Muluk Times

Muluk Times national monthly magazine

नेपालको आन्तरिक उडानमा नयाँ नियम लागु हुँदै ! हवाइजहाज उडान ढिलो भएमा वा सामान हराएमा यात्रुले क्षतिपूर्ति वापत पैसा पाउ...
10/08/2026

नेपालको आन्तरिक उडानमा नयाँ नियम लागु हुँदै !

हवाइजहाज उडान ढिलो भएमा वा सामान हराएमा यात्रुले क्षतिपूर्ति वापत पैसा पाउने भएका छन् । सरकारले ल्याउन लागेको नयाँ विधेयकमा उडानमा ढिलाइ भएमा यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी यात्रुको ब्यागेज हराएमा ५०० डलर (७५ हजार रुपैंया) सम्म क्षतिपूर्ति दिनुपर्नेछ ।

उडान रद्द गर्नुपरेमा यात्रुलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने व्यवस्था पनि गरिएको छ । साथै हवाई यात्रा गर्दा यात्रुको मृत्यु भएमा १ लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने प्रावधान पनि यो बिधेयकमा राखिएको छ । यो नियम नेपालको आन्तरिक उडानमा लागु हुनेछ ।

ostकाठमाडौंमा ६ हजार भन्दा बढी ग्यास सिलिन्डर वितरण काठमाडौंमा सञ्चालित ५५ वटा ग्यास डिपोबाट ६ हजार २२८ सिलिन्डर ग्यास व...
09/08/2026

ost

काठमाडौंमा ६ हजार भन्दा बढी ग्यास सिलिन्डर वितरण

काठमाडौंमा सञ्चालित ५५ वटा ग्यास डिपोबाट ६ हजार २२८ सिलिन्डर ग्यास वितरण गरिएको छ । वितरण गरिएको ग्यासमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणलाई र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रतिष्ठानलाई वितरण गरिएको हो ।

खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाएको छ । ग्यासको वितरण प्रणालीलाई व्यवस्थित बनाउन डिपोहरूमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह मृत फेला ।तीन दिनदेखि बेपत्ता कपिलवस्तुको पूर्वमेयर किरण सिंह एक जङ्गलमा मृत फेल...
09/08/2026

तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह मृत फेला ।

तीन दिनदेखि बेपत्ता कपिलवस्तुको पूर्वमेयर किरण सिंह एक जङ्गलमा मृत फेला परेका छन् ।

प्रशासन र प्रहरीद्वारा ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन ।खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीद्वार...
09/08/2026

प्रशासन र प्रहरीद्वारा ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन ।

खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीद्वारा ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्या...
09/08/2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरु।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ ।

राजनीतिक ध्रुवीकरण: आठ दलीय अग्रगामी मोर्चा ।
08/08/2026

राजनीतिक ध्रुवीकरण: आठ दलीय अग्रगामी मोर्चा ।

हेटौंडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु ।वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु गरि...
08/08/2026

हेटौंडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु ।

वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा सफल परीक्षण उत्पादन सुरु गरिएको छ । बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?                     - प्रधानमन्त्री बालेन ।वर्षौंदेखि बन्द रहे...
08/08/2026

राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?
- प्रधानमन्त्री बालेन ।

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।

हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।
***n

'विरुपाक्ष’ अर्थात  ‘कलिको मुर्ति’पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कल...
08/08/2026

'विरुपाक्ष’ अर्थात ‘कलिको मुर्ति’

पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ति’ को रुपमा लिने गरिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानव स्वरुप मानिन्छ तर पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् ।

जनश्रुतिहरुका अनुसार यो मुर्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ । जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । अर्थात यो मूर्ति पूर्ण रुपमा बाहिर निस्किएपछि कलियुगको अन्य हुने विश्वास गरिन्छ ।

कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ तर पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्ने बताउँछ ।

भाटभटेनी सुपर मार्केट अब २४ सै घण्टा खुला रहने !भाटभटेनी सुपर मार्केटले भक्तपुरस्थित आफ्नो शाखा २४ सै घण्टा सञ्चालन गर्न...
08/08/2026

भाटभटेनी सुपर मार्केट अब २४ सै घण्टा खुला रहने !

भाटभटेनी सुपर मार्केटले भक्तपुरस्थित आफ्नो शाखा २४ सै घण्टा सञ्चालन गर्ने भएको छ।

Address

Pulchowk
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Muluk Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Muluk Times:

Shortcuts

Share