Janata ko Awaj

Directions

Janata ko Awaj Like us to get every news instantly

ANVIKSHA : यसको अर्थ अन्वीक्षण, खोज वा गम्भीर तलास हुन्छ। नेपाल भारत सम्बन्ध साथै भूराजनीतिलाई एक चरण अन्वीक्षा आवश्यक छ...
25/08/2026

ANVIKSHA : यसको अर्थ अन्वीक्षण, खोज वा गम्भीर तलास हुन्छ। नेपाल भारत सम्बन्ध साथै भूराजनीतिलाई एक चरण अन्वीक्षा आवश्यक छ। यस बिशेष कार्यक्रमको एक सत्रमा म पनि वक्ताको रूपमा रहने छु। आयोजक NDTV world लाई आभार र ईच्छुकलाई निम्तो। जय होस।

25/06/2026
25/06/2026

रा स्व पा को पहिलो राष्ट्रिय महाअधिवेशनको पहिलो सत्रको चुनाव सम्पन्न भएको छ। चुनावमा सहभागी तथा उम्मेदवारहरूलाई धन्यवाद।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो महाधिवेशन मा उम्मेदवारी मनोनयन हुँदै गर्दा, पार्टीको संगठनात्मक म...
23/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो महाधिवेशन मा उम्मेदवारी मनोनयन हुँदै गर्दा, पार्टीको संगठनात्मक मेरुदण्ड मानिने महामन्त्री पदका लागि मनिष झा बलियो र सर्वस्वीकार्य नामका रूपमा अगाडि आएका छन्।

सदनमा नागरिकका मुद्दालाई प्रखर रूपमा उठाउने एक अनुभवी सांसद (Seasoned parliamentarian) को पहिचान बनाएका झा, देशको विद्यमान राजनीतिक परिदृश्यमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता (Zero tolerance for corruption) र स्वच्छ छवि (Clean image) भएका निष्ठावान नेता हुन्। उनको बौद्धिक व्यक्तित्व र संवैधानिक अभ्यासहरूमा अनुसन्धानमा आधारित दृष्टिकोण (Research-based approach) ले पार्टीलाई नीतिगत रूपमा झनै परिपक्व, सुदृढ र दुरदर्शी बनाउने विश्वास गरिएको छ।

राजनीतिमा स्पष्ट विचार र तार्किक क्षमता राख्ने झा पार्टीभित्र र बाहिर सबै पुस्ता, भूगोल र विचारलाई जोड्न सक्ने एक साझा अनुहार (Common face) हुन्। कुशल सञ्चार कौशल, उच्च राजनीतिक सुझबुझ र संकटमा सही निर्णय लिन सक्ने क्षमता भएका उनले आफूलाई एक सक्षम प्रशासक र सहजकर्ता (Able administrator & facilitator) प्रमाणित गरिसकेका छन्। कार्यकर्तामुखी भावना र भुइँमान्छेका समस्या बुझ्ने उनको शैलीले संगठनमा ऊर्जा थपेको छ।

उनी केबल नीतिगत कुरामा मात्र सीमित नभई संगठनको जग बलियो बनाउन अहोरात्र खटिने भुइँतहका सारथी हुन्। देशैभरिका आम कार्यकर्ता र शुभचिन्तकहरूको भावनालाई समेट्दै, पार्टीभित्र आन्तरिक सद्भाव र एकता कायम राख्न सक्ने उनको समन्वयकारी भूमिका उदाहरणीय छ। युवा पुस्ताको आकांक्षा र परिपक्व राजनीतिको सन्तुलन मिलाउन सक्ने अद्वितीय क्षमता नै उनको सबैभन्दा सबल पक्ष हो।

रास्वपालाई जगैदेखि बलियो बनाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र नवप्रवर्तनकारी नेतृत्व प्रदान गर्न सक्ने खुबी भएकै कारण उनी यस ऐतिहासिक महाधिवेशनमा महामन्त्री पदका लागि प्रमुख दाबेदार (Front runner) का रूपमा उभिएका छन्। मनिष झाको यो सबल नेतृत्वले रास्वपाको 'वैकल्पिक राजनीति' र सुशासनको एजेन्डालाई थप उचाइमा पुर्‍याउने निश्चित छ।

29/04/2026

आज बसेको संसदिय दलको अनौपचारिक बैठकको छलफलमा सभापतिज्यूको सुझाव र निर्देशन:
१) सांसद र मन्त्री बिच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।
२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।
३) "मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।"
४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासो वारे हुदै गरेको काम कारवाही वारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ।
५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो। तर त्यो क्रममा आफै कानून बन्न खोज्ने हैन।
६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको बिभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।
७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुदै काम गर्दैछौ।
८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपुर्वक लाग्न सबैलाई अनुरोध छ।
९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन। सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर "भोट बैंक" को राजनीति गर्नु गलत हो।
१०) अध्यादेशको वारेमा: बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदिय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। बिगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौ, ईमानदार भएर बढ्यौ।
११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।
१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्जस वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधै उपलब्ध छु। सधै बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

फलफूल तथा तरकारी व्यवसायीहरुको सहजता र व्यवसायिक विकासलाई ध्यानमा राख्दै हाम्रो विशेष पहलमा "जनकपुर फलफूल तथा तरकारी व्य...
03/04/2026

फलफूल तथा तरकारी व्यवसायीहरुको सहजता र व्यवसायिक विकासलाई ध्यानमा राख्दै हाम्रो विशेष पहलमा "जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघ" का लागि गुठी संस्थानले जनकपुरधाम-१२ मा जग्गा उपलब्ध गराउने भएको छ।

चलचित्र दिमाग खराब को विशेष प्रदर्शननीलम टाकिज, कदम चौकशो समय: १२, ३ र ६ बजे प्रवेश निःशुल्क — आउनुहोस्, रमाइलो गरौँ!   ...
01/03/2026

चलचित्र दिमाग खराब को विशेष प्रदर्शन
नीलम टाकिज, कदम चौक
शो समय: १२, ३ र ६ बजे
प्रवेश निःशुल्क — आउनुहोस्, रमाइलो गरौँ!

नुक्कड नाटक कार्यक्रममिति: १७ गते, आइतबारसम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा।
28/02/2026

नुक्कड नाटक कार्यक्रम
मिति: १७ गते, आइतबार

सम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा।

28/02/2026

अबकी बार बलेन सरकार | जय घण्टी 🔔
धनुषा: ३ मनीष झा ,प्रतिनिधि सभा सदस्य उम्मेदवार

Address

Ekantakuna
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Janata ko Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share