Kavyalaya - काव्यालय

Kavyalaya - काव्यालय #1 Site for Literature Lovers. Kavya doesn't only mean poem. It also means poetic, artistic . It means the art of all forms.

So, "Kavyalaya" is here to promote all forms of arts together.

Where the melancholy of Madhu & Marilyn merges, there forms a river that flows behind the curtain.नदीका यी दुई किनारा जो...
15/07/2023

Where the melancholy of Madhu & Marilyn merges, there forms a river that flows behind the curtain.

नदीका यी दुई किनारा जो एकअर्कालाई टाढैबाट देखेर आफै हुँ कि भनेर झुक्किरहन्छन्। जो ऐना हेरेझैं एकअर्कालाई हेरेर रुझिरहन्छन्। त्यो नदी जसलाई यिनैले किनारा हालेका छन्, त्यो कतै यिनकै आँसुको बहाव त होइन?



बाँचुञ्जेल एउटै क्षेत्रमा जीवन समर्पण गरेका दुई फरक भूगोलका मधु र मार्लिन, धर्तीमा ढिलो छिटो उदाए पनि उत्तिकै आय.....

गएको बिहीबार 'चलचित्र समीक्षक समाज' [FICSON] ले 'LUNANA : A YAK IN THE CLASSROOM' को screening गरेको थियो। भुटानबाट Osca...
08/07/2023

गएको बिहीबार 'चलचित्र समीक्षक समाज' [FICSON] ले 'LUNANA : A YAK IN THE CLASSROOM' को screening गरेको थियो।

भुटानबाट Oscar Nomination मा पर्न सफल यो आजसम्मकै एक मात्र फिल्म हो।

बर्लिन इन्टर्नेशनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको लुनानामा आखिर के को कथा छ त ? के यो एउटा याकको कथा हो ? होइन, तर ....

Wheel of Fortune & Fantasy!कतै पुराना मान्छेहरूसँग नयाँ सम्बन्ध निर्माण भएका छन्। कतै नयाँ मान्छेहरू भेटिँदा पुराना सम्ब...
01/07/2023

Wheel of Fortune & Fantasy!

कतै पुराना मान्छेहरूसँग नयाँ सम्बन्ध निर्माण भएका छन्। कतै नयाँ मान्छेहरू भेटिँदा पुराना सम्बन्धहरू फेरि एकपटक ताजा भएका छन्। यो पृथकताबीच पनि कतै यस्ता उदाङ्गा ढोकाहरू छन् जसले संयोगको माध्यमबाट एउटा समानान्तर संसारमा पात्रलाई पुर्याउन सकेको छ। फरक फरक कथालाई एउटै थिममा बाँध्न सकेको छ।

संयोग र काल्पनिकतालाई समेत बहुत सामान्य तरिकाले प्रस्तुत गर्न कोही यी जापानी निर्देशक र्युसुके हामागुचीबाट सिकोस्!

यो दुई घण्टा एक मिनेटको एउटा छोटो फिल्म हो जहाँ तीन भिन्नाभिन्नै कथाहरू बगेका छन्। दुई घण्टाको छोटो फिल्म? तीन भिन...

HELLO FRUSTRATED YOUTHS! अभिनय गरौँ!यो नाटक फ्र्स्टेटेड युवाहरूको 'र्याप सङ विद पर्फमेन्स' हो। अनि, र्यापमा कताहुँदी यति...
24/06/2023

HELLO FRUSTRATED YOUTHS!
अभिनय गरौँ!

यो नाटक फ्र्स्टेटेड युवाहरूको 'र्याप सङ विद पर्फमेन्स' हो। अनि, र्यापमा कताहुँदी यतिउति रफ वर्ड त भइहाल्ने भयो। आखिर र्याप भनेको आफूभित्रको फ्रस्टेसन निकाल्ने एउटा सिर्जनात्मक काइदा न हो। म त्यो लेडी पात्रलाई यतिबेला पनि सम्झिरहिछु- जसको संस्कारमाथि अर्को पात्र बारबार प्रश्न उठाइरहन्छ।

ARE'NT YOU FRUSTRATED? 🤔
NO? 😯
WHERE ARE YOU FROM? 😳

https://www.nepalviews.com/2023/06/24/172409/?fbclid=IwAR2Cj_NNOKydjMoX_WcWq2zDwhDO-zoxsWYbUYaVL7LHLFbTYMFABj3qOjo

होमवर्क बुझाउनुपर्ने पिरले स्कुल जान नमानेर भुईँमा लडिबुडी खेलिरहेको बच्चोलाई आमाले रंगीबिरंगी बेलुन किनिदिए.....

Are you interested in FILM MAKING? If 'Yes'. Then, you might love this!❤️
17/06/2023

Are you interested in FILM MAKING? If 'Yes'. Then, you might love this!
❤️



एकै वर्ष कान्स र ओस्कार जस्ता विश्वस्तरमै प्रतिष्ठित दुवै सिने अवार्ड हात पारेपछि हामागुचीका फिल्महरू खोजी खोज.....

