Rolpa Drishtikon

Rolpa Drishtikon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rolpa Drishtikon, Media/News Company, Rolpa, Liwang.
(3)

Rolpa Drishtikon | रोल्पाबाट हेर्ने सत्यको दृष्टि

हामी विश्वास गर्छौं कि कुनै पनि समाजलाई बुझ्न केन्द्रबाट होइन, स्थानीय आँखाबाट हेर्नु पर्छ । त्यसैले रोल्पा दृष्टिकोण केवल समाचार होइन— यो रोल्पाबाट हेर्ने सोच, संवेदना र सत्य हो ।

सरकारले संघीय मन्त्रालयहरूको संरचनामा ठूलो पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त...
13/05/2026

सरकारले संघीय मन्त्रालयहरूको संरचनामा ठूलो पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै मन्त्रालय संख्या घटाउने औपचारिक बाटो खुलाएको हो।

नयाँ व्यवस्थाअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयहरूको संख्या १७ वटा मात्र रहनेछ। यसअघि २२ वटा मन्त्रालय रहेकोमा सरकारले गाभ्ने र खारेज गर्ने निर्णयमार्फत संरचना सानो बनाएको हो।

सरकारी योजनाअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गर्दै विभिन्न मन्त्रालयहरूमा गाभ्ने तयारी गरिएको छ।

खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयसँग एकीकृत गरी “शिक्षा तथा खेलकुद मन्त्रालय” बनाइनेछ। त्यस्तै, युवासम्बन्धी जिम्मेवारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग तथा स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रसँग समेटेर “लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय” गठन गर्ने तयारी छ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ पक्षलाई स्वास्थ्य मन्त्रालयमा गाभिने र खानेपानी तथा शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा एकीकृत गरी “एकीकृत भौतिक पूर्वाधार मन्त्रालय” बनाइने प्रस्ताव पनि अघि बढाइएको छ।

सरकारको यो निर्णयले प्रशासनिक खर्च घटाउने र संरचनालाई अझ चुस्त तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

13/05/2026

संसद LIVE: प्रधानमन्त्रीका तर्फबाट जवाफ दिदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | Rolpa Drishtikon

Nepali Congress भित्र अहिले शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । सभापति Gagan Thapa ले एकपछि अर्को रणनीतिक कदम चाल्दै इतर स...
13/05/2026

Nepali Congress भित्र अहिले शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । सभापति Gagan Thapa ले एकपछि अर्को रणनीतिक कदम चाल्दै इतर समूहलाई कमजोर बनाइरहेको आरोप लाग्न थालेको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि थापाले पार्टीभित्र आफ्नो पकड झन् बलियो बनाएका छन् । पछिल्लो कदमस्वरूप उनले निवर्तमान सभापति Sher Bahadur Deuba र नेता Shekhar Koirala निकटका नेताहरूलाई सीधै केन्द्रीय कार्यसमितिमा मनोनयन गरेपछि कांग्रेसभित्र नयाँ तरंग पैदा भएको छ ।

तर रोचक कुरा के छ भने—यो निर्णयअघि देउवा पक्षका नेता Purna Bahadur Khadka र शेखर कोइरालासँग कुनै औपचारिक परामर्श नभएको दाबी गरिएको छ । त्यसपछि इतर समूहभित्रै असन्तुष्टि चुलिएको बताइन्छ ।

शेखर कोइरालाले त खुला रूपमा “१९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको” भन्दै असन्तुष्टि पोखिसकेका छन् । उता खड्काले पनि “पार्टीको पूर्ण एकताको उद्देश्य कमजोर बनाइएको” प्रतिक्रिया दिएका छन् ।

कांग्रेसभित्र अहिले एउटा प्रश्न तीव्र बनेको छ—गगन थापा वास्तवमै पार्टी एकताका लागि अघि बढिरहेका छन् कि इतर समूहलाई टुक्र्याएर पूर्ण नियन्त्रणको रणनीतिमा छन् ?

