Radio Paryabaran 104.2 MHz

Radio Paryabaran 104.2 MHz विश्वको पहिलो वातावरण रेडियो" रेडियो ?

World’s First Environment Radio ‘’ Radio Paryabaran 104.2 MHz was Started on July 21, 1998 ( 5 Ashwin 2055 BS) and was known as Paryabaran Chakra Radio ( ECRFM ) that was limited to Kathmandu audiences.

11/07/2025

विश्व जनसंख्या दिवस_ सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

10/07/2025

गुरु पूर्णिमाको पर्वले गुरु–शिष्य (विद्यार्थी–शिक्षक) सम्बन्धको पवित्रता र महत्त्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्छ। यो दिन हामी ज्ञान, संस्कार र जीवनपथमा मार्गदर्शन गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्छौं।उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।

सतर्कता अपनाउने सम्बन्धी सूचना !छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भएको र आज राति बढी वर्षा हुन सक्ने ...
08/07/2025

सतर्कता अपनाउने सम्बन्धी सूचना !
छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भएको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरू सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ।

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
सिन्धुपाल्चोक, चौतारा

हुम्लाको सिमकोटमा पहिलोपटक सडक संजालमा -७७ वटै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्। अन्तिममा हुम्लाको सिमकोटसम्म कर...
06/07/2025

हुम्लाको सिमकोटमा पहिलोपटक सडक संजालमा -
७७ वटै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्। अन्तिममा हुम्लाको सिमकोटसम्म कर्णाली कोरिडोरमार्फत नेपाली सडक पुगेको छ ।

राष्ट्रिय धान दिवस_बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त ...
29/06/2025

राष्ट्रिय धान दिवस_बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण ।

विश्व रोचक- एक घण्टामा ‘हिजो’देखि ‘भोलि’सम्मको यात्रा!अमेरिका र रसियाबीच रहेका दुई अनौठा टापुहरू – लिटिल डिओमेड (अमेरिका...
27/06/2025

विश्व रोचक-
एक घण्टामा ‘हिजो’देखि ‘भोलि’सम्मको यात्रा!
अमेरिका र रसियाबीच रहेका दुई अनौठा टापुहरू – लिटिल डिओमेड (अमेरिका) र बिग डिओमेड (रसिया) – बीचमा केवल ५ किलोमिटर समुद्री दूरी छ। जाडोमा समुद्र जमेपछि मानिसहरू हिँडेरै एक टापुबाट अर्को टापु पुग्न सक्छन्। तर यो छोटो एक घण्टाको यात्राले तपाईंलाई एकैचोटि २२ घण्टा अगाडि वा पछाडि पुर्‍याउँछ। अन्तर्राष्ट्रिय मिति रेखाको बीचमा पर्ने भएकाले लिटिल डिओमेडलाई ‘हिजोको टापु’ र बिग डिओमेडलाई ‘भोलिको टापु’ भनेर चिनिन्छ। यो विश्वकै अनौठो अनुभवमध्ये एक हो—जहाँ केही किलोमिटर हिँड्दा तपाईं अर्को दिनमै पुग्न सक्नुहुन्छ!

25/06/2025

ललितपुरमा बजेट २०८२/८३ समृद्धिका लहर
१)ललितपुर महानगरपालिका =सात अर्व ४७ करोड ४१ लाख ४७ हजार
२)गोदावरी =२ अर्व ७ करोड २२ लाख ९० हजार ४४९ रूपिया
३)महालक्ष्मी =१अर्व ८१ करोड
४)बागमती = ६२ करोड ७३ लाख ६३ हजार ८७३ रूपिया
५)महाङकाल=५३ करोड ३ लाख
६) कोन्ज्योसोम= ४५ करोड ५९ लाख ७६ हजार

गोदावरी नगरपालिका‍को १७औँ नगरसभाबाट आ.व. २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ बराबरको बजेट विनियोजन...
25/06/2025

गोदावरी नगरपालिका‍को १७औँ नगरसभाबाट आ.व. २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ बराबरको बजेट विनियोजन गर्दै नगरसभा सफलतापूर्वक सम्पन्न गरिएको छ।
फोटो:गोदावरी नगरपालिका

21/06/2025

विश्व सङ्गीत दिवस_ एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ।

21/06/2025

विश्व योग दिवस_अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।

17/06/2025

यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा २०२५ ,"Restore the Land, Unlock the Opportunities" भन्ने रहेको छ ।

हामीले प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गर्दै भावी पुस्ताका लागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्छौं ।

13/06/2025

हाम्रो संस्कृति हाम्रो पहिचान
बाजागाजा संरक्षणमा हाम्रो अभियान

आज मिति २०८२ जेठ ३० गते शुक्रबार गोदावरी नगरपालिका १४ नम्बर वडा कार्यालय द्वारा १४ वडा भित्रका विभिन्न धिमे खल ,नामसंगती समुहहरुलाई आवश्यक बाजागाजा धिमे,भुस्या,हार्मोनियम,तबला आदि वडा अध्यक्ष श्री निरोज बज्राचार्य ज्युको अध्यक्षतामा वडा सदस्य श्री बाबुराजा महर्जन,लक्ष्मीनारायण श्रेष्ठ,संगीता श्रेष्ठ,कमला परियार,वडा सचिब शम्भु बस्याल,सहायक कर्मचारी रमेश बोहोरा,ज्ञान बहादुर महर्जन लगायतको उपस्थितिमा हस्तान्तरण गरियो।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Radio Paryabaran 104.2 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Paryabaran 104.2 MHz:

Share

World’s First Environment Radio “ Radio Paryabaran 104.2 MHz

विश्वको पहिलो वातावरण रेडियो" रेडियो पर्यावरण १०४.२ मेगाहर्ज Official page “ World’s First Environment Radio ‘’ Radio Paryabaran 104.2 MHz was Started on July 21, 1998 ( 5 Ashwin 2055 BS) and was known as Paryabaran Chakra Radio ( ECRFM ) that was limited to Kathmandu audiences.