Antenna Foundation Nepal

Antenna Foundation Nepal Antenna Foundation Nepal (AFN) is an independent media for development organization since 2002.

Antenna Foundation offers “one-stop servicing” for print, radio and television solutions. We help clients conceptualize; train; put in place pre-production information-peoples-structures; assure smooth and qualitative production; and assure best delivery and outreach.

22/01/2026

🪨 खानी छ, सम्भावना छ… तर व्यवस्थापन कहाँ चुक्यो?
नेपालमा ढुंगा, गिट्टी र बालुवाबाट 💰 ठूलो राजस्व सम्भव छ,
तर अव्यवस्थित उत्खननले 🌱 वातावरण र राज्य दुवैलाई क्षति पुर्‍याइरहेको छ।
समस्या के हुन्? समाधान के हुन सक्छ?
🎧 ‘दिगो राम्रो’ कार्यक्रममा सुन्नुहोस्।

19/01/2026

🏔️ नेपाल पर्यटन बोर्डले आरोहणका लागि खुला गरेका हिमालहरूको संख्या ४७६ पुगेको छ।
🌍 विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा हिमाल नेपालमै अवस्थित छन्।

📜 सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेसँगै नेपालमा व्यावसायिक हिमाल आरोहणको सुरुआत भएको हो।

💰 पछिल्लो समय सरकारले हिमाल आरोहणसम्बन्धी शुल्कसमेत बढाएको छ।

🎙️ पर्वतारोहणबाट प्राप्त रोयल्टीको बाँडफाँट र यसको व्यवस्थापनबारे सहकर्मी अञ्जु कार्कीको यो रिपोर्ट सुनौँ।

10/01/2026

यस हप्ता हामी प्राकृतिक स्रोत र यसको व्यवस्थापनबारे रोचक छलफल गर्दैछौँ।
छुटाउन नहुने एपिसोड! 🎧💧
🌱 दिगो राम्रो – एपिसोड ४८!
📅 २६ पुष २०८२, शनिवार
⏰ बिहान ७:३०–८:००
📻 देशभरिका एफ.एम. स्टेशनहरूबाट
💻 AFN को Facebook र YouTube मा पनि प्रत्यक्ष
👉 “दिगो राम्रो” सुन्न क्लिक गर्न नबिर्सनुहोला!

07/01/2026

🌍🌱 पर्यावरण अनुकूल पर्यटनको आकर्षण बढ्दै
प्रकृति 🌿, स्थानीय संस्कृति 🏡 र समुदायको संरक्षणलाई केन्द्रमा राखिएको पर्यटन नेपालमा लोकप्रिय बन्दै गएको छ। यस्तो पर्यटनले वातावरण जोगाउँदै दिगो विकास र राष्ट्रिय आम्दानीका नयाँ सम्भावना खोल्दैछ।
🎙️ एउटा रिपोर्ट – सहकर्मी माया कँडेल

03/01/2026

यस हप्ता हामी इको–टुरिजमको व्यवस्थापनबारे रोचक छलफल गर्दैछौँ।
छुटाउन नहुने एपिसोड! 🎧💧
🌱 दिगो राम्रो – एपिसोड ४७!
📅 १९ पुष २०८२, शनिवार
⏰ बिहान ७:३०–८:००
📻 देशभरिका एफ.एम. स्टेशनहरूबाट
💻 AFN को Facebook र YouTube मा पनि प्रत्यक्ष
👉 “दिगो राम्रो” सुन्न क्लिक गर्न नबिर्सनुहोला!

