09/01/2026
गोदावरी नगरपालिका र B&B Hospital बीच स्वास्थ्य सेवामा सहकार्यका लागि सम्झौता (MOU) हस्ताक्षर ✍️
यस सम्झौताअनुसार गोदावरी नगरपालिकाका बासिन्दाहरूले B&B Hospital मा उपचार सेवामा विशेष सहुलियत प्राप्त गर्न सक्नुहुनेछ।
🔹 अस्पताल सेवा (आन्तरिक तथा बाह्य रोगी):
कुल बिलमा २०% छुट (अधिकतम १५ लाख रुपैयाँसम्म)
🔹 फार्मेसी औषधि:
कुल बिलमा १५% छुट
📌 महत्वपूर्ण शर्तहरू लागू हुनेछन्।
छुट सुविधा गोदावरी नगरपालिकाका बासिन्दाहरूका लागि मात्र मान्य हुनेछ र आधिकारिक परिचयपत्र अनिवार्य हुनेछ। केही सेवाहरू तथा प्याकेजहरूमा छुट लागू नहुने जानकारी समेत समावेश गरिएको छ।
👉 यस सुविधाका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
स्वास्थ्य सेवामा पहुँच र सहुलियत विस्तारतर्फ एक महत्वपूर्ण कदम 🙏