Kantipur press

Kantipur press Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kantipur press, Digital creator, Lalitpur.

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता
23/11/2025

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता

23/11/2025

एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो रङ्ग प्रहार ।

22/11/2025

निर्वाचनमा जाने नेपाली कांग्रेसको निर्णय, संसद पुनस्थापनाको मुद्दामा एक्लियो एमाले

काठमाडौँमा नेकपा एमालेको खबरदारी सभा ।
22/11/2025

काठमाडौँमा नेकपा एमालेको खबरदारी सभा ।

22/11/2025

यस्ता छन् कांग्रेस केन्द्रीय समितिका निर्णय । समाचार कमेन्टमा ।

मतदाता नामावली विवरण संकलन सकिएको छ। यस अवधिमा नयाँ रूपमा दर्ता भएका मतदाताको संख्या कुल ८ लाख ३७ हजार ९४ पुगेको छ।
22/11/2025

मतदाता नामावली विवरण संकलन सकिएको छ। यस अवधिमा नयाँ रूपमा दर्ता भएका मतदाताको संख्या कुल ८ लाख ३७ हजार ९४ पुगेको छ।

नेकपा एमालेले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपस्थित युवा।
21/11/2025

नेकपा एमालेले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपस्थित युवा।

🌹 गुलाबको फूल बोकेर मतको मैदानमा विप्लव!नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर...
18/11/2025

🌹 गुलाबको फूल बोकेर मतको मैदानमा विप्लव!

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गराउँदै औपचारिक रूपमा संसदीय राजनीतिमा प्रवेश गरेको छ। आयोगबाट प्राप्त प्रमाणपत्रअनुसार पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ राखिएको छ।

निर्वाचन चिन्हका रूपमा ‘गुलाबको फूल’ प्रदान गरिएको छ, जसअन्तर्गत अब विप्लव समूहले आगामी निर्वाचनमा भाग लिन पाउनेछ।

विप्लव नेतृत्वको यो कदमले माओवादी आन्दोलनको अर्को धारलाई संसदीय प्रतिस्पर्धामा ल्याएको छ ।

18/11/2025

सत्यको पक्षमा उभिँदा पार्टी फुट्ने होइन, अझ बलियो बन्छ : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको बहस अधिवेशनको मिति होइन, सुधारको दिशाबारे हुनु आवश्यक रहेको बताएका छन्।

"नागरिकले दिएको सन्देश स्पष्ट छ—पुरानै शैलीले अब काम चल्दैन," थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, "सुधार गरेर मात्र विश्वास फर्किन्छ।"

उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै भने, "हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ।"

थापाले सत्यको पक्षमा उभिँदा पार्टी फुट्ने होइन, अझ बलियो बन्ने विश्वास व्यक्त गर्दै निष्कर्षमा लेखेका छन्—
"हामी न झुक्छौँ, न झुकिन्छौँ।

"१२ भाइको पार्टी" बन्यो नेपाली कम्युनिस्ट पार्टी!पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएसँग...
12/11/2025

"१२ भाइको पार्टी" बन्यो नेपाली कम्युनिस्ट पार्टी!

पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएसँगै, यो पार्टी पनि अब १२ भाइको कम्युनिस्ट पार्टी बनेको छ।

भीम रावलजस्ता वरिष्ठ नेता, जो दशकौंसम्म एमालेको नीति निर्माण र नेतृत्वमा थिए, अब नयाँ पार्टीको नेतृत्वमा छन्।
यो घटनाले सुदूरपश्चिम मात्र होइन, सम्पूर्ण देशको कम्युनिस्ट राजनीति पुनः एकपटक ठूलो धुर्वीकरण हुने मोडमा पुगेको संकेत दिन्छ।

- के यो विभाजनले जनताको हितमा काम गर्नेछ? कि फेरि नेतृत्वको प्रतिस्ठा र आन्तरिक असहिष्णुताले आन्दोलनलाई कमजोर बनाउनेछ? यो भने हेर्न बाँकी नै छ।

नेताहरू जहाँ भए पनि, विचार र जनताको पक्षमा रहनु जरुरी छ।
देशलाई अब एकता, स्पष्टता र जनमुखी नेतृत्व चाहिएको छ — भाइभाइ छुट्टिएर होइन, एकै घरमा बसेर।

#भीमरावल #नेपालीकम्युनिस्टपार्टी #१२भाइकोपार्टी #कम्युनिस्टराजनीति #राजनीतिकविच्छेदन

🔥 सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता विदा: भीम रावलको नयाँ पार्टी प्रवेशसँगै कर्ण थापाको भावुक आत्मसमीक्षासुदूरपश्चिममा ...
12/11/2025

🔥 सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता विदा: भीम रावलको नयाँ पार्टी प्रवेशसँगै कर्ण थापाको भावुक आत्मसमीक्षा

सुदूरपश्चिममा नेकपा एमालेको राजनीतिक धरातल हल्लिएको छ। पूर्व उपाध्यक्ष भीम रावलको नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशसँगै एमालेको पहिलो पुस्ता अब पार्टीमा नरहेको पोलिटब्युरो सदस्य कर्ण थापाले बताएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत भावुक टिप्पणी गर्दै भने,
"दशकौं पार्टी काममा साथ दिएका कमरेडहरू बाहिरिँदा मन चसक्क हुन्छ।"
उनको भनाइमा, पछिल्लो पुस्ता अझै पार्टीसँग मजबुत रूपमा जोडिएको छैन, र पार्टीभित्र रहन चाहनेहरूलाई खेद्ने रहस्यमय सक्रियता देखिएको छ।

भीम रावलको बहिर्गमनले सुदूरपश्चिममा एमालेको सांगठनिक संरचना र नेतृत्वमा गहिरो असर पार्ने संकेत देखिएको छ।
थापाले भने, "मतभिन्नता र आन्तरिक संघर्ष स्वाभाविक हो, तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन।"

उनले विगतमा पार्टीबाट बाहिरिएका साथीहरूप्रति कुनै गुनासो भए क्षमा माग्ने इच्छा व्यक्त गर्दै थपे,
"१६/१७ वर्षको उमेरमै राजनीतिक काममा हाम फालियो, थुप्रै चुनौतीको सामना गरियो। तर यस पटकको जस्तो अभिमान र प्रतिष्ठाको लडाइँले उत्पन्न गरेको आगोले जलेको देश कहिल्यै देखिएको थिइन।"

थापाको सन्देशमा आत्मसमीक्षा मात्र होइन, एकताको आह्वान पनि छ।
"जो जहाँ हुनुहुन्छ, सत्यको पक्षमा रहनुहोस्। देश, जनता र क्रान्तिलाई धोखा नदिनुहोस्।"
उनले एमालेका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई यथार्थको जगमा उभिएर दृढताका साथ पार्टीमा सक्रिय रहन अपिल गरेका छन्।

12/11/2025

केपीलाई छोडेर सबै यतै आउँछन् : प्रचण्ड
#प्रचण्ड #एमाले #माओवादी #नेपाल #कम्युनिस्ट #कान्तिपुर

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Kantipur press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur press:

Share