16/03/2020
Dream Devdaha :Unity for Change
ड्रिम देवदह युनीटी फर चेन्ज
०७१ सालमा देवदहका उत्साही अध्ययनरत बिद्यार्थिहरुको प्रयासमा शुरु भएको अभियान हो । यसले शिक्षा लाई व्यवहार र समाज संग जोडने प्रयत्न गर्दै विविध कार्यक्रमहरु सञ्चालन गर्र्दै आयो । ०७६ सम्म आई पुग्दा यो अभियानलाई बिधिवत दर्ता गरी अघि बढाउने सोँचहरु देखा परे । अभियान औपचारिकता नफसोस भन्ने बिचारले दर्ता गर्ने कि नगर्ने भन्ने लामो समयको बहसमा पनि हामीले समय खर्चियौं । अन्तत हामीले सामाजिक संस्थाको रुपमा दर्ता गरी अघि बढायौ । अव यसको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व ष्निर्माण गर्ने बेला आएको छ । शनिबारको बैठकले १५ चैत्रमा शितलनगर अपांग सेवा समाजको हलमा अबिधेशन सम्मन्न गर्ने निर्णय गरेको छ । सोही कार्यक्रममा भित्ते पात्रो ०७७ को विमोचन कार्यक्रम तय भएको छ । हाल सम्म १९० भन्दा बढि युवा बिद्यार्थि अभियन्ताहरु जोडिनु भएको कार्यलयको अभिलेखमा रहेको छ । सम्भव भएसम्म सम्पर्क कायम गर्ने कोशिष गरिनेछ । यद्यपी सूचना सम्पर्कमा कठिनाई भएमा यसै सूचनालाई आधारमानी उपस्थितीका लागि अनुरोध छ । थप इच्छसक सदस्यता बन्न चाहने साथीहरुले आवेदन फाराम भर्नु होला ।
समय बिहान ः १० बजे
अभियानका रुपमा गरिएका केही कार्यक्रमहरु
+ बिषयगत छलफल र विभागहरु निर्माण
+ आँखा शिबिर ०७१,(मदन आश्रीत सभाहल)
+ दन्तशिबिर ०७१ (देवदह मावि)
+ चैते दशै मेला प्रमोशन ०७२ भवानीपुर (स्वास्थ्य शिविर र फोटो प्रदर्शनी)
+ पर्यटन सुचना केन्द्र स्थापना ०७२ भवानीपुर
(+ माटो परिक्षण अभियान देवदह ०७२(ग्रिनप्लाण्ट र युगज्योती स्कुल)
+ लागु औषध बिरुद्ध सचेतना अभियान
+ सूचना प्रविधिमा युवाहरुको सम्भावना छलफल ०७३ ( केरवानी मावि)
+ हरेक मेलामा देवदह फोटो प्रदर्शनीको नेतृत्व
+ प्रथम पार्क सम्मेलन ०७६ देवदह होटल हेरिटेज
+ देवदह राष्ट्रिय काष्ठकला कार्यशाला ०७६ ( गौतम बुद्ध राष्ट्रिय उद्यान)
सम्पर्कः
अभियान संयोजकः सिद्धिचरण भटराई, ९८४७०२६९१४,
उपाध्यक्ष ः सुरेन्द्र न्यौपाने, ९८५११४१४५४
सचिव ः दिेपेश बश्याल ९८६७१५००१६
उपसचिव, लक्ष्मण न्यौपाने, ९८५१०१२१६१
कोषाध्यक्ष ः टंक पोखरेल ९८५७०३३०३१