rolpa kareti news

दुःखद खबरआज नुवाकोटमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिको खबरले मन अत्यन्तै दुःखी भएको छ। 😢कति सपना बोकेर बन...
26/08/2026

दुःखद खबर

आज नुवाकोटमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिको खबरले मन अत्यन्तै दुःखी भएको छ। 😢
कति सपना बोकेर बनाएका घरहरू क्षणभरमै बगे, कति परिवारले आफ्ना प्रियजन गुमाए, कति परिवार अझै आफन्तको खोजीमा छन्। यो पीडालाई शब्दमा व्यक्त गर्न निकै कठिन छ।
यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता भएकाहरूको सकुशल उद्धार होस् र प्रभावित सबै नागरिकले छिट्टै राहत तथा सुरक्षित आश्रय पाऊन्।
प्रकृतिको यो कहालीलाग्दो विपत्तिले कसैको घर मात्र होइन, धेरैका सपना बगाएको छ। ईश्वरले सबैलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। 🕯️🙏

24/08/2026
जनमुक्ति सेना का पुर्व कमान्डर माननीय सरल सहयात्री दाइ आज आर्थिक मामिला तथा योजना मन्त्रालय को मन्त्री पध मा पधबाहाली  भ...
21/08/2026

जनमुक्ति सेना का पुर्व कमान्डर माननीय सरल सहयात्री दाइ आज आर्थिक मामिला तथा योजना मन्त्रालय को मन्त्री पध मा पधबाहाली भयकोमा उहाको पुर्ण कार्यकाल सफल्ताको शुभकामना व्यक्त गर्दछौ

अन्याय र अत्यचारको पक्षमा उभिने एक साहसिक योद्दा- खगेन्द्र सुनार 😮आखामा कालो चस्मा, कालो दार्हि र हेर्दा सिनेमाको भिलेन ...
19/08/2026

अन्याय र अत्यचारको पक्षमा उभिने एक साहसिक योद्दा- खगेन्द्र सुनार 😮
आखामा कालो चस्मा, कालो दार्हि र हेर्दा सिनेमाको भिलेन जस्तै देखिने यिनि हुन सांसद खगेन्द्र सुनार ! अन्याय, अत्याचार र बेथिति बिरुद्द ज्यानै बाजि थापेर लड्ने साहसिक छबिका निडर खगेन्द्र समाजका एक होनाहार योद्दाको रुपमा लिईन्छ ! जस्ले अन्याय भएको सहन सक्दैन आवाज उठाई रहन्छ !

वर्षमानले एक महिनाको तलब पहिरो पीडितलाई दिने घोषणा रोल्पाको उवा र  गाममा भएका पहिरोले ज्यान गुमाउने बेपत्ता हुनेको परिवा...
15/08/2026

वर्षमानले एक महिनाको तलब पहिरो पीडितलाई दिने घोषणा

रोल्पाको उवा र गाममा भएका पहिरोले ज्यान गुमाउने बेपत्ता हुनेको परिवारलाई राहत स्वरुप प्रतिनिधि सभाका सदस्य वर्षमान पुन अनन्तले आफ्नो तलब भत्ता बाढी पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको तलब मात्र रु ६६०७० हुन्छ
यो रकमले धेरै राहत हुने छ भने अनन्तले सहयोग सुरु गरेपछी पार्टीका अन्यले नेताकार्यकर्ताले सहयोग गर्ने छन् । रोल्पा जिल्ला नेकपाको कार्यालय बैठकबाट पनि संकलन गर्दा झन्डै ६०००० जम्मा गरेका छन् ।

भारत सरकारले कहिल्यै पनि नेपालले हाम्रो सिमाना मिच्यो भनेर लिखित तथा मौखिक रुपमा आपत्ति जनाएको छैन। तर प्रधानमन्त्री बाल...
31/05/2026

भारत सरकारले कहिल्यै पनि नेपालले हाम्रो सिमाना मिच्यो भनेर लिखित तथा मौखिक रुपमा आपत्ति जनाएको छैन। तर प्रधानमन्त्री बालेन्द्र साहले सदनमा नै उभिएर हामी नेपालीले भारतको सिमा मिचेका छौं भनिदिए। उनलाई यस्तो गलत सुचना दिने मान्छे पक्कै पनि भारतीय पक्षधर हुनुपर्छ । ग्रेटर नेपालको खोजी गर्ने प्रधानमन्त्री बालेन्द्र साहले यस्ता थेत्तर कुरा गरेको देख्दा अचम्म लाग्यो।

हाल सम्म बनेका कुनैपनि प्रधानमन्त्रीले सिमा विवाद बारे यस्तो कच्चा अभिव्यक्ति दिएका थिएनन्। ताली बजाउन माहिर रास्वपाका माननीयहरूले अ'न्धाधु'न्ध ताली बजाएर भारतलाई बलियो गराउने काममा काँध थापेका छन्। यस्तो संवेदनशील मुद्दाबाट जनताहरूको ध्यान मोड्नको लागी रिसालु आशिका तामाङ लाई सुनियोजित रुपमा प्रयोग गरिएको हो।

नेपाल, भारतको सिमा विवाद हुँदै नभएको Give and Take , हिसाब बराबरको चरणमा पुगेको छ।

✍️ भागीराम मरमथानी

कतारमा रेड अलर्ट नागरिकलाई घरभित्रै बस्न र बहिर ननिस्कन कडा निर्देशन
04/03/2026

कतारमा रेड अलर्ट नागरिकलाई घरभित्रै बस्न र बहिर ननिस्कन कडा निर्देशन

मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध गरिएको सम्बन्धी जिल्ला प्रशासन कार्यालय रोल्पाको सूचना ।
27/02/2026

मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध गरिएको सम्बन्धी जिल्ला प्रशासन कार्यालय रोल्पाको सूचना ।

दु:खद खबरलु १ ज ४८५४ घोराही बागमारा टाटा सुमो जीप सहिद मार्ग अन्तर्गत रुन्टीगढी ५ खुम्बास रोल्पामा दुर्घटना । १ जना घटना...
24/02/2026

दु:खद खबर
लु १ ज ४८५४ घोराही बागमारा टाटा सुमो जीप सहिद मार्ग अन्तर्गत रुन्टीगढी ५ खुम्बास रोल्पामा दुर्घटना । १ जना घटनास्थल मै ज्यान गएको छ । ७ घाइतेको उद्वार हुँदै ।
तस्बिर नन्दराम खड्का।

Address

Liwang

Alerts

Be the first to know and let us send you an email when rolpa kareti news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to rolpa kareti news:

Shortcuts

Share