19/06/2026
यिनै हुन्, मानबहादुर मोची जसले सिलाएका थिए जर्ज मेलोरीका जुत्ता....
सन् १९२२ र १९२४ को सगरमाथा आरोहण अभियानमा जुत्ता सिलाउनका लागि लगिएका थिए मानबहादुर । दुःखको कुरा आरोहीका जुत्ता सिलाउन लगिएका मानबहादुरको भने आफ्नै दुवै खुट्टा कुर्कुचा मुनि हिउँले नराम्रोसँग खायो । अनि निमोनिया भएर सन् १९२४ मा सगरमाथामै निधन भयो ।
मानबहादुर नेपाली थिए भन्ने दुईमत छैन । तर उनी नेपालको कहाँका थिए ? भन्ने बारेमा अझै कतै खुल्न सकेको छैन । तर यत्ति चाहीँ धेरै पुस्तकहरूमा उल्लेख छ कि उनी सन् १९२२ मा पनि जर्ज मेलोरीसँगै जुत्ता सिउनका लागि लगिएका थिए । त्यसैले उनले जर्ज मेलोरीसहित सो आरोहण दलका धेरैको फाटेको जुत्ता सिएका थिए ।
दुर्भाग्य मानबहादुर बितेको करिब एक महिनापछि मेलोरी पनि सगरमाथा शिखर आसपासबाट बेपत्ता भएका थिए ।
तस्बिरः– जोन नोइलले १९२२ मा खिचेका हुन् भने स्रोतः– रोयल जेओग्राफिक सोसाइटी
नोटः– यो पोष्ट कपी गर्दा कम्तीमा साभार भनेर उल्लेख गरिदिनुहोला ।
(मानबहादुरको स्मरणमा केही समयअघि मैले लेखेको एक कविता पढ्न भएमा कमेन्टमा गएर क्लिक गर्नुहोला ।).............................................................
𝐓𝐡𝐢𝐬 𝐢𝐬 𝐌𝐚𝐧𝐛𝐚𝐡𝐚𝐫𝐝𝐮𝐫 𝐌𝐨𝐜𝐡𝐢, 𝐰𝐡𝐨 𝐬𝐭𝐢𝐭𝐜𝐡𝐞𝐝 𝐭𝐡𝐞 𝐛𝐨𝐨𝐭𝐬 𝐨𝐟 𝐆𝐞𝐨𝐫𝐠𝐞 𝐌𝐚𝐥𝐥𝐨𝐫𝐲...
Manbahardur was taken along on the 1922 and 1924 Everest expeditions specifically to stitch and repair the boots of the climbers. Tragically, while he was brought to mend the boots of the mountaineers, Manbahardur himself suffered severe frostbite on both feet below the heels. He then contracted pneumonia and passed away on Everest itself in 1924.
There is no doubt that Manbahardur was Nepali. However, exactly which part of Nepal he came from has not been able to be established anywhere to this day. What is mentioned in many books, though, is that he had also accompanied George Mallory in 1922 for the purpose of stitching boots. He had therefore stitched the torn boots of Mallory and many other members of the expedition team.
By cruel fate, approximately one month after Manbahardur's passing, Mallory too disappeared somewhere near the summit of Everest.
𝑃ℎ𝑜𝑡𝑜: 𝑇𝑎𝑘𝑒𝑛 𝑏𝑦 𝐽𝑜ℎ𝑛 𝑁𝑜𝑒𝑙 𝑖𝑛 1922 | 𝑆𝑜𝑢𝑟𝑐𝑒: 𝑅𝑜𝑦𝑎𝑙 𝐺𝑒𝑜𝑔𝑟𝑎𝑝ℎ𝑖𝑐𝑎𝑙 𝑆𝑜𝑐𝑖𝑒𝑡𝑦
Balika Rai Rai Kumbha