Janardan Sharma'Prabhakar'

Janardan Sharma'Prabhakar' I am politician.

24/11/2025

आज मंसिर ८, अर्थात जनमुक्ति सेना दिवस।
२०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रुपान्तरणको नयाँ अध्याय शुरु भयो। यो दिवस जनयुद्धका मूल्य, शहीदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक हो। शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवम् अंगभंग भएकाहरूको उचित सम्मान र सम्मानपूर्ण जीवन यापन गर्नको निम्ति बाँकी कार्यभार पूरा गर्ने संकल्प सहित परिवर्तनका लागि समर्पित सबै योद्धाहरू प्रति सम्मान जाहेर गर्दछु।
जनयुद्धमा साथ दिने सबैप्रति सम्मान अर्पण गर्दै जनमुक्ति सेना दिवसको हार्दिक शुभकामना!

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभा- २०८२
23/11/2025

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभा- २०८२

23/11/2025

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभा- २०८२

21/11/2025

जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ। २०६३ मंसिर ०५ गते शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सिंगो देश एक मत र एक ढिक्का भएको ऐतिहासिक क्षण हामी सबैको निम्ति प्रेरणादायी स्मृति रहिआएको छ। हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सीखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ। यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पुनर्स्थापना र दीर्घकालीन राजनीतिक स्थायीत्व तर्फको यात्राको आधार तयार गर्‍यो।
तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा छन्—भ्रष्टाचार माौलायो, सुशासन झन् झन टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्। पुराना राजनीतिक दलका नेतृत्वहरु झन झन् असक्षम हुँदैछन् , व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो। जनताले पटक पटक मौका दिंदा पनि झन झन गल्ती गर्ने दलवाट फेरि पनि आशा गर्नु आफ्नै मुर्खता हुने हुँदा अब पुराना दल भित्रका परिवर्तन चाहने नेता, कार्यकर्ता, समर्थक र २०८२ को नवयुवा (जेन-जी) बिद्रोहका पक्षधरहरुले नयाँ राजनीतिक संकल्प सहित एकताबद्ध हुन आवश्यक छ। समस्या जति गहिरो भए पनि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाले नै स्थायी समाधान दिन्छ। यस १९ वर्षले हामीलाई सिकाएको मूल कुरा यही हो । जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रकृया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ संकल्प सहित हामी सबै एकताबद्ध भएर अघि बढौ, यहि आव्हान सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

20/11/2025

आज मंसिर ४ गते । वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेकाे तीन वर्ष पूरा भएकाे दिन पनि हाे।
त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरुले जनप्रतिनिधिहरुलाई भ्रष्टाचार बिरुद्ध, सुशासन र बिकाशकाे पक्षमा परिचालन नगरेकाे मात्र हाेईन, भ्रष्टाचार र कुसासनकाे प्रबर्द्धन गरेको कारण नवयुवा (जेन-जी) बिद्रोह २०८२ भयाे र याे जारी नै छ। परिणामस्वरूप २०८२ फागुन २१ गते नयाँ निर्वाचन घाेषणा भएको छ। नवयूवा (जेन-जी) बिद्रोह र बलिदानकाे समेत उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरु केन्द्रीकृत हुन थालेपछि ती दलहरुमा पहिले देखिनै सुसासन र बिकासकाे पक्षमा एवं भ्रष्टाचारकाे बिरुद्धमा संघर्ष गर्दै आएका नेताहरुले दलभित्र बिद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरुसंग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेकाे अवस्था छ। जुन जनबिद्रोह २०८२ प्रति सम्मान र देश र जनताप्रति कर्तव्य पनि हाे। देश र जनताको हितलाई सर्बोपरि मान्ने सम्पूर्ण जनसमुदायलाई नयाँ ढंगवाट साेच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यकाे निम्ति हार्दिक आव्हान गर्दछु।

प्रगतिशील राष्ट्रिय अभियान!
19/11/2025

प्रगतिशील राष्ट्रिय अभियान!

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता—नेपाल प्रिमियर लिग (NPL) को दोश्रो संस्करण आजबाट सुरू हुँदैछ। यस सुखद अवसरमा ...
17/11/2025

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता—नेपाल प्रिमियर लिग (NPL) को दोश्रो संस्करण आजबाट सुरू हुँदैछ। यस सुखद अवसरमा प्रतियोगितामा सहभागी सबै क्लब र खेलाडी टिमहरु, नेपाल क्रिकेट संघ, यसका पदाधिकारी, व्यवस्थापक तथा विश्वभर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

राष्ट्रिय विभूति, किराँत धर्मका महागुरु एवम् समाज सुधारक फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको उपलक्ष्यमा हार्दिक मंगल...
11/11/2025

राष्ट्रिय विभूति, किराँत धर्मका महागुरु एवम् समाज सुधारक फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
27/10/2025

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

24/10/2025

रुकुम पश्चीम सदरमुकामबाट खदीतर्फ जॅादै गरेको जीप झारमारेको नजिक दुर्घटना भई सात जनाको मृत्यु भएको र दशजना गम्भीर घाइते भएको खबरले दुखित भएको छु ।
मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलि तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।उद्धारमा खटिरहनु भएका युवा साथीहरू र सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दछु।

उज्यालो काठमाणडौ
20/10/2025

उज्यालो काठमाणडौ

20/10/2025

उज्यालो नेपाल!

Address

Musikot
22000

Website

Alerts

Be the first to know and let us send you an email when Janardan Sharma'Prabhakar' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janardan Sharma'Prabhakar':

Share