01/01/2026

📌 राष्ट्रिय गौरवका आयोजना : योजना ठूलो, प्रगति सुस्त
⚠️ जलविद्युत्, सिँचाइ र सडकजस्ता विकास निर्माणका आयोजना समयमै पूरा हुन सकेका छैनन्।
💸 तर कर संकलन भने नियमित छ।
❓ व्यवस्थापन कमजोर हुँदा विकास किन पछि पर्दैछ ?
🎙️ आरती कुँवरको रिपोर्टमा विस्तृत जानकारी।

31/12/2025

🌱 शान्ति नमूना माध्यमिक विद्यालय, तिलोत्तमा–रुपन्देहीले विद्यार्थीहरूलाई अर्गानिक गड्यौला मल उत्पादन गर्ने व्यावहारिक सीप सिकाउँदै आएको छ। यस पहलबाट विद्यार्थीहरू सीपयुक्त बनेका छन् भने विद्यालयले मल बिक्रीमार्फत आम्दानीसमेत गरिरहेको छ। सानो प्रयास भए पनि यसले अर्गानिक हरित अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। ♻️🌍

29/12/2025

ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको खानी रहेका विभिन्न जिल्लामध्ये धादिङ पनि एउटा हो ⛰️। यस्ता स्रोतको उचित व्यवस्थापन गर्न सके स्थानीय तह तथा प्रदेश सरकार दुवैले राम्रो राजस्व प्राप्त गर्न सक्छन् 💰। तर, व्यवस्थापनको साटो अव्यवस्थित, अवैधानिक र अनियन्त्रित उत्खनन भइरहेको छ 🚫⛏️।
यसका कारण स्थानीय बस्ती मात्र होइन, समग्र वातावरण नै गम्भीर जोखिममा पर्दै गएको छ 🌍⚠️। स्थानीय सरकारबाट एक्साभेटर जस्ता ठूला उपकरणको मनपरी प्रयोग, कमजोर अनुगमन र दीर्घकालीन योजनाको अभावका कारण 📉, पुस्तौंदेखि बसोबास गर्दै आएका स्थानीयहरू आफ्नै थातथलो छाड्न बाध्य हुने अवस्थासम्म पुगेका छन् 🏚️➡️।
यही विषयमा सहकर्मी बुना घिमिरेको यो रिपोर्ट अब सुनौँ 🎙️📻।
थप जानकारीका लागि रेडियो कार्यक्रम दिगो राम्रो एपिसोड ४५ सुन्नु होला।

27/12/2025

यस हप्ता हामी विकासका आयोजनाहरूको व्यवस्थापनबारे रोचक छलफल गर्दैछौँ।
छुटाउन नहुने एपिसोड! 🎧💧
🌱 दिगो राम्रो – एपिसोड ४६!
📅 १२ पुष २०८२, शनिवार
⏰ बिहान ७:३०–८:००
📻 देशभरिका एफ.एम. स्टेशनहरूबाट
💻 AFN को Facebook र YouTube मा पनि प्रत्यक्ष
👉 “दिगो राम्रो” सुन्न क्लिक गर्न नबिर्सनुहोला!

23/12/2025

ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको खानी रहेका विभिन्न जिल्लामध्ये धादिङ पनि एउटा हो ⛰️। यस्ता स्रोतको उचित व्यवस्थापन गर्न सके स्थानीय तह तथा प्रदेश सरकार दुवैले राम्रो राजस्व प्राप्त गर्न सक्छन् 💰। तर, व्यवस्थापनको साटो अव्यवस्थित, अवैधानिक र अनियन्त्रित उत्खनन भइरहेको छ 🚫⛏️।

यसका कारण स्थानीय बस्ती मात्र होइन, समग्र वातावरण नै गम्भीर जोखिममा पर्दै गएको छ 🌍⚠️। स्थानीय सरकारबाट एक्साभेटर जस्ता ठूला उपकरणको मनपरी प्रयोग, कमजोर अनुगमन र दीर्घकालीन योजनाको अभावका कारण 📉, पुस्तौंदेखि बसोबास गर्दै आएका स्थानीयहरू आफ्नै थातथलो छाड्न बाध्य हुने अवस्थासम्म पुगेका छन् 🏚️➡️।

यही विषयमा धादिङबाट सहकर्मी अर्जुन श्रेष्ठको एउटा रिपोर्ट अब सुनौँ 🎙️📻।
थप जानकारीका लागि रेडियो कार्यक्रम दिगो राम्रो एपिसोड ४५ सुन्नु होला।

Address

Afaldol, Damkal Sundarighat Marga(West), 559
Lalitpur
44700

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Telephone

+97715188560

Alerts

Be the first to know and let us send you an email when Antenna Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Antenna Foundation Nepal:

Share