Samaya Sanchar

Samaya Sanchar धन्यवाद पेज लाईक गर्नुभएको मा

बिरामीहरुको चेकजाँचमा व्यस्त अर्घाखाँची अस्पतालमा कार्यरत डा. Khagendra Acharya ।
13/04/2026

बिरामीहरुको चेकजाँचमा व्यस्त अर्घाखाँची अस्पतालमा कार्यरत डा. Khagendra Acharya ।

सन्देश कृषि, पशुपन्छी, मौरी उत्पादन तथा सप्लायर्समा यतिबेला काक्रो, फर्सी, साग, काउली, टमाटर, करेलो लगायतका तरकारीहरु फल...
04/04/2026

सन्देश कृषि, पशुपन्छी, मौरी उत्पादन तथा सप्लायर्समा यतिबेला काक्रो, फर्सी, साग, काउली, टमाटर, करेलो लगायतका तरकारीहरु फलेका छन् । यतिबेला दैनिक एक सय केजी काक्रो बजारमा जाने फर्मका संचालक दिपक नेपालीले बताए ।
तस्बिरहरू हेर्नुस्... ।

27/03/2026
परिणाम जस्तो आए पनि जनतासँगै रहनेछु : रामबहादुर चौहानअर्घाखाँची । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चौहानले न...
13/03/2026

परिणाम जस्तो आए पनि जनतासँगै रहनेछु : रामबहादुर चौहान

अर्घाखाँची । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चौहानले निर्वाचनमा आफूलाई साथ, समर्थन र सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

शुक्रबार सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चौहानले निर्वाचनका क्रममा आफू र तारा चिन्हमा मतदान गर्ने सबै मतदाताहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । जनताले देखाएको विश्वास, माया र साथ आफ्नो लागि ठूलो प्रेरणाको स्रोत भएको उहाँले बताउनुभयो ।

चौहानले निर्वाचनको परिणाम जस्तो आए पनि आफू सधैं जनताको साथमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको समग्र विकास र निर्माणका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

त्यसैगरी निर्वाचनका क्रममा समाचार, सूचना तथा गतिविधिहरू प्रसारण तथा प्रकाशन गरी सहयोग गर्ने सम्पूर्ण सञ्चारगृह तथा सञ्चारकर्मीहरूलाई पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले जनताको माया, विश्वास र समर्थनलाई सधैं सम्मान गर्दै आगामी पाँच वर्षपछि पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिक्रिया पनि दिनुभयो ।

      B***n
12/03/2026

B***n

12/03/2026

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पीताम्बर भुसालले पत्रकार भेटघाट कार्यक्रममार्फत सम्पूर्ण जिल्लावासीमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Pitambar Bhusal

अर्घाखाँची चेम्बर अफ कमर्सद्वारा नवनिर्वाचित सांसद भुसाल सम्मानितनविन विक, अर्घाखाँची ।  अर्घाखाँची चेम्बर अफ कमर्सले अर...
08/03/2026

अर्घाखाँची चेम्बर अफ कमर्सद्वारा नवनिर्वाचित सांसद भुसाल सम्मानित

नविन विक, अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सले अर्घाखाँचीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हरि प्रसाद भुसाललाई सम्मान गरेको छ।

चेम्बर अफ कमर्सले एक कार्यक्रमका बीच भुसाललाई खादा तथा सम्मानपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । भुसाल अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेकाले संस्थाले विशेष रूपमा सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै अर्घाखाँची चेम्बरका अध्यक्ष अशोककुमार श्रेष्ठले भुसाल निर्वाचित हुनु अर्घाखाँची जिल्लाका व्यवसायी तथा समग्र जिल्लाकै लागि सकारात्मक रहेको उल्लेख गरेका थिए । उनीहरूले उद्योग, व्यापार तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा भुसालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित सांसद भुसालले सम्मानका लागि चेम्बर अफ कमर्सप्रति आभार व्यक्त गर्दै जिल्लाको आर्थिक विकास, उद्योग–व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनाका लागि आफू प्रतिबद्ध रहने बताए ।
Ashok Shrestha

08/03/2026

जेनजी आन्दोलनका सहिद माधव सारु मगरको परिवारलाई ५१ हजार आर्थिक सहयोग

अर्घाखाँचीमा हरि प्रसाद भुसाल विजयीअर्घाखाँची । अर्घाखाँची प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पा...
07/03/2026

अर्घाखाँचीमा हरि प्रसाद भुसाल विजयी

अर्घाखाँची । अर्घाखाँची प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद भुसाल विजयी हुनुभएको छ । उहाँले ३५,०२३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पीताम्बर भुसालले २२,६४९ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका विष्णु प्रसाद खनालले १८,९८३ मत प्राप्त गर्नुभयो ।

मत परिणाम सार्वजनिक भएसँगै अर्घाखाँची–१ मा हरि प्रसाद भुसाल विजयी भएको औपचारिक घोषणा गरिएको छ ।

Address

Butwal
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Samaya Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samaya Sanchar:

Share