Nawalpur Press

Nawalpur Press सत्य, तथ्य ,निश्पक्ष समाचारका लागि नवलपुर प्रेस

मध्यविन्दुमा विपद् व्यवस्थापन समिति बैठक तथा स्वयंसेवक ब्युरो गठनसम्बन्धी मस्यौदामाथि छलफलमध्यविन्दु, असोज २६। मध्यविन्द...
12/10/2026

मध्यविन्दुमा विपद् व्यवस्थापन समिति बैठक तथा स्वयंसेवक ब्युरो गठनसम्बन्धी मस्यौदामाथि छलफल

मध्यविन्दु, असोज २६। मध्यविन्दु नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक एवं स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधिको मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न समयमा आएका बाढी तथा अन्य विपद्को व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण, नदी कटान नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलगायत विषयमा छलफल गरिएको थियो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, रेडक्रस नेपाल, मध्यविन्दु नगर प्रहरी, तमसरीया प्रहरी चौकी, आरुंगखोला प्रहरी चौकी, कोल्हुवा प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल, नेपालका चोरमरा बेस क्याम्पका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन राजस्व शाखा प्रमुख प्रेमबहादुर सारुले गर्नुभएको थियो।

मध्यविन्दु नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको सहकार्यमा सहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्राविधिक परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

नारायणी नदी किनारमा भेटिएको शं कास्पद वस्तु काट्दा प ड्कियो, दुई जना घाइ ते । विस्तृत विवरण कमेन्टमा ।
12/10/2026

नारायणी नदी किनारमा भेटिएको शं कास्पद वस्तु काट्दा प ड्कियो, दुई जना घाइ ते । विस्तृत विवरण कमेन्टमा ।

बजार व्यबस्थापन ,खाद्य सुरक्षा तथा व्यबस्थापन दर्ता ,नवीकरण सम्बन्धी कावासोती नगरपालिकाको सूचना।
12/10/2026

बजार व्यबस्थापन ,खाद्य सुरक्षा तथा व्यबस्थापन दर्ता ,नवीकरण सम्बन्धी कावासोती नगरपालिकाको सूचना।

गैँडाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा युवकको मृ, त्यु। विस्तृत कमेन्टमा ⬇️
12/10/2026

गैँडाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा युवकको मृ, त्यु। विस्तृत कमेन्टमा ⬇️

12/10/2026

महिलालाई सीप, सीपबाट स्वरोजगार: विनयी त्रिवेणीको लघु उद्यम अभियान

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो
12/10/2026

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

लमजुङ। बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । य....

नवलपुरको प्रसिद्ध मौलाकालिका मन्दिर 🙏♥️जय मौलाकालिका 🙏♥️
12/10/2026

नवलपुरको प्रसिद्ध मौलाकालिका मन्दिर 🙏♥️जय मौलाकालिका 🙏♥️

भोटेकोशी बाढी प्रभावित परिवारको वर्तमान अवस्था र जीविकोपार्जनका सम्भावनाबारे बुझ्दै अग्यौली पुस्तकालय र रिडको टोलीनवलपुर...
11/10/2026

भोटेकोशी बाढी प्रभावित परिवारको वर्तमान अवस्था र जीविकोपार्जनका सम्भावनाबारे बुझ्दै अग्यौली पुस्तकालय र रिडको टोली

नवलपुर। नवलपुरको कावासोतीस्थित अग्यौली सामुदायिक स्रोत पुस्तकालय, रिड ग्लोबल र रिड नेपालको टोलीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका सदस्यहरूसँग भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, आवश्यकता र जीविकोपार्जनका सम्भावनाबारे जानकारी लिएको छ।

टोलीले बाढीबाट प्रभावित परिवारका सदस्यहरूसँग भेट गरी उनीहरूले भोगिरहेका समस्या, सहज जीवनयापनका लागि आवश्यक सहयोग तथा दिगो जीविकोपार्जनमा जोडिन सक्ने सम्भावनाबारे छलफल गरेको हो। प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक पहलका विषयमा समेत छलफल गरिएको जनाइएको छ।

