21/11/2025
कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू धेरै दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन वि'रोध आ"न्दोलन सुरु गरे ।
व्यवस्थापनले आ'न्दोलन सुनेर भन्यो:
“ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”
यता कर्मचारीहरू बैठक बस्छन् ।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी
सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।
अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”
भोटको नतिजा चाहिँ यस्तो आयो:
समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%
गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत
# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।
अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" यस्तै हो देश र जनताको चाला ।
पीडा सबैलाई छ।
कसैलाई चित्त बुझेको छैन तर आफूमा एकता नभएर खराबलाई पराजित गर्न पनि सकेको छैन ।