SapsuNews Daily

11/05/2026

“श्रम संस्कृति पार्टीमा प्रवेश गर्दा Sudan Kirati को पूरा भाषण”

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङमा पहिलो पटक धुले सडक पुगेको सुखद सूचना श्रम संस्कृति पार्टीका श्रमदाताहरूले दिएका...
10/05/2026

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङमा पहिलो पटक धुले सडक पुगेको सुखद सूचना श्रम संस्कृति पार्टीका श्रमदाताहरूले दिएका छन्। यो महत्वपूर्ण कामको नेतृत्व नेपाली सेनाले गरेको हो। काम सुरु भएपछि सोचेभन्दा छिटो सम्पन्न भएको देख्दा स्थानीयवासी अत्यन्त खुसी भएका छन्।
यो दुर्गम क्षेत्रमा नेपाली सेना सीमाको सुरक्षा मात्र होइन, बाटो निर्माण जस्ता विकासका काममा पनि निरन्तर खटिरहेको छ। राष्ट्रप्रेम, अनुशासन र श्रमदानको भावनाका कारण स्थानीय गाउँलेहरूले नेपाली सेनाप्रति सम्मान व्यक्त गरेका छन्।

लामो समयदेखि रोकिएर बसेका कामहरूमा श्रम संस्कृति पार्टी जुलुङ्गे पुल निर्माण अभियानसहित प्रवेश गरेपछि स्थानीयदेखि केन्द्रीय नेतासम्मको ध्यान तानिएको अवस्था छ। अहिले सडक, राष्ट्रिय प्रसारण लाइन, नेटको एन्टेना लगायतका विकास निर्माणका कामहरू दार्चुलाभर तीव्र गतिमा अगाडि बढिरहेका छन्।

जय देश, जय श्रम, जय विकास 🇳🇵

श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ले आज २६ वैशाखमा हेटौंडा, मकवानपुर र चितवनका विभिन्न सुकुम्बासी बस्ती तथा च...
09/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ले आज २६ वैशाखमा हेटौंडा, मकवानपुर र चितवनका विभिन्न सुकुम्बासी बस्ती तथा चोक–चोकमा पुगेर सुकुम्बासी जनताका माग र समस्या सुन्नुभयो ।

चितवनका अशोक शर्मा, भूमिहीन अभियन्ताले काठमाडौंमा B***n Shah ले आफ्नो इगोका कारण सुकुम्बासी बस्ती हटाएको कुरा खुलाउनुभयो । उहाँका अनुसार उक्त कुरा Rabi Lamichhane ले बताउनुभएको थियो ।

उहाँसहित अधिकांश वक्ताहरूले प्रधानमन्त्री र बालेनको राजीनामाको माग गर्दै सुकुम्बासी बस्ती हटाएर कुकुर डुलाउने पार्क बनाउन नदिने जिकिर गर्नुभयो । साथै Rabi Lamichhane ले चुनाव धाँधली गरेर जितेको आरोपसमेत लगाइयो । “परेको बेला छाती थाप्न खोइ आएको ?” भन्ने प्रश्नसमेत उठाइएको थियो । कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरू B***n Shah र सरकारप्रति आक्रोशित देखिएका थिए ।

09/05/2026

सुकुम्बासी बचाउ अभियन्ताले “सुकुम्बासी बस्ती हटाएर कुकुर डुलाउने पार्क बनाउन दिँदैनौँ” भन्दै सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउनु भयो ।

09/05/2026
09/05/2026

मकवानपुर मनोहरामा Harka Sampang ज्यूलाई सुकुम्बासीहरूले बाटो छेकेर भव्य स्वागत गर्दै आफ्ना समस्या तथा पीडा सुनाएका छन् । श्रम संस्कृति पार्टीप्रति आशा र भरोसा व्यक्त गर्दै सुकुम्बासीहरूले आफ्नो आवाज बुलन्द गरेका हुन् ।

09/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ज्यूले हेटौंडाको बुद्धचोकमा बुद्धको मूर्तिमुनि बसेर सुकुम्बासीहरूको आवाज संसदसम्म उठाउने प्रण गर्नुभयो ।

आदिवासी कानुन व्यवसायीको अन्तरक्रियात्मक संवाद सम्पन्नआदिवासी कानुन व्यवसायी संघले एकदिवसिय उदेश्य, कार्ययोजना अन्तरक्रि...
03/07/2024

आदिवासी कानुन व्यवसायीको अन्तरक्रियात्मक संवाद सम्पन्न
आदिवासी कानुन व्यवसायी संघले एकदिवसिय उदेश्य, कार्ययोजना अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

संघले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका-३ स्थित नेचुरल भ्यु रिसोर्टमा आयोजना गरेको कार्यक्रममा संघको अध्यक्ष अधिवक्ता परिर्वतन राईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा संघले न्यायपालिकामा पुणर् समावेशिता लागु गर्नको लागि राज्यलाई दबाब सिर्जना गर्ने, राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा संस्थालाई परिचत गराउने , देशभर आदिवासी कानून व्यवसायीहरुको संजाल खडा गर्ने, आर्थिक स्रोत जुटाउने र नव आगन्तुक कानून व्यवसायीहरुलाई पेशामा दक्ष बनाउन तालिम दिने उल्लेख गरिएको छ ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै अधिवक्ता डा.शान्तीदेवि राईले आर्थिक स्रोत जुटाएर संस्थालाई सक्षम र सबल बनाउदै लैजाउनु पर्ने र राज्यले आदिवासीहरुको धर्म, संस्कार संस्कृति माथी दमन, विभेद गरेकाले त्यसको प्रतिकारको लागि सबै आदिवासीहरु एकजुट हुनु पर्ने बताईन् । त्यसैगरी अधिवक्ता किवाहाङ राईले राज्यले व्यवस्था गरेको आदिवासीहरुको कोटा गैरआदिवासीहरुले उपभोग गरेको भन्दै राज्यले छुट्याएको समानुपातिक समावेसी कोटा आदिवासीहरुले मात्रै उपभोग गर्न पाउनु पर्ने बताए । उनले आदिवासीको नाममा कोटा उपभोग गरिरहेका गैरआदिवासीलाई हटाउनु पर्ने बताए ।

त्यसैगरी अधिवक्ताहरु जुजुकाजी महर्जन, अनिता महर्जन, दिपक राई नागेश्वर प्रसाद चौधरी, सन्जीवकुमार लामा, महेन्द्र राई, दिलकुमार साम्बाहाम्फे, अशोक राई लगायतले कार्यपत्र माथी टिप्पणी गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष श्रवण कुमार चौधरीले व्यक्त गरेका थिए भने कार्यक्रमको समापन संघको महासंचिव नरेश कुमार श्रेष्ठले गरेका थिए ।

Address

Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when SapsuNews Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SapsuNews Daily:

Shortcuts

Share