08/11/2025
रुपन्देहीको देवदहमा रहेको पाकरी वृक्ष अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन्।
एसियाको सबैभन्दा ठूलो वृक्षको रुपमा लिइने पाकरी वृक्षको ऐतिहासिक र साँस्कृतिक महत्व समेत रहेको छ ।
#बाह्रैमास बाह्रैमास हरियो रहने यो वृक्षमा गिद्ध, चिल, काग बकुल्ला लगायतका ठुला चराहरु बस्दैनन् भने चराले गुण समेत नलगाउने स्थानीयको भनाइ छ । साथै अहिलेसम्म वृक्ष स्थलमा हाती पनि प्रवेश नगरेको स्थानीय बताउँछन् । देख्दा निकै सुन्दर देखिने यस वृक्षले नेपालको विविधता, प्राकृतिक सौन्दर्यता र धार्मिक अर्थमा महत्वपूर्ण भूमिका निभाएको स्थानीय रुद्र पाण्डे बताउँछन् ।
उनका अनुसार यो वृक्षमा विभिन्न जीव र वस्तुका आकृति समेत छन् । वृक्षको हाँगा तथा जराहरुमा हात्तीको सुँड, नाग, कछुवा, मानव मस्तिष्क, अक्टोपस, गणेश भगवान, बुद्ध भगवान सुतेको आकृति रहेको स्थानीय पाण्डे बताउँछन् ।
किम्वदन्ती अनुसार यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । पर्यटकीय आकर्षणको रुपमा रहेका कारण वार्षिक हजारौं पर्यटकहरू पाकरी वृक्ष हेर्नका लागि देवदहमा आउने गरेको बताइएको छ । साभार of Nepal बाट