04/02/2026
सिरहा । उज्यालो नेपाल पार्टीले सिरहा धनुषा जोडने कमलापुलस्थित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङका अनुसार कार्यक्रम वि.सं. २०८२–१०–२२ गते बिहान ११ बजे हुने तय गरिएको छ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। अध्यक्ष घिसिङले कार्यक्रमलाई सफल बनाउन सम्पूर्णमा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।
उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल नारा बनाउँदै प्रत्यक्षतर्फ बल्ब र समानुपातिकतर्फ बाँसुरी चुनाव चिन्ह प्रयोग गर्दै आएको छ।