यता देउवा समूह पनि चुप बसेको छैन । प्रदेशस्तरीय भेला सुरु गरेर उनीहरूले १५औँ महाधिवेशनको तयारी तीव्र बनाएका छन् । कोशीदेखि सुदूरपश्चिमसम्म समानान्तर गतिविधि बढेपछि कांग्रेसभित्रको शक्ति संघर्ष अब खुला मैदानमा पुगेको विश्लेषण भइरहेको छ ।

आगामी १५औँ महाधिवेशनलाई लिएर कांग्रेसभित्रको यो भिडन्त अझ चर्किने संकेत देखिएको छ ।

आज बुधबार ! भगवान गडिमाईको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏
13/05/2026

आज बुधबार ! भगवान गडिमाईको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏

रोल्पाको गौरव 💖 ज्ञान मन्दिर विद्यालयका प्रतिभाशाली विद्यार्थी आशिष भारती  SEE 2083 मा जिल्ला प्रथम बन्न सफल! 📚🔥तपाईंको ...
12/05/2026

रोल्पाको गौरव 💖 ज्ञान मन्दिर विद्यालयका प्रतिभाशाली विद्यार्थी आशिष भारती SEE 2083 मा जिल्ला प्रथम बन्न सफल! 📚🔥

तपाईंको मेहनत, लगनशीलता र समर्पणलाई सलाम। ❤️
उज्ज्वल भविष्यको हार्दिक शुभकामना। 🚀✨

🏅 रोल्पाको शान — भविष्यको पहिचान। 🇳🇵
💐 रोल्पा दृष्टिकोण परिवारबाट हार्दिक बधाई।

12/05/2026

एसईईमा रोल्पा जिल्लाकै उत्कृष्ट बने आशिष भारती

12/05/2026

रोल्पा महिला भलिबल फाइनल LIVE | Rolpa Drishtikon

रोल्पा — तेस्रो रोल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत महिला भलिबल फाइनल खेल अहिले रोमाञ्चक रूपमा जारी छ।

सुनिलस्मृति गाउँपालिका🆚परिवर्तन गाउँपालिका

नेपाली कम्युनिस्ट पार्टीका सांसद Varshaman Pun ले संसदीय समितिहरूमा सञ्चारमाध्यमलाई निषेध गर्न नहुने भन्दै कडा आपत्ति जन...
12/05/2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद Varshaman Pun ले संसदीय समितिहरूमा सञ्चारमाध्यमलाई निषेध गर्न नहुने भन्दै कडा आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले संसदीय समितिहरूलाई “मिनी पार्लियामेन्ट” भन्दै त्यहाँ हुने छलफल मिडियाका लागि खुला हुनुपर्ने स्पष्ट पारे।

उनका अनुसार मिडियालाई बन्द गरेर गरिएको छलफलले पारदर्शिता र लोकतान्त्रिक मूल्य कमजोर बनाउँछ।

“संसदीय समितिहरू सञ्चार माध्यमका लागि बन्द गरेर लोकतन्त्रको कुरा गर्न मिल्दैन,” भन्दै पुनले सुशासन, जवाफदेहिता र पारदर्शिता सँगसँगै अघि बढ्नुपर्ने बताए।

उनले जनताको करबाट हुने राज्य खर्चको निगरानी गर्ने लेखा समितिको भूमिका अत्यन्त संवेदनशील भएको भन्दै यसको काम खुला र प्रभावकारी हुनुपर्नेमा जोड दिए।

फरक प्रसंगमा पुनले राज्य सञ्चालनमा “नयाँ र पुराना” भन्दा पनि “सही र गलत” आधारमा मूल्यांकन हुनुपर्ने उल्लेख गर्दै निष्पक्ष निर्णय प्रणाली आवश्यक रहेको बताए।

11/05/2026

SEE को नतिजा सार्वजनिक ! परीक्षामा यसपालि ६५.९८ % विद्यार्थी उत्तीर्ण भएका छन्।।।

Breaking: असार १ गतेदेखि SEE काे Re Exam सुरु हुने भएको छ। 😲
11/05/2026

Breaking: असार १ गतेदेखि SEE काे Re Exam सुरु हुने भएको छ। 😲

😲 SEE परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा NG आएको छ। 📚💔
11/05/2026

😲 SEE परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थीको नतिजा NG आएको छ। 📚💔

Address

Rolpa
Liwang
22100

Alerts

Be the first to know and let us send you an email when Rolpa Drishtikon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share