Christian Media Society - CMS

Christian Media Society - CMS नेपाली ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूको एकमात्र आधिकारीक साझा संगठन CMS .

प्रेस विज्ञप्ती
17/07/2025

प्रेस विज्ञप्ती

03/05/2025

सिएमएसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न ।
बैशाख २०, ललितपूर ।

ख्रीष्टियन मिडिया सोसाईटी नेपालको हालै सम्पन्न सभाद्धारा निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । यहि मिति २०८१ चैत्र ९ गते सम्पन्न संस्थाको सभाद्धारा पत्रकार विश्वास थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । कार्यसमिति गठनपछि बसेको पहिलो बैठकले विभिन्न निर्यण गरेको अध्यक्ष थापाले बताउनुभयो ।
बैठकले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिनुभएको निवर्तमान कार्यसमिति लगायत सम्पूर्ण अग्रजहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो आगामी कार्ययोजना र रणनीतिका बारेमा समेत छलफल गरेको संस्थाका सचिव गोविन्द कामीले बताउनुभयो ।
शनिवार सम्पन्न बैठकले तत्काल कायम रहेको ७ सदस्यीय कार्यसमितिलाई बढाएर ११ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । जसमा सहसचिवमा पुजा सुनुवार, सह कोषाध्यक्षमा सरिता नेपाली र सदस्यहरुमा अस्मिता विश्वकर्मा र बबिता रोकायालाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा पत्रकार महासंघ काठमाण्डौंका सदस्य अंकध्वज मतेलाई चयन गरेको छ ।
संस्थाले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धीका कार्यक्रमहरु, मिडिया मिसन सम्बन्धि तालिम, देशव्यापी सञ्जाल विस्तार र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सञ्जालमा जोडिएर अघि बढ्ने जस्ता विविध रणनीतिका बारेमा छलफल गरेको बताईएको छ ।
ख्रीष्टियन पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित ख्रीष्टियन मिडिया सोसाईटीले आगामी दिनमा मण्डलीमाथि आउने सतावटका विरुद्धमा पत्रकारीताको माध्यमबाट शसक्त ढंगले कादम चाल्ने समेत प्रतिवद्धता व्यक्त गरेको संस्थाका अध्यक्ष विश्वास थापाले बताउनुभयो ।
साथै उक्त बैठकले संस्थाको साधारण सदस्यको सदस्यताको लागि ईच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरेको छ ।

28/03/2025
ख्रीष्टियन मिडिया सोसाइटीको अध्यक्षमा विश्वास थापा
22/03/2025

ख्रीष्टियन मिडिया सोसाइटीको अध्यक्षमा विश्वास थापा

चैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ । सिएमएसको आज सम्पन्न सा.....

सिएमएस को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन ।
22/03/2025

सिएमएस को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन ।

Shareचैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ। सिएमएसको आज सम्पन्न स....

सिएमएस को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन । चैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ ...
22/03/2025

सिएमएस को नयाँ कार्य समिति गठनः अध्यक्षमा थापा चयन ।

चैत ९,काठमाडौं । ख्रीष्टियान मिडिया सोसाईटी नेपाल (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ। सिएमएसको आज सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। विश्वास थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसमा अध्यक्षमा विश्वास थापा, उपाध्यक्षमा कुमार अब्राहम, सचिवमा गोविन्द कामी, कोषाध्यक्षमा निगम सुन्दास र सदस्यहरूमा अजय कार्की, नहुम गाहा र संजय बर्मा रहेका छन् ।
देशभरीका ख्रीष्टियान पत्रकारहरुको साझा संगठन सिएमएसको नयाँ कार्यसमिति अध्यक्षमा सर्वसम्मत चयन भएका पत्रकार विश्वास थापाले आगामी दिनमा समग्र ख्रीष्टियन समुदायको आवाज सशक्त ढंगले उठाउने र संगठनलाई अझ सवल बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सचिव गोविन्द कामीले आगामी दिनमा अल्पसंख्यक ख्रीष्टियन समुदायको अधिकारका पक्षमा आफु संगठनमा रहेर अझै सशक्त ढंगले आवाज उठाउने बताउनुभयो ।
देशभरीका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्न, एकतामा रही साझा आवश्यकताहरूको सवालमा मिलेर काम गर्न, ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्नको लागि वि.सं.२०७३ सालमा ख्रीष्टियन मिडिया सोसाइटीको स्थापना गरिएको थियो ।

