TWR Women of Hope - Nepal

TWR Women of Hope - Nepal सञ्‍चारको माध्यमबाट "परमेश्वरको प्रेम र येशूमा भएको आशा" महिलाहरूमा पुर्‍याउदै।

27/08/2025

'कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। '
फिलिप्पी ४:६-७

13/08/2025
30/07/2025

साँचो शक्ति हाम्रो बलबाट होइन, परमेश्वरबाट आउँछ।

14/07/2025

अगाडि बढिरहनुहोस्। विश्वास गरिरहनुहोस्। तपाईंको जीवनको कथा विश्वासयोग्य परमेश्वरको हातमा छ।

08/07/2025

🦁 दानियल सिंहको गुफामा! 🙏

04/07/2025

डर लाग्दो आँधी आयो! 😨 तर येशूले भन्नुभयो – ‘शान्त हो!,रोकिजा 🌬️✝️

प्रिय भाईबहिनी, आज ग्रेसी र बेनले येशूले कसरी आँधीलाई शान्त गर्नु भयो भन्ने कुरा सुने र येशूले हामीलाई पनि सबै खतरा र डरबाट छुटकारा दिनुहुन्छ भन्ने कुरा बुझे। के तिमीहरु पनि केहि कुराको डर छ? याद गर, येशू तिमिसँग हुनुहुन्छ!

We’re excited to share something special just for you, dear mothers, sisters, and caregivers! 💛Balbatika – our radio pro...
02/07/2025

We’re excited to share something special just for you, dear mothers, sisters, and caregivers! 💛

Balbatika – our radio program for children – is now being featured on our Women of Hope platform. As women who are shaping the next generation, you now have a place where you can find hope for yourself AND something meaningful to share with your children.

26/06/2025
शोकको समयले हाम्रो मनलाई, आकाशलाई बादलले ढाके झैं ढाकिदिन्छ र कहिलेकाहीँ हामी परमेश्वरले हामीलाई बिर्सनुभएको छ जस्तो अनु...
24/06/2025

शोकको समयले हाम्रो मनलाई, आकाशलाई बादलले ढाके झैं ढाकिदिन्छ र कहिलेकाहीँ हामी परमेश्वरले हामीलाई बिर्सनुभएको छ जस्तो अनुभव गर्छौ। नाओमीलाई पनि त्यस्तै अनुभूति भएको थियो जब उनले सबैकुरा गुमाइन्। तर परमेश्वर पर्दापछाडि काम गरिरहनु भएको थियो। उहाँले नाओमीको जीवनमा पहिले नै रूथलाई पठाइसक्नुभएको थियो। एकजना यस्तो व्यक्ति जसले कहिले पनि उनलाई एक्लो पारिनन्, जसको माध्यमबाट नाओमीको जीवनमा आशाको कथा पुन: सुरु भयो। कहिलेकाहीँ हामीले तुरुन्तै परमेश्वरको प्रबन्ध चिन्न सक्दैनौँ तर उहाँले हाम्रो साथ हिँड्ने रुथ जस्ता व्यक्तिहरुलाई पठाइदिनुहुन्छ।

तपाईंको जीवनको "रूथ" को हो? जसले तपाईंलाई परमेश्वरले अझै पनि तपाईंलाई प्रेम गर्नुहुन्छ भनेर सम्झाइरहन्छ !

“तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।  मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदा...
18/06/2025

“तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” मत्ती ५:१४–१६

येशू ख्रीष्टले हामीलाई “संसारको ज्योति” भन्नु भएको छ। ज्योति अन्धकारमा अर्थ ल्याउने शक्ति हो। यसले बाटो देखाउँछ, डर हटाउँछ, र जीवन ल्याउँछ। यसैगरी, एक ख्रीष्टियनको जीवनले पनि अन्धकारमा रहेको संसारमा आशा, प्रेम, र सत्य ल्याउनु पर्छ।

आजको संसारमा धेरै अन्धकार छ —निराशा, घृणा, अन्याय, पाप। यस्तो समयमा हामी विश्वासीहरू येशूको उज्यालो बोकेर हिंड्न बोलाइएका छौँ। हामी हाम्रो काम, बोली, व्यवहार र प्रेममार्फत येशूलाई देखाउन सक्छौं। जब हामी क्षमा गर्छौं, सेवा गर्छौं, सहानुभूति देखाउँछौं—त्यसैबेला हामी, हामीभित्र भएको उज्यालो प्रदशन गरिरहेको हुन्छौं। हामीले बाड्ने ज्योति हाम्रो आफ्नो होइन, तर हामी येशू ख्रीष्टको ज्योति प्रतिबिम्बित गर्छौ। उहाँ नै हाम्रो स्रोत हुनुहुन्छ। उहाँमा रहँदा मात्र हामी साँचो ज्योति बन्न सक्छौं।

07/05/2025

के तपाईं कहिल्यै यस्तो परिस्थितिमा पर्नुभएको छ, जहाँ कसैले आफ्नो पीडा वा संघर्ष तपाईंलाई सुनाउँछ… तर तपाईं के भन्ने भन्ने थाहा नपाएर चुप लागेर बस्नुहुन्छ ? तपाईं ध्यानपूर्वक सुन्नुहुन्छ—ऊनीहरूको दुःखले तपाईंको हृदय दुख्छ—तर तपाईको मुखबाट केही शब्द निस्कँदैनन्। तपाईं असहाय र कहिलेकाहीँ दोषी पनि महसुस गर्नुहुन्छ, यो सोच्दै कि, "यहाँ मैले केहि भन्नुपर्ने हो, केहि प्रतिक्रिया दिनुपर्ने तर के भनौ, मलाई केहि राम्रो भन्न आइरहेको छैन !"

यदि तपाई त्यो व्यक्ति हुनु हुन्छ भने यो भिडियो हेर्नुहोस् !

Address

Kusunti-13
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when TWR Women of Hope - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share