Livemandumedia

Livemandumedia Nepal’s daily news digest platform offering a complete blend of lifestyle updates and insights from Eastern philosophy.

रसुवाको बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा लेदो र दलदलका कारण उद्धार तथा खोजी कार्य चुनौतीप...
07/09/2026

रसुवाको बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा लेदो र दलदलका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको सेनाले जनाएको छ।

सेनाले आयोजनामा ९० जनाको टोली परिचालन गरेको छ र कार्यालय, आवास क्षेत्र तथा साइड क्षेत्रमा मानिस हुनसक्ने आशंकामा खोजी जारी राखेको छ।

बाढी गएको १२ दिनपछि पनि आयोजनासँग सम्बन्धित १७८ जना सम्पर्कविहीन छन्, र आफन्तहरूले माइतीघरमा खोजी तथा उद्धार प्रभावकारी बनाउन प्रदर्शन गरेका छन्।

शक्तिराष्ट्रहरूकोकूटनीतिक प्राथमिकतामा छन् रवि लामिछानेअमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज रास्वपा सभापति रवि लामिछ...
07/09/2026

शक्तिराष्ट्रहरूकोकूटनीतिक प्राथमिकतामा छन् रवि लामिछाने

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोनमा रसुवा बाढीको क्षतिप्रति दुःख व्यक्त गरे र सहयोग निरन्तर रहने आश्वासन दिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० जेठमा लामिछानेलाई नयाँ दिल्लीमा बोलाएर भेटेका थिए, र उनले भाजपाका शीर्ष नेताहरूसँग पनि संवाद गरेका थिए।

चिनियाँ पक्षले लामिछानेलाई अगस्टमा भ्रमण गर्न निमन्त्रणा गरे पनि भोटेकोशी बाढी र अन्य कारणले सेप्टेम्बर दोस्रो साताका लागि सारिएको भ्रमण हाल स्थगित छ।

समाचार लिंक कमेन्टमा 👇

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको मागवीरगञ्ज, भदौ २१ गते...
07/09/2026

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

वीरगञ्ज, भदौ २१ गते। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजी तथा उद्धारका लागि निरन्तर पहल गरिरहेका बारा, परवानीपुर गाउँपालिका–१ निवासी तथा राष्ट्रिय एकता दलका जिल्ला सदस्य अवधेश मण्डललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय एकता दलले गम्भीर आपत्ति जनाएको छ।

राष्ट्रिय एकता दलका मधेश प्रदेश सचिव दिलीप गुप्ताले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत मण्डललाई तत्काल रिहा गर्न माग गरेका हुन्।

दलका अनुसार बाढीमा आफ्ना सालो बेपत्ता भएपछि मण्डलले खोजी तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सांसद रहबर अन्सारीसँग पटक–पटक सहयोगको आग्रह गरेका थिए। तर अपेक्षित सहयोग नपाएपछि पीडित अवस्थामा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए।

दलले विपद्को समयमा आफन्तको जीवनरक्षाका लागि जनप्रतिनिधिसँग जवाफदेहिता माग गर्ने पीडित नागरिकलाई नै पक्राउ गर्नु गैरजिम्मेवार तथा निन्दनीय कार्य भएको जनाएको छ।

राष्ट्रिय एकता दलले सरकार र प्रशासनसमक्ष पक्राउ परेका अवधेश मण्डललाई विना शर्त तत्काल ससम्मान रिहा गर्न, भोटेकोशी बाढीमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र राहत व्यवस्थापन प्रभावकारी बनाउन माग गरेको छ।

त्यस्तै, नागरिकको असन्तुष्टि दबाउन प्रहरी शक्तिको दुरुपयोग गरिएको भए त्यसबारे छानबिन गरी दोषी देखिएका सांसद तथा सम्बन्धित निकायमाथि आवश्यक कारबाही गर्न पनि दलले माग गरेको छ।

दलले प्रधानमन्त्री बालेन्द्र शाहले विपद् पीडितले सरकारप्रति आलोचना वा असन्तुष्टि व्यक्त गरेकै आधारमा कारबाही नगर्न दिएको निर्देशन तथा नीतिको समेत उक्त गिरफ्तारीबाट उल्लंघन भएको दाबी गरेको छ।

राष्ट्रिय एकता दलले नागरिकको वाक् स्वतन्त्रता तथा विपद् पीडितको न्यायका पक्षमा पार्टी दृढतापूर्वक उभिएको स्पष्ट पार्दै अवधेश मण्डललाई अविलम्ब रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

05/09/2026

सबैभन्दा पहिले देश 🇳🇵❤️
विनाशकारी बाढीले सीमा स्तम्भ बगाए पनि झुकेन स्वाभिमान: जोखिम मोलेर नेपाल-चीन सीमामा पुनः फहराइयो राष्ट्रिय झण्डा 🇳🇵

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल-चीन सीमा क्षेत्रका भौतिक संरचनासँगै सीमा स्तम्भहरूसमेत बगाएको थियो। भीषण कटान र बाढीको तीव्र प्रभावका कारण सीमा रेखा पहिचान गरी झण्डा गाड्न निकै चुनौतीपूर्ण बनेको थियो।

