Swatantra Sanchargram

Swatantra Sanchargram Swatantra Sanchargram is a Nepal based Weekly tabloid (newspaper) published every friday.

सुरक्षाका बीच सहकालको देवता रातो मच्छिन्द्रनाथको रथ यात्रातस्विर : श्रवण महर्जन
07/09/2020

सुरक्षाका बीच सहकालको देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा
तस्विर : श्रवण महर्जन

हलचोक आकाश भैरव ।
29/08/2020

हलचोक आकाश भैरव ।

Peaceful hanuman dhokaCaptured on aug 28 2020
28/08/2020

Peaceful hanuman dhoka
Captured on aug 28 2020

सुनसान सातदोबाटो
22/08/2020

सुनसान सातदोबाटो

09/08/2020

सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव– नाकामा कडाई गरौँ
काठमाडौँ । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गर्नुभएको हो ।
संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । ‘काठमाडौँ उपत्यका मुलुकको राजधानी समेत हो । यहाँको घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।’
छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टायन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टायन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिनुभयो । ‘उपत्यकामा समूदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखी सरकारको विरोध र समर्थनमा ¥्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाई गर्न पनि हामीले सुझाव दिएका छौँ,’ उहाँ मेयर शाक्यले भन्नुभयो, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौ । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं ।’
मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकीलुकी उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समूदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारवाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्युनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिनुभयो । ‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भैरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरविजोर प्रणली लागु गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएका छौँ,’ श्रेष्ठले भन्नुभयो, ‘उपत्यकामा संक्रमणको जोखिम युक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, डेलागाडा, साईकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौँ । जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएका छौँ ।’
आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ । फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ । फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिवार बसेको छलफलले आज मन्त्री पोखरेललाई भेटी सुझाव दिने निर्णय गरेको थियो । फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।

08/08/2020

दैवि प्रकोप तथा महामारी नियन्त्रण र विश्व शान्तिको कामना सहित आयोजना गरिने श्रीनृसिंह जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन बाजागाजाका साथै विभिन्न झाकी , भजनकिर्तन , अपसरागण , लक्ष्मी , सरस्वती र श्री प्रह्लाद सहित भव्यरुपमा मनाउँदै आएको जात्रा कोरोना( कोभिक १९)को कारणले गर्दा जात्राको निरन्तरता टुट्न नदिन यस वर्ष २०७७ श्रावण २४ गते शनिबारका दिन श्रीनृसिंह , श्रीलक्ष्मी , श्री सरस्वती र श्री प्रहलादलाई मात्र कोरोना कहरलाइ ध्यानमा राखि नगर परिक्रमा गराई साधारण रुपमा विधवत सम्पन्न भयो ।
सौजन्य : श्रवण महर्जन

06/08/2020

पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने
श्रावण १५ गते

ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो ।

ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक सहयोग काठमाण्डौँ उपत्यका संरक्षण कोष (के.भि.पि.टी.)ले गर्ने भएको छ । के.भि.पि.टी.का तर्फबाट दिइएको योजना अनुसार परम्परागत शैलीको मनमानेश्वरी देवी (मणिद्विप भवानी)को ३ तल्ले प्यागोडा शैलीको मन्दिरको निर्माणकालागि अनुमानित बजेट ७६ लाख रहेको बताइएको छ । आवश्यक बजेटको ब्यवस्था भएमा ६ देखि ८ महिनामा निर्माण सम्पन्न हुन सक्ने पुननिर्माण समितिका अध्यक्ष समेत रहेका मूल गुठियार साम्राज्य देव श्रेष्ठले जानकारी गराएका छन ।

मन्दिरको स्वामित्व रहेको गुठी संस्थान ललितपुर तथा सम्पदा संरक्षणको दायित्व रहेको पुरातत्व विभागबाट उचित सहयोग प्राप्त नभएको अवस्थामा समितिले प्रदेश सभासद, दातृ निकाय लगायत स्थानिय जनसहयोगबाट भएपनि यथासक्य चाँडो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मू छेँ आगम घर संरक्षण तथा खड्ग जात्रा व्यवस्थापन समिति एवं पुननिर्माण समितका अध्यक्ष श्रेष्ठ बताउँछन ।

मूछेँ आगम घरको महत्वः
पाटनका ८ मणि मध्ये प्रमुख मानिने यस मूछेँ आगम घरको ऐतिहासिक नाम मणिछेँ रहेको छ । यहि आगमबाट ऐतिहासिक मनमानेश्वरी देवी (मणिद्विप भवानी) सम्बन्धित दशैमा हुने ऐतिहासिक खड्ग जात्रा पनि हुने गर्दछ । पछिल्लो समयमा संम्पदाप्रेमीहरुको पहलमा ं२०७४ सालमा २४ वर्षपछि सो जात्रा पुनः संचालनमा आएको हो । मनमानेश्वरी (मणिद्विप भवानी) लाई राजा मानदेवको ईष्टदेवीको रुपमा लिइने गरिन्थ्यो । किम्बदन्ती अनुसार यो आगम घर मानदेवका नाती वसन्तदेवको शासनकालमा तान्त्रिक शक्तिसाधनाकालागि निर्माण भएको बताइन्छ । पाटनका प्रायः लिच्छविकालिन पर्वहरु समेत यही आगम घरबाट सञ्चालन गर्नुपर्ने बताइन्छ । २०७२ सालको महाभूकम्पमा मन्दिर पूर्णरुपमा क्षति भएपछि उक्त मूछेँ आगम घरका जात्रामा अत्यावश्यक मूर्तिहरु बाहेक अधिकांश मूर्तिहरु पाटन संग्रहालयमा सुरक्षित राखिएको छ ।

चाँगु नारायण कलश यात्रा
01/08/2020

चाँगु नारायण कलश यात्रा

अाज विहिवार ११ः ३० बजे बाट सिडियाे कार्यालयमा डेलिगेशनः राताे मच्छिन्द्रनाथकाे रथाराेहण र जात्राकाे विषयमा पानेजुहरू हुद...
23/07/2020

अाज विहिवार ११ः ३० बजे बाट सिडियाे कार्यालयमा डेलिगेशनः
राताे मच्छिन्द्रनाथकाे रथाराेहण र जात्राकाे विषयमा पानेजुहरू हुदैछ

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Swatantra Sanchargram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swatantra Sanchargram:

Share

Category