20/04/2024
बगरमा सिनो खाएर उड्दै गर्दा गिद्दले एउटा सुन्दर चम्किलो भाँडो खोलाको किनारमा देख्यो। यति सुन्दर चम्किलो राम्रो भाँडो देखेर गिद्दले आफुलाई बिश्वास नै गर्न सकेन र गिद्द उडेर भाँडो नजिक गयो।
अचानक भाँडोले गिद्धलाई भन्यो,
"मेरो नाम चमत्कार हो। म अलौकिक शक्तिले सम्पन्न एउटा शक्तिशाली भाँडो हुँ। म सुन्दरताको देवी हुँ किन कि म तपाइँलाई सुन्दर बनाउन सक्छु। मैले हजारौं चरा र जनावरहरुलाई सुन्दर हुनका लागि आशीर्वाद दिएको छु। र तपाईंले यहाँ भाँडोभित्र भएको तरलको एक पेय पिउनुहोस्, र तपाईं एउटा सुन्दर र आकर्षक चरामा परिणत हुनुहोस्। आज मात्रै मैले धेरै चराहरूलाई आशीर्वाद दिएको छु जस्तै: सुगा, मयुर, मैना, रुपि, डाफे आदि....।"
गिद्धले भाँडोलाई शंकास्पद रूपले हेर्यो र अस्वीकारको भावले टाउको हल्लाउँदै "मैले तिमीलाई विश्वास गर्न सक्दिन? मलाई तिमीमा विश्वास पनि छैन। मलाई धोका दिन र हानि पुर्याउन तिमीले खोजिरहेको छौं?" भन्दै गिद्द्ले भन्यो।
"ओह, मलाई शंका मान्नु पर्दैन, म नराम्रो कामको लागि होइन र मेरो शक्तिलाई कम नठान्नुहोस। आउनुहोस् आएर तरल पिउनुहोस् र आफ्नो कुरुप शरीर लाई सुन्दर बनाउनुहोस्। म साच्चिकै तपाइँलाई सुन्दर बनाउन चाहन्छु।" भाँडोले भन्यो।
एकछिन गिद्धले मनमा बिचार गर्न थाल्यो, र त्यसपछि नम्र स्वरमा भन्यो: "मलाई एक मिनेट दिनुहोस्, म जंगल र गाउँमा चर्न गएका चराहरुलाई हेरेर आउँछु। उनीहरु बास्तबमै राम्रो भएको पुष्टि भएपछि मात्रै म यो भाँडामा भएको तरल पिउँछु। त्यहाँ पुगेर फर्किहाल्छु मलाई पर्खनुहोस् भन्दै गिद्व उडेर अन्य चरा जनावरहरुलाई हेर्नका लागि गयो।"
गिद्ध उडेर गाउँमा पुगेपछि धेरैजसो चराहरू सुन्दर भइसकेका छन् भनी उसले बुझ्यो। वाह, भाँडोले सहि भनेको रहेछ भनी उसले सोच्यो। ऊ छिट्टै भाँडो भएको ठाउँमा फर्कियो, तर भाँडो त्यहाँ थिएन। जब उसले ध्यान दिएर हेर्यो भाँडो पातलो हुँदै बिलाउँदै गइरहेको उसले देख्यो। र गिद्दले बिन्ती गर्न थाल्यो: "एकछिन पर्खनुहोस्। अहिले नै नजानुहोस्, कृपया मलाई सुन्दर बनाएर जानुहोस्। प्लिज मलाई एक पटक मौका दिनुहोस्।"
त्यसपछि बिलाउंदै गरेको भाँडोले भन्यो,
"धेरै ढिलो भइसकेको छ। तिमीले सुनौलो अवसर गुमाइसकेका छौ। तिमीले मैले भनेको कुरा बुझेनौ, मैले तिमीलाई मेरो नाम चमत्कार हो, जुन अवसरको छोटो रूप हो भनेको थिए। यदि कसैले मौका गुमायो भने उसले त्यो कहिल्यै फिर्ता पाउँन सक्दैन, किन कि अवसर एक पटक मात्रै आउँछ। म जादै छु बाई बाई...
भाँडा पूरै बिलिन हुनेबित्तिकै गिद्ध भुइँमा बसेर बेस्सरी रोयो..
शंका, डर, लाज र ढिलासुस्तीले गर्दा हामीले जीवनमा कति पटक अवसर गुमाएका हुन्छौं। जीवनले हामी सबैलाई समान अवसरहरू प्रदान गर्दछ। केही अवसर देखिदैन र केही देखिन सक्छन्। यो अवसरले तपाईको जीवन परिवर्तन गर्नेछ भनेर कसैले पनि हामीलाई भन्ने छैनन्। कहिलेकाहीँ हामीलाई अवसर दिदा स्वीकार गर्नलाई अहंकारी महसुस गर्छौं। तर पछि मात्र थाहा हुन्छ जब त्यो अवसरको मुल्य आफ्नो जीवनमा कती छ भनेर। पछि त्यही मौका पाउनलाई धेरै ढिलो भैसकेको हुन्छ। आफ्नो जीवन परिवर्तन गर्न सक्ने अवसर गुमाउनु पर्दा त्यो भन्दा झुर अरू केहि हुँदैन। आफ्नो जीवनमा आइपर्ने कुनै पनि अवसर कहिल्यै नगुमाउनुहोस्। अवसरहरू आफ्नो पक्षमा पार्नुहोस, आफुलाई भाग्यमानी ठान्नुहोस र आफ्नो जीवनमा आउने कुनै पनि विकल्पलाई कहिल्यै हल्का रूपमा नलिनुहोस्।।
Malla G
********