Lumbini Satya Khabar

Lumbini Satya Khabar "लुम्बिनी सत्य खबर – सत्य बोल्ने कलम, जनताको आवाज ✍️📰
निष्पक्ष पत्रकारिता | सामाजिक सचेतना | स्थानीयदेखि राष्ट्रिय समाचार"
(1)

कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह सम्पर्कविहीन, गोरुसिङ्गे जंगलमा खोजी तीव्रकपिलवस्तु नगरपालिका पुर्व नगर प्रमुख किर...
08/08/2026

कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह सम्पर्कविहीन, गोरुसिङ्गे जंगलमा खोजी तीव्र

कपिलवस्तु नगरपालिका पुर्व नगर प्रमुख किरण सिह शुक्रबार दिउँसो देखि तिलौराकोट साझेदारी वन क्षेत्रबाट सम्पर्क बिहिन भएकोमा गए राती मध्यरात सम्म स्थानीय र नेपाल प्रहरी द्वारा संयुक्त रुपमा खोजी गर्दा वहाले प्रयोग गरेको मोटर साईकल लु प्र०१०१३प ७९७०नम्बरको फेला परेको थियो।

राती करिव डेढ दुई बजे सम्म खोजी गर्दा समेत फेला पारन नसके पछि रोकिएको खोजी कार्य शनिबार बिहान देखि पु:न ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे सहितको टोलिले गोरुसिङ्गे जङ्गलमा खोजी कार्यलाई तिब्रता दिएको छ।

मर्चवारका लागि अत्यन्तै दुःखद खबर 😢🙏घरको आर्थिक समस्या समाधान गर्ने उद्देश्यले रोजगारीका लागि विदेश पुग्नुभएका मर्चवारीम...
07/08/2026

मर्चवारका लागि अत्यन्तै दुःखद खबर 😢🙏

घरको आर्थिक समस्या समाधान गर्ने उद्देश्यले रोजगारीका लागि विदेश पुग्नुभएका मर्चवारीमाई–४, सिलौटियाका स्व: ज्ञानु पटेल आज पार्थिव शरीर बनेर आफ्नै जन्मभूमि नेपाल फर्किनु हुँदैछ।

परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर मलेसिया पुग्नुभएका ज्ञानु पटेलको यसरी असामयिक निधन भएपछि घरमा श्रीमती र दुई साना बच्चासहित सम्पूर्ण परिवारमा ठूलो बज्रपात परेको छ।

काठमाडौँबाट हालै स्व: ज्ञानु पटेलको पार्थिव शरीर आफ्नै जन्मभूमि मर्चवारतर्फ ल्याइँदैछ।
यो पीडादायी खबरले सम्पूर्ण मर्चवारवासीलाई स्तब्ध बनाएको छ।

स्व: ज्ञानु पटेलको आत्माले चिरशान्ति पाओस्।
शोकसन्तप्त परिवारजनमा यो दुःख सहने शक्ति मिलोस्। 🙏

भावपूर्ण श्रद्धाञ्जली। 🙏

विश्व स्तनपान सप्ताहको अवसरमा सुक्रौलीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न ।लुम्बिनी, श्रावण २१, २०८३।लुम्बिनी सांस्कृतिक नग...
06/08/2026

विश्व स्तनपान सप्ताहको अवसरमा सुक्रौलीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

लुम्बिनी, श्रावण २१, २०८३।
लुम्बिनी सांस्कृतिक नगरपालिका शहरी स्वास्थ्य केन्द्र, सुक्रौलीको आयोजनामा विश्व स्तनपान सप्ताह (साउन १६–२२, २०८३) को अवसरमा "दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ" भन्ने मूल नारासहित लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३, सुक्रौलीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र सुक्रौलीका सि.हे.व. अनिल बरई, अ.न.मी. सम्झना काउचा तथा का.सा. अवनिश हरिजन को सक्रिय सहभागिता रहेको थियो। साथै सेतो गुराँस बाल विकास सेवा, रूपन्देही का प्रशिक्षक सिम्पु श्रीवास्तव ले प्रभावकारी स्तनपान, आमा तथा शिशुको पोषण र स्वास्थ्यसम्बन्धी सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सि.हे.व. अनिल बरई ले स्तनपान शिशुको पहिलो र सबैभन्दा महत्वपूर्ण पोषण भएको उल्लेख गर्दै जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्न तथा पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउन आग्रह गर्नुभयो। उहाँले "दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ" भन्ने मूल नारालाई सफल बनाउन परिवार, समुदाय, स्वास्थ्यकर्मी र सबै सरोकारवालाको साझा भूमिका आवश्यक रहेको बताउनुभयो।

उक्त कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ का गर्भवती महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालासहित ४५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमले प्रभावकारी स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

