहान करिब २:२९ बजे राजविराज नगरपालिका–१४, परासी टोलकी पासवान थरकी महिलालाई प्रसूति व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर पैसा नहुँदा अस्पतालमा भर्ना नलिएको र त्यसपछि अस्पतालको अगाडिको फुटपाथमै बच्चा जन्माउन बाध्य भएको दाबी गरिएको छ।
यदि यो घटना सत्य हो भने, यो केवल एउटा परिवारको पीडा मात्र होइन, राज्यको स्वास्थ्य सेवा प्रणाली, अस्पताल प्रशासन र विपन्न नागरिकप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न हो।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आर्थिक अभावका कारण कुनै गर्भवती महिलाले अस्पतालको ढोकाबाहिरै प्रसूति हुनुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र गम्भीर विषय हो।
यस घटनाबारे अविलम्ब निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गर्दछौँ।
विपन्न हुनु अपराध होइन, उपचार पाउनु नागरिकको अधिकार हो।

यादव सेवा समाज कतारको नयाँ कार्यसमिति चयन, अध्यक्षमा शिवनाथ यादव निर्विरोधश्रीकृष्ण जन्माष्टमीको अवसरमा नयाँ नेतृत्व चयन...
06/09/2026

यादव सेवा समाज कतारको नयाँ कार्यसमिति चयन, अध्यक्षमा शिवनाथ यादव निर्विरोध
श्रीकृष्ण जन्माष्टमीको अवसरमा नयाँ नेतृत्व चयन, समुदायको एकता र सामाजिक सेवामा जोड दिने प्रतिबद्धता
दोहा, कतार । यादव सेवा समाज कतारले श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर नयाँ कार्यसमिति चयन गरेको छ। समाजको अध्यक्ष पदमा शिवनाथ यादव निर्विरोध निर्वाचित हुनुभएको छ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित विशेष कार्यक्रममा समाजको नयाँ नेतृत्व चयन गरिएको हो। अध्यक्षमा निर्विरोध निर्वाचित यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै समाजको संस्थागत विकास, यादव समुदायबीचको एकता, सामाजिक सद्भाव तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिमा अर्जुन यादव उपाध्यक्ष, सियाराम यादव महासचिव, बिरेन्द्र यादव सचिव, शेम्भु प्रसाद यादव सचिव, विजय यादव कोषाध्यक्ष, शिव कुमार यादव सह–कोषाध्यक्ष चयन हुनुभएको छ।
त्यसैगरी बालेश्वर यादव युवा संयोजक र दीपक यादव मिडिया को–अर्डिनेटरको जिम्मेवारीमा चयन हुनुभएको छ। सदस्यहरूमा रवीन्द्र यादव, सूर्यनाथ यादव, लोकेन यादव, दिनेश अरगरिया, पप्पु यादव र राजेन्द्र प्रसाद यादव चयन हुनुभएको छ।
नयाँ कार्यसमिति चयनसँगै यादव सेवा समाज कतारले आगामी दिनमा समुदायका सदस्यहरूको हित, आपसी सहकार्य, सामाजिक सेवा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा यादव सेवा समाज कतारका निवर्तमान अध्यक्ष भोगेन्द्र यादवसहित समाजका विशिष्ट व्यक्तित्वहरू मनिष यादव र रामबाबु यादव लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा निवर्तमान नेतृत्व तथा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा निर्विरोध अध्यक्ष निर्वाचित शिवनाथ यादवसहित सम्पूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: शिवनाथ यादव
उपाध्यक्ष: अर्जुन यादव
महासचिव: सियाराम यादव
सचिव: बिरेन्द्र यादव
सचिव: शेम्भु प्रसाद यादव
कोषाध्यक्ष: विजय यादव
सह–कोषाध्यक्ष: शिव कुमार यादव
युवा संयोजक: बालेश्वर यादव
मिडिया को–अर्डिनेटर: दीपक यादव
सदस्य: रवीन्द्र यादव
सदस्य: सूर्यनाथ यादव
सदस्य: लोकेन यादव
सदस्य: दिनेश अरगरिया
सदस्य: पप्पु यादव
सदस्य: राजेन्द्र प्रसाद यादव
जय श्रीकृष्ण । 🙏🌺