जुन सिनेमाले अभिनेत्री सुरक्षा पन्तको माध्यमबाट नेपाललाई सन् २०२२ को कान्स रेड कार्पेटमा हिँडायो, आज त्यही फिल्मबारे थोर...
03/06/2023

जुन सिनेमाले अभिनेत्री सुरक्षा पन्तको माध्यमबाट नेपाललाई सन् २०२२ को कान्स रेड कार्पेटमा हिँडायो, आज त्यही फिल्मबारे थोरै चर्चा!

कान्सविजेता यो सिनेमा कि कविको लागि हो कि त ध्यानीको लागि हो। अर्थात् यो सबैको लागि हो। तर अँ, यो मात्र कवि वा ध्यानीको लागि हो! जोखिम मोल्ने नमोल्ने, तपाईंकै मर्जी! 😋

बाइ द वे, डु यु ह्याव अ ट्रु फ्रेण्ड? 🤔😃



विश्वभरिका अधिकांश सिने समीक्षकहरूले ओस्कारलाई भन्दा बढी मान्ने कुनै फिल्म फेस्टिभल छ भने त्यो कान्स नै हो। गएक....

दोस्रो फिल्म र तेस्रो फिल्मको बीचमा एक दशक लामो समयको खाडल देखेर म जान्न उत्सुक हुन्छु। किन रहेछ? उनी भनिदिन्छन्, "यो मे...
27/05/2023

दोस्रो फिल्म र तेस्रो फिल्मको बीचमा एक दशक लामो समयको खाडल देखेर म जान्न उत्सुक हुन्छु। किन रहेछ? उनी भनिदिन्छन्, "यो मेरो पेशा होइन। खाली मेरो रुचि हो, अनुराग हो। विशेष त म ध्यान गर्छु।"

जवाफ त चित्तबुझ्दो नै हो। तर, फेरि पनि कुन्नि के चित्त बुझ्दैन मलाई? सायद आफ्नै प्रश्न? फेरि प्रश्न गर्छु, "यो कथाचाहिँ मैले भन्नैपर्छ भन्ने बोध कसरी हुन्छ तपाईंलाई?"

[ #नोट: रिन्पोछेसँगको भेट र अण्डा कफीको स्वाद ...]

💜💜

फिक्सन डिजाइनर कुमार नगरकोटीले इज्मेराल्दालाई वर्षौंअघि चिठी लेख्दा बुद्धिस्ट फिल्ममेकर साधुको ‘ट्राभलर्स एन...

आज शनिबार! यो विशेष लन्च!डब्बावालाहरू मानौँ खाना होइन पिकनिक हिँडेका मान्छे लिएर हिँडिरहेका छन्। अहो! त्यो दृश्य! लन्चबक...
20/05/2023

आज शनिबार! यो विशेष लन्च!

डब्बावालाहरू मानौँ खाना होइन पिकनिक हिँडेका मान्छे लिएर हिँडिरहेका छन्। अहो! त्यो दृश्य! लन्चबक्सहरूको कुम्भमेला!
अनि, त्यो कुम्भमेलामा पनि परैबाट टड्कारै चिनिने इलाको डब्बा! वाह! सिनेम्याटोग्राफी!

फेरि यस्तो पर्फेक्ट डिसलाई मसला नपुगेको सम्बन्ध भन्न मिल्छ? मसला नपुगेको सम्बन्ध यो डिस अथवा फिल्मले देखाएको सम्...

त्यसो त ठूलो पर्दामा अर्को नौलो अनुहार विनिता थापा मगरलाई पनि नौलो मान्न मन लाग्दैन। विमलाकुमारी आमैका लागि चिठी पढिरहँद...
14/05/2023

त्यसो त ठूलो पर्दामा अर्को नौलो अनुहार विनिता थापा मगरलाई पनि नौलो मान्न मन लाग्दैन। विमलाकुमारी आमैका लागि चिठी पढिरहँदाकी मियालाई हेरेर नरुने दर्शक साच्चै नै बाक्लो त्वचाका हुन्। उनी पात्रभित्र यसरी बाँचेकी छिन् लाग्छ वास्तविकतामा पनि उनी विनिता होइनन्, मिया नै हुन्।

काठमाडौं। हिजो शुक्रबारबाट हलहरूमा ‘हल्कारा’को प्रदर्शन सुरु भएको छ। त्यसो त हलमा जारीको प्रदर्शन पनि जारी छँद.....

EVERYTHING EVERYWHERE ALL AT ONCE!फिल्म हेरुन्जेल यस्तो लाग्छ कि कुनै पात्रहरूले श्वास फेरेकै छैनन्। र जब ढुंगाको दृश्य ...
06/05/2023

EVERYTHING EVERYWHERE ALL AT ONCE!

