Sajha Wave

Sajha Wave Welcome to Sajha Wave. the voice of your time.

06/08/2026

सरकार ले नयाँ तलबमान सार्बजनिक गरेको छ

04/08/2026

गोकर्णेश्वर नगरपालिका माकलबारी कोरिडर क्षेत्रमा सेनाको कार्यालय रहेको ठाउँमा सांसद राजुनाथ पाण्डेले क्याप्टेनलाई गरेको व्यवहारमा पूर्व सेनानी नवराज घिमिरे भन्नुहुन्छ

सार्वजनिक निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई तोकिएको पोशाक र परिचयपत्र अनिवार्य प्रयोग गर्न  भूमि व्यवस्था तथा सहका...
16/07/2026

सार्वजनिक निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई तोकिएको पोशाक र परिचयपत्र अनिवार्य प्रयोग गर्न भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को परिपत्र ।

सम्पति जाँचबुझ आयोगले आफ्नो कार्य स्थगित गरेको छ।
16/07/2026

सम्पति जाँचबुझ आयोगले आफ्नो कार्य स्थगित गरेको छ।

12/07/2026

ऋषि धमला ले छायाँ सरकार बनाउने , साउन को पहिलो हप्ता पछि "समाधान " कार्यक्रम चलाउने ।

महावीर पुन बाट अन्तर्वार्ता दिनुको प्रष्टीकरण सामाजिक सञ्जाल मार्फत अन्तर्वार्ता नदिने घोषणा गर्नु भएका मन्त्री महावीर प...
11/07/2026

महावीर पुन बाट अन्तर्वार्ता दिनुको प्रष्टीकरण
सामाजिक सञ्जाल मार्फत अन्तर्वार्ता नदिने घोषणा गर्नु भएका मन्त्री महावीर पुन ले अन्तर्वार्ता दिनुको कारण सामाजिक सञ्जाल मार्फत पुन :प्रष्ट्याउनु भएको छ ।उहाँ भन्नु हुन्छ " धेरै साथीहरुको सल्लाह सुझाबको बाबजुद पनि मैले सोसल मिडियाका भाईबहिनीहरुलाई किनअन्तरबार्ता दिने गर्थें भन्ने कुरा सुन्नुहोस् ।
१. मैले धेरै पहिले देखि नै भन्ने गरेको कुरा के थियो भने औंलामा गन्न सकिने केहि मिडियाकर्मीहरु बाहेक अधिकांश मिडियाकर्मी भाइबहिनीहरुको जागीर छैन । कोहि कोहि मिडियाकर्मीहरु पुगिसरी भएर रहरले त्यता तिर लागे होलान। अधिकांस मिडियाकर्मी भाईबहिनीहरु जागीर नभए पछि बाध्य भएर सोसल मिडियालाई आम्दानी गर्न विकल्पको रुपमा केहि कमाई हुन्छ कि भनेर अपनाएका हुन । अनि बिभिन्न रमाइलो सामाग्रीहरु राख्न सक्यो भने कम्तिमा पनि हरेक महिनामा २०, ३० हजार रुपैंया कमाइ पनि हुँदो रहेछ । मैले पनि झन्डै दुई बर्ष देखि मेरो मासिक खर्चको लागि त्यहि उपाय अपनाई रहेको थिएँ र सफल पनि भएको छु । त्यो भन्दा अगाडी बाँच्नको लागि एकदमै घनिष्ट साथीहरुले मलाई सहयोग गरेका हुन् भन्ने कुरा मैले बारम्बार सार्बजनिक रुपमा भनिरहेकै हो। अब मलाई साथीहरुको सहयोग जरुरी छैन । किन भने फेसबुक, युट्युब, ट्विटर जस्ता सोसल मिडियाहरु म सहित आम्दानीको श्रोत नभएको गरीब मिडियाकर्मीहरुको सहारा बनेका छन् ।
२. जीबनयापनको लागि म आफैले पैसा नहुँदा भोगेको दुख कष्ट र तीतो अनुभवको आधारमा मैले सबै भुक्का मिडियाकर्मी भाईबहिनीहरुलाई मानवताको नाताले हृदय देखि नै माया गरेको हो र उनीहरुलाई कुनै भेदभाव नगरिकन सार्बजनिक ठाउँहरुमा, बाटोमा, कार्यक्रम स्थलमा जहाँ र जहिले भेटे पनि उनीहरुको प्रश्नको उत्तर दिएकै हो । मन्त्रालयको मेरो आफिसमा आउन पनि उनीहरुलाई संधै खुला गरेकै हो। मैले उनीहरुको लागि पाँच दश मिनटको अन्तरवार्ता दिंदा उनीहरुले थोरै भए पनि पाकेट खर्च कमाउन सक्छन भने किन नबोलिदिने भनेर अन्तरबार्ता दिए कै हो । मैले अन्तरबार्ता दिने प्रमुख कारण नै यहि थियो । अनि उनीहरुको सोसल मिडिया पेजहरु मैले बेला बेलामा शेयर पनि गरि दिएकै हो ।
३. धरोधर्म र भगवान कसम यो कारण बाहेक मैले ति भाईबहिनीहरुलाई अन्तरबार्ता दिने अर्को कारण नै छैन । उनीहरुले मलाई ठुलो मान्छे बनाउँछन कि भन्ने कुनै आशा गरेकै होइन । यो कुरा मैले धेरै साथीहरुलाई बेलाबेलामा भनेकै हो । तर नतिजा उल्टो आयो । भयो के भने पंचतन्त्रको कथा अनुसार एउटा साधुले मर्न लागेको बाघको बच्चालाई पालेछ र पछि बाघ ठुलो भए पछि यसो भनेछ - '"गुणले गुण खान्छ अब म तँलाई खान्छु भनेर खाएछ।" तर कसैले खुट्टा तानेर रोक्न सक्ने व्यक्ति पटक्कै होइन म र मलाई कसैले ढाल्न सक्दैन ।
४. त्यो अन्तर्वार्ताको दिन पनि ट्राफिक दण्ड जरिवानाको बारेमा मलाई केहि थाहा छैन भनेर बोल्न इन्कार गरेको हो । ५० हजारको कुरा मैले उनीहरु बाट नै सुनेको हो । त्यो कुरा सुने पछि मैले ठट्टा जस्तै गरेर प्रतिक्रिया दिएको हो । दुर्भाग्यबस मैले बोलेको केहि दिन पछि नै त्यो दुखद घटना हुन्छ भन्ने के थाहा त ? दुष्ट मिडियाकर्मीहरु बाट मैले जीन्दगीमा ठुलो पाठ सिकें । त्यसैले अब फटाहा र बैगुनी मिडियाकर्मीहरु बाट म धेरै धेरै पर पन्छिएँ । मेरो कुरा बुझ्ने साथीहरु पनि पन्छिनु होस् । म मिडियामा नबोल्दा मलाई फिटिक्कै घाटा छैन । बरु घाटा मिडियाकर्मीहरुलाई नै हुन्छ । मिडियाकर्मी भाईबहिनीहरु, बाई बाई छ ल! टाटा!!
मृतात्माले शान्ति पाओस् र उनको परिवारलाई मैले पनि सोसल मिडिया बाट जुन महिनामा आएको पैसाले सहयोग गर्नेछु "।