बाढीपीडितका लागि एनआरएनएको ५ करोड अभियानमा मुक्तदा मुसलमानले दिए २ लाखराहत तथा पुनर्स्थापनाका लागि व्यक्तिगत रूपमा सहयोग...
31/08/2026

बाढीपीडितका लागि एनआरएनएको ५ करोड अभियानमा मुक्तदा मुसलमानले दिए २ लाख
राहत तथा पुनर्स्थापनाका लागि व्यक्तिगत रूपमा सहयोग गर्दै मुसलमानले देखाए सामाजिक उत्तरदायित्व
काठमाडौं । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको ५ करोड रुपैयाँ सहयोग अभियानमा संघका उपमहासचिव मुक्तदा मुसलमानले २ लाख रुपैयाँ योगदान गरेका छन्।
बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले मुसलमानले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। विपद्को कठिन समयमा पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफूले सक्दो सहयोग गरेको उनले बताएका छन्।
एनआरएनएले प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले ५ करोड रुपैयाँको अभियान सञ्चालन गरेको हो। अभियानमा नेपाल तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको जनाइएको छ।
उपमहासचिव मुसलमानको व्यक्तिगत योगदानले विपत्तिको समयमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप सुदृढ बनाउन सकारात्मक सन्देश दिएको छ। संकटका बेला सबै पक्ष एकजुट भएर पीडित नागरिकको सहयोगमा अघि बढ्नुपर्ने उनको धारणा छ।
एनआरएनएको अभियानबाट संकलित रकम बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत, उद्धार र पुनर्स्थापनामा परिचालन गरिने बताइएको छ।जयप्रकाश यादव ज्यु ले जानकारी गराउनुभाको छ ।

26/08/2026
30/07/2026

राष्ट्रको नाममा प्रधानमन्त्री बालेन साहको सन्देश।

धन्यवाद सम्पुर्ण मा
17/07/2026

धन्यवाद सम्पुर्ण मा

धनुषामा ट्रान्सफर्मर चोरीमा प्रयोग भएको आशंकित कार बरामदधनुषा, जेठ ३० — धनुषा जिल्लामा पछिल्लो समय बढ्दै गएको ट्रान्सफर्...
13/06/2026

धनुषामा ट्रान्सफर्मर चोरीमा प्रयोग भएको आशंकित कार बरामद
धनुषा, जेठ ३० — धनुषा जिल्लामा पछिल्लो समय बढ्दै गएको ट्रान्सफर्मर चोरी घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरीमा प्रयोग भएको आशंकित कार बरामद गरेको छ।
इलाका प्रहरी चौकी नौसयबिघा, धनुषाका अनुसार ट्रान्सफर्मर चोरीमा संलग्न रहेको आशंकामा भारतीय नम्बर प्लेट BR01EK4024 भएको कार बरामद गरिएको हो। कारबाट विभिन्न महत्वपूर्ण कागजातहरू समेत फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी चौकी नौसयबिघाका इन्चार्ज अजय कुमार झा का अनुसार घटनास्थलबाट विक्की कुमार साह सोनार नाम उल्लेख भएको ड्राइभिङ लाइसेन्ससहित अन्य कागजातहरू बरामद भएका छन्। बरामद कागजातका आधारमा अनुसन्धानलाई तीव्रता दिइएको र घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
धनुषा लगायत मधेश प्रदेशका विभिन्न जिल्लामा विगत केही वर्षदेखि ट्रान्सफर्मर चोरीका घटनाहरू दोहोरिँदै आएका छन्। यस्ता घटनाका कारण नेपाल विद्युत् प्राधिकरणलाई ठूलो आर्थिक क्षति पुगेको छ भने किसान, उद्योगी तथा सर्वसाधारण उपभोक्ताले विद्युत् सेवामा समस्या भोग्दै आएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुर्‍याउन स्थानीय बासिन्दालाई शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन अनुरोध गरेको छ।

Address

Lahan

Website

Alerts

Be the first to know and let us send you an email when SR Rastriya Dainik khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share