फिल्म हेरुन्जेल यस्तो लाग्छ कि कुनै पात्रहरूले श्वास फेरेकै छैनन्। र जब ढुंगाको दृश्य आउँछ बल्ल पात्रहरूले श्वास फेर्छन्।

मानौँ, लामो दौडधुपबाट विश्राम लिँदै आमा-छोरी केहीछिन् योग-ध्यान गर्न मौन बसेका हुन्। एउटा ढुंगाले जस्तै बिना कुनै आग्रह/पूर्वाग्रह आफ्ना विचारहरूको साक्षी बसेका हुन्। के हुँदैछ आफूभित्र र आफ्नो वरिपरि होसपूर्वक खाली साक्षातकार गरेका हुन्।

यसरी हेर्दा ढुंगा साक्षीभावको बिम्ब हो। बोधिचित्तको बिम्ब हो।
🧡💜

घरेलु समस्या, पुस्तान्तरका समस्या र मानव सभ्यतामाथिको सवाल, दार्शनिक द्वन्द्व, कलात्मक महत्ता, आध्यात्मिक रूपान....

नुहुन नजानेको धुपीको हाँगोजस्तै नाम्साङ अनि लहराजस्तै थाङ्ग्रा खोज्दै फैलिनुपर्ने हाङ्माको कथा हो, जारी।लोग्ने-स्वास्नीक...
29/04/2023

नुहुन नजानेको धुपीको हाँगोजस्तै नाम्साङ अनि लहराजस्तै थाङ्ग्रा खोज्दै फैलिनुपर्ने हाङ्माको कथा हो, जारी।

लोग्ने-स्वास्नीको झगडा परालको आगो भनिन्छ। नाम्साङ र हाङ्माको पराल अलि अबेरसम्मै सल्किरहन्छ। लहरे मुनाजस्तै पिटिक्क भाँचिएर माइत पुगेकी हाङ्मालाई पुरुष दम्भले चुलिँदै ठिङ्गिएको नाम्साङ न फकाउन जान्छ न फर्काउन।

पालामै गाउन नजान्ने नाम्साङले हाङ्मालाई फकाउनु? कस्तो कल्पना गर्नपनि असम्भवजस्तो! हाँस्दा पनि पुरुष हुनुको अह्म खलबलिएलाजस्तो ठान्ने नाम्साङलाई उसकी आमाले ससुराली पुगेर बुहारीलाई लिएर आउन नभनेकी होइन। तर, नाम्साङ त धुपीको हाँगो हो, आकाशको ठाडो-सोझो बाटोबाहेक उसले दाँयाबाँया जानेको छैन। निहुरेर जानुपर्ने ससुरालीको बाटो नाम्साङले चिन्दै चिनेन।

तब, पराल सल्किरह्यो।

#नोट: आइ लव प्रतिक्रियाज! 😋
❤️

Upendra S***a

फिल्मलाई यदि जाँड मान्न मिल्छ भने, यसो भन्न सकिन्छ कि निर्देशक सुब्बा जाँडमा मर्चा मिलाउन असाध्यै सिपालु रहेछन्! ....

हुन त एउटा कविले गरेको अनुवाद स्वतस्फुर्त रूपमा नै अनुसिर्जना बनिसक्छ। किनभने, मलाई लाग्छ कल्पनाशीलता र सिर्जनशीलता कविक...
09/04/2023

हुन त एउटा कविले गरेको अनुवाद स्वतस्फुर्त रूपमा नै अनुसिर्जना बनिसक्छ। किनभने, मलाई लाग्छ कल्पनाशीलता र सिर्जनशीलता कविका आधारभूत विशेषता हुन्। 'डेथ अफ अ सेल्सम्यान'लाई 'एउटा व्यापारीको मृत्युु' भन्नु नै अनुवादका लागि पर्याप्त हुने थियो।

तर, मिलरको सेल्सम्यान धनी र सुखी हुने सपना देख्नेहरूको प्रतिनिधि पात्र थियो, एउटा बिम्ब थियो। कवि विप्लव प्रतीकले यही बिम्बको उपयोग गरेर नाटकलाई एउटा काव्यिक शीर्षक दिएका छन्। उनको यही कल्पनाशीलता र सिर्जनशीलताको छाप नाटकभित्र पनि देखिएको छ जसले नाटकलाई कोरा अनुवाद बन्न दिएको छैन।

‘एउटा सपनाको अवसान’ हेरिरहँदा नाटक कम फिल्म बढी हेरे जस्तो लाग्छ। १० मिनेटको मध्यान्तर सहितको नाटकले समझभन्दा प....

Address

Jwagal
Lalitpur
44600

Telephone

+9779810009835

Website

Alerts

Be the first to know and let us send you an email when Kavyalaya - काव्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category