Dr. Toshima Karki Secretariat

Dr. Toshima Karki Secretariat Doctor | General Surgeon | MD/MS
Health Awareness • Youth Empowerment • Digital Creator
(2)

दुःखद खबर: रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा चार वटा शव फेला परेका छन् ।यही भदौ १० गतेको बाढीमा परेर सुरङभित्र थुन...
16/09/2026

दुःखद खबर: रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा चार वटा शव फेला परेका छन् ।
यही भदौ १० गतेको बाढीमा परेर सुरङभित्र थुनिएका उनीहरूको २४ औं दिनमा बुधबार दिउँसो शव फेला परेको हो । नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २ वटा शव निकालिसकेको छ भने बाँकी २ वटा निकाल्ने क्रममा रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीका कारण सुरुङभित्र ६ जना पुरिएको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी राखिएको थियो।

16/09/2026

बाटो खुल्ला छ : बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्। ड्रोनबाट देखिएको अहिलेको दृश्य।
SOURCE: PMO NEPAL

आज ललितपुर महानगरपालिका वडा नं. १५ स्थित गणेश मन्दिरमा गणेश चतुर्थीको पावन अवसरमा आयोजित परम्परागत गणेश भगवानको खट जात्र...
15/09/2026

आज ललितपुर महानगरपालिका वडा नं. १५ स्थित गणेश मन्दिरमा गणेश चतुर्थीको पावन अवसरमा आयोजित परम्परागत गणेश भगवानको खट जात्रामा सहभागी भई पूजा–आराधना गर्ने अवसर प्राप्त भयो।🙏हाम्रा मौलिक कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षण एवं पुस्तान्तरणमा यस्ता जात्राले महत्वपूर्ण भूमिका खेल्दछन्।
श्री गणेश भगवानको कृपा सबैमा रहोस्।🙏 #गणेशचतुर्थी #खटजात्रा #ललितपुर #वडा१५ #गणेशभगवान #हाम्रोसंस्कृति #हाम्रोसम्पदा

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–...
14/09/2026

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं पारिवारिक सुख–समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौ🙏 साथै यस पर्वले हाम्रो मौलिक संस्कृति र परम्परा लाई अझ सुदृढ बनाउँदै सम्पूर्ण नारीहरूको सम्मान, समानता र सशक्तीकरणमा थप प्रेरणा प्रदान गरोस्।

11/09/2026
11/09/2026

हामी गर्व गर्ने गर्थ्यो- नेपालमा संस्थागत प्रसुति निशुल्क छ । आमा सुरक्षा कार्यक्रम छ । मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ ।तर, गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडक पेटीमा एउटी आमाले बच्चा जन्माउनु परेको दृष्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ड कार्ड हामी सामु ल्याइदिएको छ । संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौं । सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक लेख्यौं । तर, कागजमा लेखिएको निशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक रुपमा पाउने वास्तविक सेवा यति ठूलो दूरी किन छ ? मेरा केही प्रश्न छन् । प्रष्ट प्रश्न छन् । प्रशव पीडामा महिला जो अस्पताल पुग्छिन् । उनको तत्कालै ट्रायाज र इमरेजेन्सी क्लिनिकल असिसमेन्ट सुरु गर्नुपर्छ । त्यो सुरु भयो कि भएन ? मटनल इभ्यालुएनस सुरु गरिनुपर्छ । लेवर पेनमा प्रशव पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर तपाईं कतै नजानुस् है, तपाईंको घर खुली सकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौं, कहीँ नजानुस्, गाह्रो भयो भने तत्काल हामीलाई खबर गर्नुस् है भन्नु पर्ने थियो । त्यो भनियो कि भनिएन ?

अनि अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला त्यो बिरामी त्यहाँबाट निस्किएर गयो भन्न पाउँछ ? अस्पताल पुगेकी बिरामीलाई सुरक्षित तरिकाले भर्ना गर्ने, ट्रान्सफोर्ड गर्ने जिम्मेवारी कसको हो ? रेगुलर असिसमेन्ट गर्दा बिरामी त्यो बेडमा नभएपछि उनलाई खोजी किन गरिएन ? अस्पतालमा फारम भर्दाखेरि फोन नम्बर राखिको हुन्छ । सम्पर्क किन गरिएन ? लड्यो कि ? केही भयो कि ? किन आत्तिने काम भएन ? त्यहाँ किन खोजी गरिएन ? भने पछि हाम्रो इमरजेन्सी मोनिटरिङ सिस्टम कस्तो छ ?

