कालोझोला

कालोझोला “सत्यको साथमा”
“विश्वसनीय समाचारको स्रोत”
“जहाँ सत्य बोलिन्छ”
“समाचारभन्दा अगाडि सत्य”
www.kalojhola.com

संयुक्त अरब इमिरेट्सका क्रिकेट खेलाडी आसिफ खान प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएपछि १५ महिनाक...
27/08/2026

संयुक्त अरब इमिरेट्सका क्रिकेट खेलाडी आसिफ खान प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएपछि १५ महिनाका लागि प्रतिबन्धमा परेका छन् ।

आसिफले सन् २०२५ सेप्टेम्बर ८ मा गरिएको प्रतियोगिताबाहिरको परीक्षणमा प्रतिबन्धित पदार्थ मेस्टेरोलोनको चयापचयबाट बन्ने पदार्थ प्रयोग गरेको देखिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को प्रतिबन्धित पदार्थविरुद्धको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

३६ वर्षीय आसिफले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतिबन्धित पदार्थसम्बन्धी नियमको धारा २.१ उल्लंघन गरेको स्वीकार गर्दै विश्व प्रतिबन्धित पदार्थ नियन्त्रण निकाय र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग भएको सहमति सम्झौतामार्फत सजाय स्वीकार गरेको आइसीसीले जनाएको छ ।

उनको प्रतिबन्ध अवधि सन् २०२५ सेप्टेम्बर ८ देखि लागू भएको मानिनेछ र सन् २०२६ डिसेम्बर ७ सम्म रहनेछ । आसिफले सन् २०२६ अक्टोबर ८ देखि टोलीसँग प्रशिक्षण गर्न वा क्लब तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का सदस्य संस्थाका अभ्यासस्थल प्रयोग गर्न पाउनेछन् । तर प्रतिस्पर्धात्मक क्रिकेटमा भने डिसेम्बर ८ देखि मात्र फर्कन पाउनेछन् ।

नियमअनुसार सन् २०२५ सेप्टेम्बर ८ देखि डिसेम्बर २९ मा अस्थायी प्रतिबन्ध सुरु हुनुअघिसम्म आसिफले खेलेका व्यक्तिगत प्रदर्शनका सबै नतिजा रद्द गरिएको छ । यससँगै उनले प्राप्त गरेका पदक, अंक, पुरस्कार रकम तथा अन्य पुरस्कारसमेत गुमाउनेछन् ।

आसिफले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेयता संयुक्त अरब इमिरेट्सका लागि ३८ एकदिवसीय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
#

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न...
27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

सरकारले यसअघि नेपाली बैंकका खाता नम्बर सार्बजनिक गरेकोमा अब विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ । सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (डलर खाता) - खाता नम्बर : ०१९०५६३१२१००४६

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड- खाता नम्बर : ०१०१३२४३८०१, ०२०१३२४३८०१

राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : ११३०१००००३७६२००१, ११३०१०००००००६००६

एभरेस्ट बैंक लिमिटेड- खाता नम्बर : ००१००१०५२००२७०, ००१०११०२२०००१२

नेपाल बैंक लिमिटेड- खाता नम्बर : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१

ग्लोबल आइएमई बैंक लिमिटेड- खाता नम्बर : ००४०१०१०००००५७, ००४११०१००००००५

नबिल बैंक- खाता नम्बर : १७१००१७५०५२८५

कृषि विकास बैंक लिमिटेड- खाता नम्बर : ०१००२०१००२९०७०१४

प्रधानमन्त्री राहत कोष

राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : १४३०१०००००२५००६, १४३०१००००११६४००१

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार तोकिएका खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ । विपद्को समयमा प्राप्त हुने सहयोगलाई प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा उपयोग गरिने सरकारले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ ।नेप...
27/08/2026

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको थियो । उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको जानकारी प्राप्त भएको छ ।

प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ ।

चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ ।चीनको सञ्चारमाध्...
27/08/2026

चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ ।

चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो पहिरो र आकस्मिक बाढीको जोखिम रहेको छ । आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोबाट थुप्रिएको माटो र ढुंगाले बनेका अस्थिर बाँधका कारण जोखिम थप बढेको हो ।

सिसिटिभीले लिएको भिडियोमा यसअघि पहिरो गएको स्थानमा नयाँ ताल बनेको देखिएको छ । चीनको जिरोङ बन्दरगाहनजिकै, तर नेपालको सीमाभित्र बनेको उक्त ताल भरिदै गएको छ ।

सिसिटिभीले तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिर बग्नसमेत सुरु भइसकेको उल्लेख छ । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले ताल फुट्न सक्ने उच्च जोखिम रहेको सिसिटिभीलाई उल्लेख गर्दै सिएनएनले लेखेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन...
27/08/2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

आज बिहान ९: ३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

​बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएका थिए । स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ ।

वाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ ।नेपाल प्रहरीका अनुसार विहिबार दिउसो साढे १ ...
27/08/2026

वाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार विहिबार दिउसो साढे १ बजेसम्मको अपडेट अनुसार २७० जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ ।

त्यसैगरी, बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् । देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।

एक लाख घुससहित पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध विशेष अदालत काठमाड...
27/08/2026

एक लाख घुससहित पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिने र घुस माग्ने गरेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा तामाङले आर्थिक वर्ष २०८२/८३ मा म्यागङ गाउँपालिका, नुवाकोटअन्तर्गत सौर्य सडक बत्ती खरिद तथा जडानको काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेर एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले तामाङविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना मागदाबी गरेको छ । अख्तियारले आज विशेष अदालत, काठमाडौंमा तामाङविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जा...
27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् ।

देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ ।

त्यस्तै, लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्यूजील्याण्डका ५-५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३-३ जना, इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्याण्डस, पोर्चुगलका २-२ जना सम्पर्कविहिन रहेका छन् ।

त्यसैगरी, बेलारुस, बुल्गेरिया, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्याण्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीजरल्याण्डका एक एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डले कुल ६४४ जना बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका व्यक्तिका रूपमा राखिएको जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन् ।वार्ताका क्रममा दुवै...
27/08/2026

परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन् ।

वार्ताका क्रममा दुवै विदेशमन्त्रीले विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन् । आवश्यक पर्ने विशेष सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने पनि उनले बताएको मन्त्रालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले जनैपूर्णिमाको दिन देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको...
27/08/2026

जल तथा मौसम विज्ञान विभागले जनैपूर्णिमाको दिन देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको विशेष मौसम पूर्वानुमानअनुसार शुक्रबार रसुवाको गोसाइँकुण्ड क्षेत्रमा दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षाको सम्भावना छ भने राति केही ठाउँमा मध्यम वर्षा तथा एक–दुई ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

त्यसैगरी, सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा शुक्रबार दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षा तथा राति धेरै ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, दोलखाको जटापोखरी क्षेत्रमा शुक्रबार दिउँसो केही ठाउँमा अपराह्नदेखि मध्यम तथा राति केही ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ भने शनिबार पनि उक्त क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ ।

यसैगरी, बाजुराको बडीमालिका, काठमाडौंको मणिचूड दह, जुम्लाको दानसाँघु, नवलपरासीको त्रिवेणीधाम, दोलखाको शैलुङ, धनुषाको जनकपुरधाम र ललितपुरको कुम्भेश्वर मन्दिर क्षेत्रमा पनि शुक्रबार र शनिबार विभिन्न समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले धार्मिक तथा पर्यटकीय क्षेत्रमा जाने सर्वसाधारणलाई मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न आग्रह गरेको छ । विशेषगरी गोसाइँकुण्ड, पाँचपोखरी र जटापोखरी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

Address

Kathmandu
Malangwa
45800

Website

Alerts

Be the first to know and let us send you an email when कालोझोला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share