Lokantar News

Lokantar News Nepal's leading investigative news portal. FOR ACCURATE news, views, reviews, features, blogs and audio video content. Online news portal.

बुटवलमा फेरि हरियो खुर्सानीमा अत्याधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई, बुटवलमा गरिएको पर...
11/08/2026

बुटवलमा फेरि हरियो खुर्सानीमा अत्याधिक विषादी भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई, बुटवलमा गरिएको परीक्षणमा पाल्पामा उत्पादित गृष्मा सम्बी तथा फलफूल पसलको डल्ले खुर्सानी बिसर्जन गर्न लायक भेटिएको हो ।

प्रयोगशालाका नायव प्राविधिक सहायक राजीव भण्डारीले खुर्सानीमा कार्बोमेट २०२०९ र अर्गानोफस्फेट ४९.९१५ प्रतिशत देखिएको बताए । अर्गानोफस्फेट ४५ प्रतिशतभन्दा बढी देखिए खान अयोग्य मानिने भण्डारीको भनाइ छ ।

बुटवलमा तरकारीको छड्के विषादी परीक्षण गर्दा विषादी भेटिँदै आएको छ । विषादी हालिएको तरकारी किसानले पर्खिनुपर्ने समय (वेयटिङ पिरियड) अघि नै बजारमा ल्याउदा यस्तो समस्या देखिने क्रम बढेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
विषादी भेटिएको तरकारी बुटवल उपमहानगरपालिकाको रोहवरमा विर्सजन गरिँदै आइएको छ ।

हाल एकदिवसीय वरीयतामा आठौँ स्थानमा रहेको अफगानिस्तानले आयरल्यान्डविरुद्ध लगातार दोस्रो जित हात पारेको छ । जितसँगै टोलीले...
11/08/2026

हाल एकदिवसीय वरीयतामा आठौँ स्थानमा रहेको अफगानिस्तानले आयरल्यान्डविरुद्ध लगातार दोस्रो जित हात पारेको छ । जितसँगै टोलीले आगामी एकदिवसीय वरियताको शीर्ष आठमा आफ्नो स्थान पक्का गर्ने निश्चित भएको हो।

तोडियो बालेनको अडान, कोशीमा रोकियो कांग्रेका मन्त्रीको राजीनामा
11/08/2026

तोडियो बालेनको अडान, कोशीमा रोकियो कांग्रेका मन्त्रीको राजीनामा

राति ढिलो भन्दा सुत्नु तीन घण्टा अगाडि खाना खानु लाभदायक
11/08/2026

राति ढिलो भन्दा सुत्नु तीन घण्टा अगाडि खाना खानु लाभदायक

क्यानडामा बालकले सिट बेल्ट बाँध्न नमान्दा उडान रद्द गरियो
11/08/2026

क्यानडामा बालकले सिट बेल्ट बाँध्न नमान्दा उडान रद्द गरियो

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्...
11/08/2026

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।

सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो तीन हजार रुपैयाँ प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।

प्रश्नको घेरामा गृहमन्त्रीका ‘एक्सन’
11/08/2026

प्रश्नको घेरामा गृहमन्त्रीका ‘एक्सन’

गृहमन्त्री सुधन गुरुङका पछिल्ला अभिव्यक्ति र कार्यशैलीले उनको भूमिका र प्राथमिकतामाथि लगातार प्रश्न उठाइरहेक.....

यो शासकीय अराजकता एउटा विन्दुमा गएर रोकिएन भने अर्को संसदीय निर्वाचनमा रास्वपाको हालत ०७० को माओवादीको जस्तो नहोला भन्न ...
11/08/2026

यो शासकीय अराजकता एउटा विन्दुमा गएर रोकिएन भने अर्को संसदीय निर्वाचनमा रास्वपाको हालत ०७० को माओवादीको जस्तो नहोला भन्न सकिँदैन । ०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ १२० सिट जितेको तत्कालीन माओवादी ०७० को चुनावमा आइपुग्दा २६ सिटमा खुम्चिएको थियो । त्यसपछि उसको यात्रा ओरालो मात्र लागिरहेको छ, त्यति ठूलो बलिदानीबाट स्थापित भएको शक्ति अहिले अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको छ ।

माओवादी पतनको त्यो निकट विगतबाट रास्वपाले पाठ सिकेको हुनुपर्छ । साँच्चिकै रास्वपाको त्यस्तै हालत भयो भने रवि प्रधानमन्त्री बन्ने सम्भावना कमजोर हुनेछ, बरु संसद्को यही कार्यकालमै रविका लागि प्रधानमन्त्री बन्न अनुकूल छ ।

जनताको बदलिएको मनोविज्ञान बुझेर राजनीतिमा हाम फालेका चतुर खेलाडी रविले यो आकलन गरिरहेका होलान् ।

एउटा पक्षबाट कालो चस्मा उतार्न निरन्तर भइरहेको आग्रह त्यसकै उदाहरण हो । सरकारको नेतृत्वकर्ता दल रास्वपा समयमै उपचारमा लागोस् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिँदा एक जना बेपत्त...
11/08/2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल आज बिहान पहिरोले पुरेर बेपत्ता भएका हुन् । यसैगरी, गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

आज विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रही धेर...
11/08/2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

दिउँसो कर्णालीको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुनेछ भने आज राति कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मौसम सक्रिय रहेकाले बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

"कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।"

#लोकान्तर







Address

Kupondole Road
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Lokantar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokantar News:

Shortcuts

Share