ब्लड टेस्टको लागि पैसा छैन भनेपछि त्यहाँ तत्कालै सामाजिक सेजा इकाइ र आमा सुरक्षा कार्यक्रम किन एक्टिभेट भएन ? आमा सुरक्षा कार्यक्रम के बच्चा जन्माउनलाई फ्रि हो कि सम्पूर्ण स्वास्थ्य सेवाको लागि पनि त्यसले सहयोग गर्नुपर्छ ? हुन त स्वास्थ्य मन्त्रालयले यसको लागि अनुसन्धान अगाडि बढाइ सकेको छ । नेपाल मेडिकल काउन्सिलको टोली पनि पुगेको छ । तर, त्यो अनुसन्धान, त्यो छानबिन केवल को दोषी हो र के कारबाही हो मा सीमित नहोस् ।

भविश्यमा यस्ता घटना नदोहोरिने गरी समाधानका उपायहरू अघि बढाइयोस् । सभामुख महोदय, म यहाँ समस्यामात्र राख्न आएको होइन । समाधान पनि सुझाउन आएको छु । ‘नो डिइनायल इन लेवर प्राटोकल लागू गरियोस् । जसमा प्रसवमा आएकी गर्भवती महिलालाई तत्काल कुनै पनि बहाना नबनाइ, पैसा छ या छैन भन्ने नहेरिकन क्लिनिकल असिसमेन्ट सुरु गरियोस् । र सुरक्षित तरिकाले अस्पतालमा राखियोस् । आमा सुरक्षा कार्यक्रममा फ्रि डेलिभरी प्रसुति गराउनका लागि मात्र निशुल्क होइन, समग्र उपचारको लागि, स्वास्थ्य सेवाको लागि, औषधिको लागि, प्रसवको लागि, प्रसुतिको लागि कार्यक्रमलाई व्यवस्थित गरियोस् ।

आमा सुरक्षा कार्यक्रममा बच्चा जन्माउनका लागि मात्र निशुल्क होइन, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस् । आवश्यक संशोधन गरियोस् ।
प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाई चौबिसै घण्टा अलर्ट र एक्टिम राखियोस् भन्न चाहन्छु । गरिब बिरामीले कहाँ जाने ? कसलाई भन्ने ? कसरी पैसा जुटाउने ? ओज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफैं पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाउ भन्न चाहन्छु ।

अन्यमा प्रत्येक अस्पतालमा बिस्तृत मटरनल केयर अडिट राख्ने र त्यसको नियमन गर्ने र त्यसमा आवश्यक काम कारबाही अगाडि बढाउने व्यवस्था गरियोस् । कति जना सुत्केरी भए, कहाँ पठाइयो, कति जनाको अप्रेसन भयो मात्र होइन, कुन बेला बिरामी आयो, ट्रायज भयो कि भएन, कति बेला इन्टरभेन्सन गरियो, अप्रेसन गरियो कि गरिएन, डिले कहाँ भयो, फाइनाइन्सियल बर्डन थियो कि थिएन र त्यसमा के गरियो भन्नेसम्मको अडिट राखियोस् भन्न चाहन्छु ।

राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन, तर राज्यको सेवा बबितासम्म पुगेन । म आग्रह गर्न चाहन्छु– बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलेउ बबिता, म तिम्रो साथमा छु । तिमीलाई केही पनि हुँदैन बबिता ,राज्य तिम्रो साथमा छ ।

ललितपुरमा बीर जेन्जी शहिद "बिनोद महर्जन"को शालिक स्थापना।यस पावन कार्यका लागी जुट्नुभएका सबैलाई धन्यवाद। सम्पूर्ण शहिदहर...
09/09/2026

ललितपुरमा बीर जेन्जी शहिद "बिनोद महर्जन"को शालिक स्थापना।यस पावन कार्यका लागी जुट्नुभएका सबैलाई धन्यवाद।
सम्पूर्ण शहिदहरु प्रति शिर झुकाएर हार्दिक श्रद्दा सुमन अर्पण गर्दछु।हामी सुशासन स्थापित गरेरै छाड्नेछौँ। तपाईहरुको बलिदान बिर्सने छैनौँ। बिर्सन दिने छैनौँ।

आज भदौ २३, Gen-Z शहीद स्मृति दिवस।एक वर्षअघि आजको दिन युवाहरूले मुलुकमा सुशासनका लागि सडकमा उत्रिँदा इतिहासको एउटा महत्व...
08/09/2026

आज भदौ २३, Gen-Z शहीद स्मृति दिवस।
एक वर्षअघि आजको दिन युवाहरूले मुलुकमा सुशासनका लागि सडकमा उत्रिँदा इतिहासको एउटा महत्वपूर्ण अध्याय लेखियो। Gen-Zआन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
आजको दिन केवल सम्झिने दिन मात्र नभई, उहाँहरूले उठाएका प्रश्न र देखाएको साहसलाई सम्झिँदै अझ न्यायपूर्ण, जवाफदेही र सुशासित समाज निर्माण गर्ने संकल्प गर्ने प्रतिक हो।
Gen-Z योद्धाहरूकाे आवाज र बलिदान सधैँ सम्झनामा रहिरहोस्।
शहीदहरूको सपना साकार पार्ने हामी सबैको जिम्मवारी हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  हार्दिक श्रद्धा सुमन।
08/09/2026

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन।

राष्ट्रिय शोक!यस विनाशकारी विपत्तिमा अमूल्य ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। वेपत्ता हुनुभएका नागरि...
07/09/2026

राष्ट्रिय शोक!
यस विनाशकारी विपत्तिमा अमूल्य ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। वेपत्ता हुनुभएका नागरिकहरूप्रति गहिरो सम्मान तथा शीघ्र खोजी र सकुशल उद्धारको कामना गर्दछु। घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना।

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Dr. Toshima Karki Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr. Toshima Karki Secretariat:

Shortcuts

Share