Sitara Media

Sitara Media Equality for justic

24/02/2026

भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगले अन्तिमपटक थपिएको म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको भए पनि फागुन २१ गतेको निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नहुने लगभग निश्चित भएको स्रोतले जनाएको छ।

सरकारले चुनावअघि प्रतिवेदन सार्वजनिक हुँदा सुरक्षा चुनौती बढ्न सक्ने र केही प्रतिनिधिसभा उम्मेदवार नै कारबाहीको सिफारिसमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आयोगको म्याद थपेको बताइएको छ। आयोग स्रोतका अनुसार भदौ २३ को घटनामा प्रत्यक्ष रूपमा कसैलाई दोषी किट्ने विषयमा स्पष्ट निष्कर्षमा नपुगे पनि फिल्डमा खटिएका सुरक्षाकर्मी, चेन अफ कमाण्ड र राजनीतिक नेतृत्वको भूमिकाबारे विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझावहरू प्रतिवेदनमा समेटिनेछन्।

भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा भने आयोगले कडा र स्पष्ट सिफारिस गर्ने तयारी गरेको छ। विभिन्न स्रोतबाट संकलित करिब १० हजार भिडिओ क्लिप तथा फोटोको आधारमा ५ सयभन्दा बढी व्यक्तिको पहिचान गरिएको आयोगका एक पदाधिकारीले बताएका छन्। ती भिडिओ फुटेजहरू सुरक्षा निकाय, राजनीतिक दल, सर्वसाधारण, निजी उद्योग–व्यवसाय र घरहरूका सीसीटिभीबाट संकलन गरिएका हुन्।

आयोगले पहिचान भएका व्यक्तिमाथि विभिन्न प्रकारका कारबाही सिफारिस गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कारबाही सिफारिसमा पर्ने व्यक्तिहरूमध्ये करिब ९ जना प्रतिनिधिसभा उम्मेदवार रहेका छन्, जसमा अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेको दाबी गरिएको छ। यद्यपि आयोगले नामहरू गोप्य राखेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार घटना विवरण संकलन, विश्लेषण र अनुसन्धानको आधारमा प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। प्रतिवेदन सरकारलाई बुझाएपछि त्यसलाई सार्वजनिक गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। आयोगको प्रतिवेदनले चुनावी समीकरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

विदेशीको नजरमा पर्यो देश !!
10/02/2026

विदेशीको नजरमा पर्यो देश !!

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका उमेदवार श्री डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् !
08/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका उमेदवार श्री डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् !

07/02/2026

त्यो आन्दोलन रास्वपाको सत्ता कब्जाको योजना थियो त?

१) रास्वपाका नेता कार्यकर्ताको समर्थन मात्र नभै प्रत्यक्ष सहभागिता थियो !
२) त्यसको अगुवा सुदन गुरुङ आज रास्वपाकै उम्मेदवार छ !
३) त्यो आन्दोलन पछि gen-z ले बनाएको सरकारका मन्त्रीहरु रास्वपाकै उम्मेदवार भएर चुनावमा सहभागिता जनाए !
४) त्यो आन्दोलनलाई समर्थन गर्ने पत्रकार कलाकार अभियान्ताहरु सबै रास्वपाकै तर्फबाट उम्मेदवार छन् !
५) gen-z ले नेतृत्वको रूपमा स्वीकार गरेको आन्दोलन बालेनले संसद विघटन गर्न लगायो अहिले आफु रास्वपाकै तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार भएर चुनावमा छ !
६) त्यो आन्दोलनमा रास्वपा सभापतिलाई जेलबाट निकालियो र अहिले त्यो आन्दोलनको बलबाट बनेको सरकारलाई उसको मुद्दा फिर्ता लिन लगाइयो !
७) रास्वपा र बालेनले सत्ता कब्जा गर्न ७६ जनाको बलि चढाए अनि सार्वजनिक निजी सम्पति जलाए !

त्यसकारण घण्टे ग्याङ नै वास्तविक हत्यारा हो ?

06/02/2026

पूर्व प्रधानमन्त्री केपिशर्मा ओली आफ्नो गृहजिल्ला पुग्नु भएको छ । देशद्रोही हिंसात्मक तत्वले घर जलाएपछि अस्थाई घरमा बसोबासका प्रवन्ध मिलाईएको छ ।

अनेमसंघको चुनाव तयारी बैठक सम्पन्न!!आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमाअखिल नेपाल महिला संघले ललितपुर जिल्ला क्षेत्...
06/02/2026

अनेमसंघको चुनाव तयारी बैठक सम्पन्न!!

आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा
अखिल नेपाल महिला संघले ललितपुर जिल्ला क्षेत्र नम्बर २ केन्द्रित चुनाव तयारी बैठक सम्पन्न गरेको छ ।

शुक्रबार अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा ललितपुर निर्वाचन क्षेत्र नं. २ मा अनेमसंघ निर्वाचन परिचालन कमिटी संयोजक देविका राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । ललितपुर क्षेत्र नं. २ का अनेमसंघ सम्बद्घ अगुवा महिला नेतृहरुको उपस्थितिमा सहसंयोजक पार्वती वञ्जराले सञ्चालन गरेको सो कार्यक्रम ललितपुर सानागाउँ पार्टी कार्यालयमा सम्पन्न भयो । उक्त बैठकले फागुन १ गते महिलाहरूको बृहत भेला राख्ने तयारी स्वरूप यो तयारी कार्यक्रम गरेको हो ।

सो भेलाले ललितपुर -२ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार प्रेम बहादुर महर्जनको अभियानलाई सघाउन जनसंगठन परिचालन गर्ने नीति अनुरुप चुनावी घरदैलो कार्यक्रम देखि विभिन्न कार्यक्रम सञ्चालन गरी मत माग्न सहयोग गर्ने बताइएको छ। कार्यक्रममा सहभागीहरुले वर्तमान अवस्था र तयारीका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

सिंगो महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका ९ वडाहरु रहेको ललितपुर क्षेत्र नं. २ मा पार्टीको अवस्था, सबल र दुर्बल पक्ष केलाउँदै नेकपा एमालेको भातृ संगठन अनेमसंघले
पार्टीका एजेन्डा जनजनमा पुर्‍याई सकारात्मक भूमिका खेल्नुका साथै एमालेमाथि भईरहेको चौतर्फी भ्रामक र गलत प्रहारलाई चिर्न भूमिका खेल्ने पनि अनेमसंघ केन्द्रीय सदस्य देविका राईले बताउनुभयो ।

01/10/2022
01/10/2022
13/09/2022
12/09/2022
12/09/2022

कान्तिपुरका कैलाश सिरैयालाइ नै न्याधिश वनाउदा हुन्छ ः निलम्वित प्रधानन्याधिश चाेलेन्द्र राणा ।। # Chief Justice

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Sitara Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share