Kantipur press

Kantipur press Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kantipur press, Digital creator, Lalitpur.

07/06/2026

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति ललितपुरको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संगठन...

07/06/2026

अफ्रिकाको विशाल सहारा मरुभूमिमा ट्रक बिग्रिएपछि पानीको अभावमा कम्तीमा ४९ जनाको ज्यान गएको छ। Niger मा भएको यो घटनामा यात्रुहरू धार्मिक उत्सवबाट फर्किरहेका बेला बीच मरुभूमिमा अलपत्र परेका थिए।
कयौँ दिनसम्म ट्रक मर्मत गर्ने प्रयास भए पनि सफल हुन नसक्दा उनीहरू तिर्खा र कठोर गर्मीको शिकार बने। ट्रक Harouba बाट प्रस्थान गरेको थियो र नाइजर सीमातर्फ जाँदै थियो।
संसारकै सबैभन्दा कठोर भूभागमध्ये एक मानिने सहारामा पानीको एक थोपा पनि जीवन र मृत्युबीचको अन्तर बन्न सक्छ। यो घटना त्यसको दर्दनाक उदाहरण बनेको छ।

सुदूरपश्चिम कांग्रेस विवाद टुंगियोसुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अन्ततः भागबण्डा सहमतिसँगै सम...
07/06/2026

सुदूरपश्चिम कांग्रेस विवाद टुंगियो

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अन्ततः भागबण्डा सहमतिसँगै समाधान भएको छ।

-आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राख्ने
- सामाजिक विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिवान सिंह विष्ट पक्षले पाउने
- दुवै पक्षलाई राज्यमन्त्रीसमेत बाँडफाँट गर्ने सहमति

केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा भएको छलफलपछि सहमति जुटेको हो।

यसअघि ९ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर राजनीतिक समीकरण फेरिएपछि अन्ततः मन्त्रालय बाँडफाँटमार्फत विवाद साम्य पारिएको छ।

सहमतिसँगै तत्कालका लागि सुदूरपश्चिम कांग्रेसभित्रको शक्ति संघर्ष अन्त्य भएको छ।

प्रतिनिधिसभा सांसद ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मा'रेको आ'रोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी परेको छ । लल...
06/06/2026

प्रतिनिधिसभा सांसद ध्रुवराज राईविरुद्ध ६ सय वटा बाँदर मा'रेको आ'रोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी परेको छ । ललितपुरस्थित ‘स्नेहाज केयर’ का रूपक कोइरालाले राई भोजपुर टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुँदा बाँदर मा'रेको भनी अन्तर्वार्तामा स्वीकार गरेको भिडिओ प्रमाणका आधारमा कार'बाहीको माग गर्दै जाहेरी दिएका हुन् । जाहेरीमा वन्यजन्तु मा'र्ने वा घा'इते बनाउनेलाई कानुन अनुसार १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उल्लेख छ ।

१०५ सदस्यीय प्रतिनिधिसभा र गैरदलीय स्थानीय तह!​निर्वाचन आयोगले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा व्यापक हेरफेर ...
05/06/2026

१०५ सदस्यीय प्रतिनिधिसभा र गैरदलीय स्थानीय तह
!
​निर्वाचन आयोगले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा व्यापक हेरफेर गर्ने गरी सरकारलाई २१ बुँदे संविधान संशोधनको सुझाव बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको मागबमोजिम कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त सुझाव पेस गर्नुभएको हो।
​आयोगले राज्यको खर्च कटौती गर्ने र निर्वाचन प्रणालीलाई थप चुस्त बनाउने उद्देश्यका साथ संसद् र आयोगकै आकार समेत घटाउने प्रस्ताव गरेको छ।

​**आयोगका मुख्य सुझावहरू:
​संसद्को आकार घटाइने: प्रतिनिधिसभालाई हालको २७५ सदस्यबाट घटाएर जम्मा १०५ सदस्यीय (प्रत्यक्ष ७७ र समानुपातिक २८) बनाउन प्रस्ताव। राष्ट्रियसभालाई पनि ५९ बाट घटाएर ३० सदस्यीय बनाउने र प्रदेश सभामा समानुपातिक प्रणाली पूर्ण रूपमा हटाउने।

