Access Media Pvt. Ltd.

Access Media Pvt. Ltd. For All For Ever For News & Events:
Call us at 9851169768,
For Advertisement:
Call us at 9851169768
[email protected]

09/07/2022

श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका...

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी  गम्भीर घाइते भएका छ...
29/06/2022

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्। रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले दिउँसो करिब साढे ३ बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो। स्कुल छुट्टी भएपछि विद्यार्थी बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रङ्गेली–७ का महादेव मण्डलका ४ वर्षीय छोरा रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो।...

https://easykhabar.com/?p=10166

मोरङको रङ्गेलीमा मङ्गलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ।अर्का एक विद्यार्थी गम्भीर घाइ...

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौँ आउनुअघि उ...
26/06/2022

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौँ आउनुअघि उहाँ नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नुभएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको दुतावासले जनाएको छ । यसअघिका भारतीय राजदूत विनयमोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।

https://easykhabar.com/?p=10162

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । काठमाडौ....

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताए...
26/06/2022

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे । उनले भने–‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन् । यदि अहिले ल्याएको नागरिकतासम्बन्धी विद्येयक पारित गराउने हो भने नेपालका जनता चाहीँ अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल आएकाहरु बहुमतमा हुनेछन् । हामीले यो कुरा फिजीमा देखेका छौं । नागरिकतासम्बन्धी पटक–पटक सर्वोच्चले पनि निर्णय गरेको छ । सत्ता स्वार्थलाई पूरा गर्नको लागि यस्तो काम गर्नुहुँदैन् । ०७२ को संविधानमा केही त्रुटि भएको भएपनि त्यसलाई सच्याएर जानुपर्छ । वैवाहिक अंगिकृतका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था पारित गर्नुहुन्न । यो हाम्रो पार्टीको माग हो ।’...

https://easykhabar.com/?p=10159

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढा....

26/06/2022

सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।...

https://easykhabar.com/?p=10155

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथ...
25/06/2022

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

https://easykhabar.com/?p=10153

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग .....

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्र...
25/06/2022

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई उक्त कलेजमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कलेजको कार्यालय भरतपुर महानगरपालिका-१० चितवनमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह र चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक प्रो.डा. दयाराम लम्सालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।...

https://easykhabar.com/?p=10150

नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज भरतपुरबीच बहालवाला प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु त.....

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ ।...
25/06/2022

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गर्नुभएको हो । सभामा महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गर्नुभएको थियो । त्यस अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव लोकनाथ पौड््यालसहित नगर सभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।...

https://easykhabar.com/?p=10146

आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भए...

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै तत्कालको ला...
24/06/2022

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै तत्कालको लागि हिज्जे, नागरिकता नम्बर, ठेगाना, जन्ममिति, मोबाइल नम्बर, बाबुको नाम, बलाद ग्रुप, जारी मिति, नबिकरण मिति अर्को सूचना नभएसम्मको लागि नसच्याउने बताएको छ ।

https://easykhabar.com/?p=10143

सवारीचालक अनुमतिपत्रको विवरण सच्याउन बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै त...

Address

Patan
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Access Media Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Access Media Pvt. Ltd.:

Share