Good News: काभ्रेमा  ३ जना पास्टरको संयुक्त नाममा रहेको नवजीवन चर्चको जग्गालाइ ' सार्वजनिक धार्मिक गुठीमा' दर्ता गराइ चर...
13/09/2024

Good News: काभ्रेमा ३ जना पास्टरको संयुक्त नाममा रहेको नवजीवन चर्चको जग्गालाइ ' सार्वजनिक धार्मिक गुठीमा' दर्ता गराइ चर्चको सम्पत्ति सुरक्षा गरेर उहाँहरूले उदाहरणीय कार्य गर्नुभएको छ ।

नेपालको संविधान धारा २६ को २ अधिकारलाई प्रयोग गर्दै आफ्नो आस्था अनुसारको गुठी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था बन्यो । मुलुकी देवानी संहिता २०७४ को गुठि सम्बन्धि व्यवस्था गरेको छ । त्यहि देवानी संहिताको परिच्छेद ६ मा गुठी सम्बन्धी व्यवस्था बमोजिमको गुठी दर्ता गर्न नेपाल सरकारबाट २०७७ दर्ता गर्ने प्रावधान बनेको छ । “गुठी दर्ता सम्बन्धी निर्देशन २०७७ ” ७७ जिल्लाको मालमोत कार्यलयका अधिकृतहरूमा निर्देशन जारिएको छ । त्यसै अनुरूप नेपालमा भएका चर्चहरू सार्वजनिक गुठीमा गएर सम्पूर्ण सम्पत्तीको सुरक्षा गर्न सकिन्छ ।

“गुठी दर्ता सम्बन्धी निर्देशन २०७७ ” पढ्न यहाँ थिच्नुहोस् ।
https://drive.google.com/file/d/1Kaz2QxTm3pyE6bGW2oMjtuhuvO5tG0wR/view

फ्याक्ट चेकिङमा रुचि छ? ट्रेनिङको अवसर खुलेको छ। यसमा सहभागी हुन पत्रकार नै हुनुपर्छ भन्ने पनि छैन। कृपया फाराम भर्नु अघ...
15/08/2024

फ्याक्ट चेकिङमा रुचि छ? ट्रेनिङको अवसर खुलेको छ। यसमा सहभागी हुन पत्रकार नै हुनुपर्छ भन्ने पनि छैन।
कृपया फाराम भर्नु अघि यो लिङ्कमा क्लिक गरी सबै विवरण राम्रोसँग पढ्नु होला: bit.ly/factcheck24

गोर्खे खबर कागत्’ मासिक पत्रिका – दार्जिलिङबाट सन् १९०१ , १ जनवरीपादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘ ग...
04/07/2024

गोर्खे खबर कागत्’ मासिक पत्रिका – दार्जिलिङबाट सन् १९०१ , १ जनवरी
पादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘ गोर्खे खबर् कागत्’ पत्रिका नेपालको ‘ गोरखापत्र ‘ भन्दा ४/५ महिनाले जेठो छ।

SEE र +2 दिएर बसेका भाइबहिनीहरूको सिपमुलक क्षमता विकासकोलागि 5 दिने RJ/ VJ तालिम हुने भएकाले  SEE तथा +2 दिएका भाइबहिनीह...
06/06/2023

SEE र +2 दिएर बसेका भाइबहिनीहरूको सिपमुलक क्षमता विकासकोलागि 5 दिने RJ/ VJ तालिम हुने भएकाले SEE तथा +2 दिएका भाइबहिनीहरूले सम्पर्क गर्नुहोला ।
Christian Media Society

विश्व प्रेस स्वतन्त्रता दिवस ( मे ३ ) को अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तरलागि पर्नु हुने संचारकर...
03/05/2023

विश्व प्रेस स्वतन्त्रता दिवस ( मे ३ ) को अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तरलागि पर्नु हुने संचारकर्मीहरुमा हार्दिक शुभकामना ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Christian Media Society - CMS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Christian Media Society - CMS:

Share