तर, तीन दिनको निरन्तर प्रयास र उच्च जोखिमका बाबजुद नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले अदम्य साहस देखाउँदै नेपाली भूमिमा पुनः गर्वका साथ राष्ट्रिय झण्डा पुनर्स्थापना गरेको छ।

काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर...
05/09/2026

काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार सधैँ उनीहरूको साथमा रहेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”

नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले आशा जगाएको उहाँले बताउनुभएको छ। उहाँका अनुसार यसले खोज तथा उद्धारको काम अझै जारी रहेको सन्देश दिएको छ।

प्रधानमन्त्री शाहले चन्द्रिका आमाको उमेर समूह तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको जानकारी दिनुभएको छ। बाढीका बेला कतिपय ज्येष्ठ नागरिकले आफ्ना नातिनातिनालाई च्यापेर ज्यान जोगाउन डाँडातर्फ भाग्नुपरेको र जीवनको उत्तरार्धमा अत्यन्त कठिन परिस्थिति भोग्नुपरेको उहाँले उल्लेख गर्नुभएको छ।

बाढीले घर, खेतबारी, पशुपन्छी र वर्षौँदेखिको दैनिकी मात्र होइन, ज्येष्ठ नागरिकको सामाजिक जीवनसमेत तहसनहस बनाएको प्रधानमन्त्रीको भनाइ छ। उहाँले भन्नुभएको छ, “अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ।” भोटेकोशीको विनाशकारी बाढीले क्षणभरमै धेरै कुरा खोसेर लगेको उहाँले बताउनुभएको छ।

बाढीका क्रममा कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र नातिनातिना बगेको देख्नुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर एक्लिनुपरेको उहाँले उल्लेख गर्नुभएको छ।

सरकारले अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा ज्येष्ठ नागरिकका लागि राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधाको व्यवस्था गरेको प्रधानमन्त्रीले बताउनुभएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उहाँले जानकारी दिनुभएको छ।

उहाँहरूका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराइनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत निरन्तर सञ्चालन भइरहेको प्रधानमन्त्रीले बताउनुभएको छ।

“अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभएको छ।

बाढी प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको बताउँदै प्रधानमन्त्री शाहले उनीहरूलाई जीवनको कठिन मोडमा कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता जनाउनुभएको छ।

“हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उहाँले भन्नुभएको छ।

ज्येष्ठ नागरिकको घर र जायजेथा बाढीले बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनलाई बाढीले बगाउन नसक्ने प्रधानमन्त्रीको भनाइ छ। उहाँले भन्नुभएको छ, “हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ”, साथै मन दह्रो बनाउन र परिवारकै सदस्य मानेर सल्लाह तथा मार्गदर्शन दिन आग्रह गर्नुभएको छ।

बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उनीहरू घरपरिवारका मूल खम्बा, संस्कार र ज्ञानका स्रोत रहेको उहाँले उल्लेख गर्नुभएको छ।

आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभएको छ, “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”। पीडितको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै उहाँले संवेदनशील समयमा पीडितमाथि अनावश्यक टिप्पणी, हियाउने व्यवहार वा थप पीडा दिने प्रयासप्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ।

बाढीपछि खोज तथा उद्धारमा सुरक्षाकर्मी अझै सक्रिय रहेको बताउँदै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा उनीहरूले ज्यान जोखिममा राखेर खोजी गरिरहेको उल्लेख गर्नुभएको छ।

“हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्”, उहाँले भन्नुभएको छ।

ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नु र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

05/09/2026

२०औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनमुक्त समाज निर्माण गर्ने नेपाल सरकारको अभियानमा सबैले साथ दिऔँ, सजग बनौँ र सक्रिय सहभागिता जनाऔँ।

05/09/2026

दार्चुलाको भट्टारमा ठूलो पहिरो जाँदा आंशिक रुपले थुनिएको चौलानी खोला पुनः नियमित धारमा बग्न थालेको छ।

भदौ १९, २०८३ मा दार्चुलाको भट्टारमा चौलानी खोलाको माथमा रहेको पहाडै खस्दा ठूलो पहिरो गएको थियो।

04/09/2026

पहिरो खसेपछि त्रा*समा भट्टार: १० परिवारले रातारात छाडे थातथलो
पहिरोको उच्च जोखिममा दार्चुलाको भट्टार: १० घरपरिवार विस्थापित, सुरक्षित स्थानमा उद्धार

लगातारको पहिरोले बस्ती नै जोखिममा पारेपछि दार्चुलाको भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जमिन भासिने र माथिबाट लेदो खस्ने क्रम नरोकिएपछि ती परिवारलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान १०...
04/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीज्यूले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनुभयो।

प्रधानमन्त्रीज्यूले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गर्नुभयो। खासगरी अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो।

साथै, प्रधानमन्त्रीज्यूले नेपालमा बाढीका कारण बेपत्ता हुनु भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताउनुभयो। उहाँले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो।

संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नु भएको थियो।

Address

Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779801114020

Alerts

Be the first to know and let us send you an email when Livemandumedia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Livemandumedia:

Shortcuts

Share