मलेसियामा रुपन्देहीका युवा ज्ञानु पटेल (अल्गु) को असामयिक निधन 😭रुपन्देहीघरको जिम्मेवारी वहन गर्दै परिवारका सपना पूरा गर...
01/08/2026

मलेसियामा रुपन्देहीका युवा ज्ञानु पटेल (अल्गु) को असामयिक निधन 😭

रुपन्देही

घरको जिम्मेवारी वहन गर्दै परिवारका सपना पूरा गर्ने उद्देश्यले रोजगारीका लागि मलेसिया पुगेका रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिका–४, सिलवटिया निवासी श्री सच्चाराम भरका सुपुत्र ज्ञानु पटेल (अल्गु) को ३६ वर्षको उमेरमा मलेसियाको ( शाहआलम, सेलाङ्गोरस्थित टेली पेपर एसडिएन बिएचडी कम्पनी मा ) कार्यरत रहेका बेला असामयिक निधन भएको दुःखद खबर प्राप्त भएको छ।

करिब चार वर्षदेखि मलेसियामा कार्यरत रहँदै परिवारको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर संघर्षरत ज्ञानु पटेलको अकस्मात् निधनले परिवार मात्र होइन, सम्पूर्ण मार्चवार क्षेत्र नै शोकमा डुबेको छ।

मेहनती, इमानदार, मिलनसार तथा सहयोगी स्वभावका रूपमा परिचित ज्ञानु पटेल (अल्गु) को असामयिक निधनले आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ।

यस दुःखद घडीमा नेपाल सरकार, मलेसियास्थित नेपाली राजदूतावास तथा सम्बन्धित निकायहरूसँग दिवंगत ज्ञानु पटेल (अल्गु) को पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याई शोकाकुल परिवारको जिम्मा लगाइदिन आवश्यक समन्वय र पहल गरिदिन हार्दिक अनुरोध गर्दछौं। 🙏

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

ॐ शान्तिः

रुपन्देहीमा ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी, तीन जनाविरुद्ध कारबाहीको मागअहिरनडिहवा (रुपन्देही) — रुपन्देही...
22/07/2026

रुपन्देहीमा ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी, तीन जनाविरुद्ध कारबाहीको माग

अहिरनडिहवा (रुपन्देही) — रुपन्देहीको गैडहवा गाउँपालिका–३, अहिरनडिहवाका एक स्थानीयले आफूलाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरिएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दिएका छन्।

प्रहरीमा दर्ता गरिएको जाहेरीअनुसार स्थानीय निरञ्जन कलवारले रामशंकर कहार, मुरलीधर कहार र समुनरी कहार विरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा कानुनी कारबाहीको माग गरेका छन्।
जाहेरीवाला कलवारका अनुसार २०८३ साल साउन ३ गते साँझ करिब ५ बजे घरअगाडि रहेको सार्वजनिक सडकबाटोमा सामान्य विवादका क्रममा आरोपितहरूले घरेलु हातहतियारसहित सुनियोजित रूपमा घेराबन्दी गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए।

आक्रमणका क्रममा आफूलाई कुटपिट तथा लछारपछार गरी गम्भीर चोट पुर्‍याइएको र उपचार गराउनुपरेको उनले जाहेरीमा उल्लेख गरेका छन्।
पीडितले घटनाको निष्पक्ष अनुसन्धान गरी उपचार खर्च, क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

जाहेरीसँगै मोबाइलमा खिचिएको भिडियो, घटनास्थलसम्बन्धी विवरण तथा स्वास्थ्य परीक्षण (मेडिकल) प्रतिवेदन प्रमाणका रूपमा पेश गरिएको पनि उल्लेख गरिएको छ।
यस घटनाबारे प्रहरीले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाका सम्बन्धमा आरोपित पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

हिलो, धुलो र खाल्डाखुल्डीको बीचमा जनताको यात्रालुम्बिनी वार्ड नं 12  बरगदवा को हालत लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ बरग...
20/07/2026

हिलो, धुलो र खाल्डाखुल्डीको बीचमा जनताको यात्रालुम्बिनी वार्ड नं 12 बरगदवा को हालत

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ बरगदवा को मुख्य सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण स्थानीयवासी, विद्यार्थी तथा सवारी चालकहरू दैनिक सास्ती भोग्न बाध्य छन्।
यस्तो अवस्थामा स्थानीयको प्रश्न छ मेयरज्यू कहाँ हुनुहुन्छ? जनताको समस्या देख्नुभएको छैन?