यसअघि अग्यौली सामुदायिक स्रोत पुस्तकालय र रिड ग्लोबल तथा रिड नेपालको टोलीबीच विपद् व्यवस्थापनका क्षेत्रमा गर्न सकिने कामका विषयमा छलफल भएको थियो। विपद्को पूर्वतयारी, विपद्का समयमा उद्धार तथा व्यवस्थापन र विपद्पछिको पुनःस्थापनाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल केन्द्रित थियो। सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत विचारविमर्श गरिएको थियो।

अग्यौली सामुदायिक स्रोत पुस्तकालयका अध्यक्ष शिव गिरीले आगामी दिनमा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक कार्यक्रम अघि बढाउने बताउनुभयो। उहाँका अनुसार विपद्को जोखिम न्यूनीकरण, प्रभावित समुदायलाई सहयोग तथा विपद्पछिको पुनःस्थापनाका क्षेत्रमा गर्न सकिने कामबारे छलफल भएको छ।

अग्यौली सामुदायिक स्रोत पुस्तकालयले यसअघि भोटेकोशी बाढी प्रभावित परिवारलाई नगदसहित सहयोग हस्तान्तरण गरेको थियो। बाढीका कारण आफन्तको खोजीमा आएका परिवारका सदस्यका लागि खानाको व्यवस्था, मनोसामाजिक परामर्श तथा अन्य आवश्यक सहयोगसमेत उपलब्ध गराएको थियो। पछिल्लो समय बाढीबाट प्रभावित समुदायका परिवारलाई खाना व्यवस्थापनमा समेत सहयोग गरेको पुस्तकालयले जनाएको छ।

रिड ग्लोबलका निर्देशक डा। सञ्जना श्रेष्ठ, रिड नेपालका निर्देशक अर्जुन महर्जन, भाग्यश्री विष्ट र अञ्जु गुरुङसहितको टोलीले गत असोजमा आएको भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थाबारे जानकारी लिएको थियो। टोलीले विपद्का समयमा अग्यौली सामुदायिक स्रोत पुस्तकालयले निर्वाह गरेको भूमिका तथा प्रभावित समुदायलाई पुर्‍याएको सहयोगबारे समेत जानकारी लिएको हो।

समाजमा देखिने आवश्यकता र समस्याअनुसार पुस्तकालयले आफ्नो भूमिका विस्तार गर्दै अघि बढेको विषयलाई टोलीले सकारात्मक रूपमा लिएको जनाएको छ। आगामी दिनमा विपद् व्यवस्थापनलाई पनि पुस्तकालयको कार्यक्षेत्रमा समेट्ने तथा संस्थाको रणनीति र उद्देश्यमा यस विषयलाई जोड्नेबारे विचार गर्नुपर्नेमा टोलीले जोड दिएको छ।

समुदायमा शिक्षा, सूचना र ज्ञानको पहुँच विस्तार गर्दै आएको अग्यौली सामुदायिक स्रोत पुस्तकालयले अब विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जनका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्ने अध्यक्ष गिरीले बताउनुभयो ।
https://www.nawalpurpress.com/news/2026/10/11/22465/

नवलपुरमा अवस्थित महेन्द्र राजमार्गको मध्य भाग । मध्यविन्दु स्तम्भ ♥️🙏🙏
11/10/2026

नवलपुरमा अवस्थित महेन्द्र राजमार्गको मध्य भाग । मध्यविन्दु स्तम्भ ♥️🙏🙏

कावासोतीमा कार्तिक ९ देखि नवौँ नवलपुर महोत्सव हुने
11/10/2026

कावासोतीमा कार्तिक ९ देखि नवौँ नवलपुर महोत्सव हुने

नवलपुर।नवलपुरको पर्यटन, कृषि तथा उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले कावासोतीमा नवौँ नवलपुर महोत्सव.....

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Nawalpur Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawalpur Press:

Shortcuts

Share