➖​स्थानीय तह गैरदलीय: स्थानीय तहको जगलाई राजनीतिक दलभन्दा बाहिर राखी 'गैरदलीय' बनाउनुपर्ने र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्नुपर्ने।

➖​उम्मेदवार बन्ने उमेर घट्यो: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाएर २१ वर्ष र राष्ट्रियसभाका लागि ३५ वर्षबाट घटाएर ३० वर्ष कायम गर्न सुझाव।

➖​उपराष्ट्रपतिको नयाँ मोडल: खर्च कटौतीका लागि राष्ट्रियसभाको अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी दिने र विज्ञहरूको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था।

➖​वडाको आकार सानो: वडा कमिटीमा हाल रहेका ४ जना सदस्यको ठाउँमा अध्यक्ष र दुई जना मात्र वडा सदस्य रहने व्यवस्था गर्ने।

➖​निर्वाचन मिति तोक्ने अधिकार: चुनावको मिति घोषणा गर्ने सम्पूर्ण अधिकार सरकारबाट झिकेर निर्वाचन आयोगलाई नै दिनुपर्ने। साथै, हाल ५ जना रहने निर्वाचन आयोगको पदाधिकारी संख्या घटाएर १ प्रमुख आयुक्त र २ आयुक्त मात्र राख्न प्रस्ताव।

​यो सुझाव हुबहु कार्यान्वयनमा आएमा नेपालको राजनीतिक र प्रशासनिक संरचनामा निकै ठूलो र सकारात्मक रूपान्तरण आउने विश्वास गरिएको छ।

पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो टोलीसहित अयोध्या ...
05/06/2026

पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो टोलीसहित अयोध्या पुगेका छन्। नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करलगायतका उच्च नेतृत्वसँगको राजनीतिक तथा कूटनीतिक संवाद सकेर लामिछानेको टोली तिर्थाटनका लागि अयोध्या पुगेको हो।
​स्वदेश फर्किनुअघि अयोध्या पुगेका सभापति लामिछानेले त्यहाँस्थित नवनिर्मित ऐतिहासिक राम मन्दिरको दर्शन तथा पूजा-आजा गरेका छन्। भ्रमण टोलीमा उनीसँगै पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं सांसद विपिन कुमार आचार्य र सांसद दीपक बोहोरा सहभागी छन्। भारतीय जनता पार्टी (भाजपा) को मैत्रीपूर्ण निमन्त्रणामा भारत गएका लामिछाने नेतृत्वको यो टोली अयोध्याको भ्रमण सकेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

काङ्ग्रेस सभापति गगन थापाले सरकारले सम्पत्ति छानबिन गर्न बनाएको आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार रहेको बताएका छन् ।
05/06/2026

काङ्ग्रेस सभापति गगन थापाले सरकारले सम्पत्ति छानबिन गर्न बनाएको आयोगलाई सम्पत्ति विवरण बुझाउन तयार रहेको बताएका छन् ।

'रास्वपा समर्थक समर्थन मात्र गर्दैनन्, गलत भए खबरदारी पनि गर्छन् । सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छैन । रा...
05/06/2026

'रास्वपा समर्थक समर्थन मात्र गर्दैनन्, गलत भए खबरदारी पनि गर्छन् । सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छैन ।

रास्वपा सभापति रवि लामिछाने

राजावादी अभियन्ता दुर्गा प्रसाईं र राप्रपा त्यागेका डा. धवलशम्शेर राणाबीच एकता भएको छ। आज दुवै पक्षले सहकार्य सम्झौतामा ...
05/06/2026

राजावादी अभियन्ता दुर्गा प्रसाईं र राप्रपा त्यागेका डा. धवलशम्शेर राणाबीच एकता भएको छ। आज दुवै पक्षले सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन्।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Kantipur press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur press:

Share