नगरपालिकाले विभिन्न योजना र विकासका कार्यक्रमको चर्चा गरिरहँदा वडा नं. १२ को मुख्य सडक भने उपेक्षाको सिकार बनेको स्थानीयको गुनासो छ। जनप्रतिनिधिहरूले विकासका ठूला कुरा गर्ने तर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत समस्या समाधानमा चासो नदिएको आरोपसमेत उठ्न थालेको छ।

स्थानीयवासीहरू भन्छन्, गार्डेन कार्यक्रम र भाषणभन्दा पहिले सडक बनाउनुहोस्। जनतालाई सहज आवागमनको व्यवस्था गर्नुहोस्।

सडकको दयनीय अवस्थाले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयले मेयर, वडा अध्यक्ष तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। अब आश्वासन होइन, व्यवहारिक काम र सडक सुधारको प्रत्यक्ष परिणाम देख्न चाहिएको उनीहरूको माग छ।

20/07/2026

कपिलवस्तु नगरपालिका वडा नं. ३ निवासी इलाकत खान (टिकटकमा 'Gangster' नाम प्रयोग गर्ने) सम्बन्धमा गम्भीर प्रश्न

कपिलवस्तु नगरपालिका वडा नं. ३ निवासी इलाकत खान, जसले टिकटकमा आफूलाई "Gangster" भनेर चिनाउने गरेका छन्। उनी सार्वजनिक टिकटक लाइभमार्फत रिभल्भर जस्तो देखिने हतियार प्रदर्शन गर्दै, अश्लील गालीगलौज गर्ने र मानिसहरूलाई धम्क्याउने गतिविधिमा संलग्न भएको भन्दै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भइरहेका छन्।

स्थानीय स्तरमा उनीसँग सम्बन्धित झगडा, सामाजिक अशान्ति र विभिन्न विवादका घटनाहरूबारे लामो समयदेखि चर्चा हुँदै आएको छ। साथै, उनीमाथि विगतमा विभिन्न मुद्दाहरू रहेको भन्ने दाबी पनि स्थानीय स्तरमा सुनिँदै आएको छ। यदि यस्ता दाबीहरू सत्य हुन् भने, सम्बन्धित निकायले त्यसको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुपर्छ।

स्थानीयवासीहरूबीच उनी राजनीतिक संरक्षणमा रहेकाले कानुनी कारबाहीबाट जोगिँदै आएको भन्ने आशंका पनि व्यक्त भइरहेको छ। यदि यो सत्य होइन भने, सम्बन्धित निकायले तथ्यसहित स्पष्ट पार्नुपर्छ। यदि सत्य हो भने, कानुन सबैका लागि समान हुनुपर्छ भन्ने संवैधानिक सिद्धान्तको पालना हुनुपर्छ।

सार्वजनिक रूपमा सामाजिक सञ्जालमा रिभल्भर वा रिभल्भर जस्तो देखिने हतियार प्रदर्शन गर्दै मानिसहरूलाई धम्क्याउने कार्य गम्भीर विषय हो। यस्तो भिडियो सार्वजनिक हुँदा पनि नेपाल प्रहरी र सम्बन्धित प्रशासन किन मौन छ? के सम्बन्धित निकायले ती भिडियोहरू देखेको छैन? वा देखेर पनि कुनै कारणवश कारबाही अघि बढाइएको छैन? यस्ता प्रश्नहरू अहिले आम नागरिकले उठाइरहेका छन्।

यदि यही कार्य कुनै सामान्य नागरिकले गरेको भए, के प्रशासन यति नै मौन रहने थियो? कानुनको कार्यान्वयन व्यक्तिको पहुँच, शक्ति वा राजनीतिक सम्बन्धका आधारमा होइन, प्रमाण र कानुनका आधारमा हुनुपर्छ।

यस विषयमा सम्बन्धित निकायले सार्वजनिक रूपमा देखिएका भिडियोहरूको सत्यता परीक्षण गरी, हतियार वास्तविक हो वा होइन भन्ने प्राविधिक जाँच, आवश्यक अनुसन्धान तथा कानुनबमोजिम निष्पक्ष कारबाही अगाडि बढाउनु आवश्यक छ। कानुन सबैका लागि बराबर लागू भएको देखिनु नै विधिको शासनप्रतिको जनविश्वास कायम राख्ने आधार हो।

चन्द्रौटामा २६ सय लिटर घरेलु मदिरा नष्टमाधव बेल्बासे, कपिलवस्तु — वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिकाका विभ...
20/07/2026

चन्द्रौटामा २६ सय लिटर घरेलु मदिरा नष्ट

माधव बेल्बासे, कपिलवस्तु — वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरेको २६ सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ।
प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार शिवराज–४ बनकट्टी र चन्द्रौटा बजार आसपासबाट १७ सय लिटर पास (घरेलु मदिरा बनाउन तयार पारिएको तरल पदार्थ) र ९ सय लिटर तयारी घरेलु मदिरा बरामद गरिएको हो।

बरामद गरिएको मदिरा तथा पास सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। मदिरा र पास राखिएका पलाष्टिकका ड्रम जर्किन लगायतका सामाग्री समेत बरामद गरिएको हो ।

