08/06/2025
Sabbath Shalom 🙏
भजनसंग्रह 103:1-5
[1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँको स्तुति गर्।
[2] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
[3] जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ,
[4] जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ,
[5] जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।