Bamruk news

Bamruk news A news article discusses current or recent news of either general interest (i.e. daily newspapers) o

Breaking news-  ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त :काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका...
15/01/2023

Breaking news- ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त :

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । स्रोत - अनलाइन खबर ।

- arghakhanchi.com

30/05/2022

अर्घाखाँची जिल्ला मालारानीगाँउपालिकामा बालिका बलात्कारको आरोपमा ३५ वर्षीय युवा पक्राउ परेका छन्😡😡

अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतले ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार बालिकालाई फकाएर पसलमा मिठाइ किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेको बुझिएको छ । प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

25/05/2022

स्थानीय तहहरूले सुरूमै निर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिनु आवश्यक छ । विशेष गरि वडा अध्यक्षहरूले धेरै प्रकारका सिफारिसहरू गर्नुपर्ने भएकोले कानुनी ज्ञान नहुँदा द्वविधा हुने, सेवाग्राहीले दुख पाउने तथा स्वयम् सिफारिस गर्ने जनप्रतिनिधि नै कानुनी झमेलामा पर्ने सम्भावना हुन्छ । काम सुरू गर्नुभन्दा अघि आफ्नो काम, कर्तव्य र अधिकारको विषयमा स्पष्ट कानुनी ज्ञान हुनु आवश्यक छ । विषेश गरि स्थानीय तहको सिफारिसको आधारमा काम हुने जिल्ला स्थित कार्यालयहरूको समन्वयमा तालिम/अभिमुखिकरण कार्यक्रम राख्दा उपयुक्त हुन्छ । जस्तै: नागरिकतासंग सम्बन्धित विषयको लागि जिल्ला प्रशासन कार्यालय, मालपोतसंग सम्बन्धित विषयको लागि मालपोत कार्यालय, अदालतसंग सम्बन्धित बिषयको लागि अदालत/सरकारी वकिल कार्यालयबाट प्रतिनिधि बोलाएर प्रशिक्षण दिने । यसो गर्दा सिफारिसमा एकरूपता हुने, स्थानीय तहबाट सिफारिस लगेपछि अन्य कार्यालयबाट सेवाग्राही फर्कनु नपर्ने तथा कानुन विपरीतका सिफारिस नहुने हुदा समग्रमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन्छ ।

Address

Malarani 7 Bamruk
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Bamruk news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share