अवैध घरेलु मदिराको उत्पादन, ओसारपसार र बिक्री–वितरण नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पुर्याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।

अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको।कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका र कृष्णनगर नगरपालिकामा केही होटल व्...
20/07/2026

अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका र कृष्णनगर नगरपालिकामा केही होटल व्यासायीले अवैध रूपमा मदिरा उत्पादन गर्ने र स्थानीयमा बिक्री गर्ने गरी रहेका छन्।

इलाका प्रहरी कृष्णनगरको टोलीले चेकजाँच गर्ने क्रममा यस्तो सत्य तथ्य बाहिरिएको हो ।मिति २०८३-०४-३ छापा हान्ने क्रममा करिब ४४५ लिटर मदिरा भेटिएको हो र त्यो सबै मदिरालाई प्रहरी द्वारा नियन्त्रणमा लिए नष्ट गरिएको हो।

प्रहरी प्रमुख का अनुसार उनीहरूले लामो समय देखि अवैध रूपमा घरमा रक्सी उत्पादन गर्ने र स्थानीय बासीलाई बेचबिखन गर्ने गर्थे ।

मदिरा पदार्थ स्वास्थ्यको लागि हानीकारक हुन्छ र यस ले गर्दा मानवको स्वास्थ्यमा ठूलो नकरात्मक असार पुर्याउँछ जस्ले गर्दा मानवलाई विभिन्न रोगहरू लाग्न सक्छन्।आज भोलिका व्यक्तिहरूले मदिरा खाएर गाडी चलाउने गर्छन् र यसले गर्दा गाडी दुर्घटना हुन ठूलो सम्भावना हुन्छ।

एउटा व्यक्ति दुई सामुदायिक संस्था मा कार्यरत र विद्यार्थीको भविष्य संकटमा   कपिलबस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा ...
19/07/2026

एउटा व्यक्ति दुई सामुदायिक संस्था मा कार्यरत र विद्यार्थीको भविष्य संकटमा

कपिलबस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं -०१-मा स्थित फलाँहरी बाबा बहुमुखी क्याम्पसमा अध्यापन गर्ने अध्यापक दुई वटा सामुदायिक संस्थामा अध्यापन गरी रहेको छन्।
यस क्याम्पस मा अध्यापन गर्न ( क्याम्पस प्रमुख सुरज लाल कसौधन , जनिक मा वि का प्रधानाध्यापक हरिराम गुप्ता , राजकुमार गुप्ता, मीना खनाल र रामेश्वर चौधरी यति जना श्री

जानकी मा वि मा पनि अध्यापन गरी राख्नु भएको छ र आफू १० बजे सम्म क्याम्पसमा अध्यापन गर्ने र त्यस पछि जानकी मा.बि. अध्यापन गर्न जानु हुन्छ। यसले गर्दा क्याम्पस मा अध्ययन गर्ने विद्यार्थी लाई अध्ययन गर्न गाह्रो भएको छ त्यहाँ विद्यार्थीले बताएका हुन्।

नगरपालिकाको सूचना अनुसार जति बेला श्री जानकी मा. बि. बिहानी कक्षा सञ्चालन गर्छन् त्यो बेला यस फलाहरी बाबा बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख ज्यूले साझाको ३:०० बजे देखि अध्ययन र अध्यापन कार्यको लागि क्याम्पस सञ्चालन गर्नु हुन्छ। एउटा व्यक्तिले दुई ठाउँ मा जागिर खाने विगत लामो समय देखि गरिरहेका छन्।

कहिले ६:०० देखि त कहिले ३:०० बजे देखि क्याम्पस चलाएकोले गर्दा यस क्याम्पस मा अध्ययन गर्ने विद्यार्थी आउन र जानालाई समस्या परेको छ र गुणस्तर शिक्षा लिन सकेका छैनन र उनीहरूको भविष्य संकटमा परेको छ। यस कपिलवस्तु जिल्लामा अरु पनि क्याम्पस छन् र आफ्नो यथावत समयमा क्याम्पस सञ्चालन गरिरहनु भएको छ।

यस विषयमा त्यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले नगरप्रमुख ज्यू सामुक्ष प्रकट गरेका थिए। नगरप्रमुख ज्यूले सुधार गर्नलाई भन्नु भएको थियो तर अहिले पनि यस क्याम्पसमा केही पनि सुधार हुन सकेको छैन् ।
यदि यस क्याम्पसमा यस्तै प्रविर्ती रहियो भने यहाँ अध्ययन गर्ने सबै विद्यार्थीको जीवन संकट मा पर्छ र उनीहरू गुणस्तर शिक्षा प्रदान गर्न सक्दैनन्।

Address

Lumbini Sanskritik Nagarpalika 10 Mahilwar
Lumbini
32900

Alerts

Be the first to know and let us send you an email when Lumbini Satya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Satya Khabar:

Shortcuts

Share