20/06/2026
“भगवान् मौन रहनुभयो।”
भगवान् बुद्ध केही प्रश्नहरूमा जानाजानी “थाहा नभएकाले” नभई, ती प्रश्नहरूले दुःखको अन्त्य (dukkha-nirodha) तर्फ नपुर्याउने, उपयोगी नभएकाले” मौन रहनुभयो।
जसरि कसैलाई विष लागेको बाण लागेको छ भने उसले “बाण कसले हानेको?”, “कुन जातिको थियो?”, “कुन काठको धनुष थियो?” जस्ता प्रश्नको उत्तर नपाएसम्म उपचार नगर्ने हो भने ऊ मर्छ।
त्यसैगरी, जन्म, जरा, रोग, मृत्यु र दुःखको समस्या समाधान गर्नु महत्त्वपूर्ण छ; ब्रह्माण्डसम्बन्धी अनुमानहरू होइन।
१० अव्याकत विषय हरू
१. संसार शाश्वत छ?
२. संसार अशाश्वत छ?
३. संसार सीमित छ?
४. संसार असीमित छ?
५. जीव र शरीर एउटै हुन्?
६. जीव र शरीर फरक हुन्?
७. तथागत मृत्यु पछि रहन्छन्?
८. तथागत मृत्यु पछि रहँदैनन्?
९. तथागत मृत्यु पछि दुवै रहन्छन् र रहँदैनन्?
१०. तथागत मृत्यु पछि न रहन्छन् न रहँदैनन्?
यो मौनता कुनै रहस्यवाद वा अन्योल होइन। बुद्धको दृष्टिमा प्रश्नको मूल्य यसले निर्धारण गर्थ्यो:
“Nibbānāya saṃvattati vā no vā?”
“के यसले निर्वाणतर्फ लैजान्छ कि लैजाँदैन?”
यदि उत्तरले मुक्ति (vimutti) मा सहयोग गर्दैन भने बुद्ध त्यसमा प्रवेश गर्नुहुन्नथ्यो।