11/07/2026

खाजा खाने, पैसा नदिने अनि हेल्मेट ले प्रहार गर्ने ।
कोहलपुर को एक खाजापसलमा दुई जना ग्राहक ले खाजा घर सञ्चालक लाई हेल्मेट प्रहार गरेर फरार भएका छन् ।

एक वर्ष सम्म अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा गणेश नेपाली को आत्मदाह घटना पछि मन्त्री महावीर पुन ले एक वर्ष सम्म अन...
11/07/2026

एक वर्ष सम्म अन्तर्वार्ता नदिने महावीर पुनको घोषणा
गणेश नेपाली को आत्मदाह घटना पछि मन्त्री महावीर पुन ले एक वर्ष सम्म अन्तर्वार्ता नदिने सामाजिक सञ्जाल मार्फत घोषणा गर्नु भएको छ ।उहाँ ले सामाजिक सञ्जाल मा लेख्नु भएको छ " केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरुलाई अन्तरवार्ता दिँदा रु. ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला " ।
केही दिन अगाडि मन्त्री पुन ले नेपाली हरु लाई तर्साउन मात्रै भए पनि ट्राफिक जरिवाना बढ्नु पर्ने भन्ने आशय को धारणा राखेको भनाई सार्वजनिक भएको थियो ।

21/06/2026

पार्टी महाधिवेशन मा प्रधानमन्त्री बालेन को भनाई ।
सरकार को कार्य शैली , विदेश नीति र आफ्नो राष्ट्रियता मा प्रश्न नगर्न आग्रह ।

Address

Bagmati Zone
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Wave posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share