Hamropati Media

Hamropati Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamropati Media, News & Media Website, Narayangarh.

27/05/2025

कुनै पनि मन्त्री अनुसन्धानको घेरामा तानिन्छ भने उसले सम्बन्धित मन्त्री पदबाट राजिनामा दिनुपर्छ :- गृहमन्त्री लेखक

यहि चैत ५ मा हुन गैरहेको स्वबियु निर्वाचनमा जन आदर्श बहुमुखी क्याम्पस , राप्ती-०७ विरेन्द्रनगरमा अनेरास्ववियुको तर्फबाट ...
11/03/2025

यहि चैत ५ मा हुन गैरहेको स्वबियु निर्वाचनमा जन आदर्श बहुमुखी क्याम्पस , राप्ती-०७ विरेन्द्रनगरमा अनेरास्ववियुको तर्फबाट अनुज न्यौपानेलाई सर्बसम्मत स्वबियु सभापतिको उमेदवार घोषणा गरिएको छ ।

नेकपा एकिकृत समाजवादी राप्ती नगर वडा नं ५ को वडा कमिटीको अध्यक्षमा प्रविण खनाल सर्वसम्मत चयन भएका छन ।
10/03/2025

नेकपा एकिकृत समाजवादी राप्ती नगर वडा नं ५ को वडा कमिटीको अध्यक्षमा प्रविण खनाल सर्वसम्मत चयन भएका छन ।

एसपी राजन लिम्बुले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्डआज शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएर एसपी लिम्बुल...
01/02/2025

एसपी राजन लिम्बुले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

आज शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएर एसपी लिम्बुले चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

कमाण्ड सम्हाल्दै एसपी लिम्बुले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरे । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका लिम्बू प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

खिचरा महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्रीले उद्घाटन गर्नेराप्ती । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरू ...
12/01/2025

खिचरा महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

राप्ती । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरू हुने दसौँ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ ।

महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए ।

थारु समुदायको महान् पर्व माघीको अवसर पारेर हरेक वर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय साझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए ।

१५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोँगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गतेसम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रवर्द्धनमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवर्द्धकको रहेको सो महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालन गरेको कार्यक्रममा थाकसकी केन्द्रीय पार्षद् चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

सवारी दुर्घटनामा अपडेट: एकको मृत्यु,  १३ जना घाइतेआज शनिवार दिउँसो एक बजेको समयमा मनहरी ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडक...
11/01/2025

सवारी दुर्घटनामा अपडेट: एकको मृत्यु, १३ जना घाइते
आज शनिवार दिउँसो एक बजेको समयमा मनहरी ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा स्कारपियो र कार एकआपसमा ठोक्किएर दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने १३ जना घाइते । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड बस्ने ६० बर्षिय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको हो ।
त्यस्तै कारमा सवार जिल्ला चितवन राप्ति नगरपालिका २ गड्यौली बस्ने बर्ष ५५ को ओम कुमार श्रेष्ठ, ५० बर्षिय सुनिता श्रेष्ठ, २१ बर्षिय सुमिना श्रेष्ठ घाइते ।
त्यस्तै स्कारपियोमा सवार पर्सा बिरगंज महानगरपालिका २ छपकैया बस्ने २६ बर्षिय पुजा देवि शाह, उहाँको छोरी ८ बर्षिय प्रियान्सि शाह, २३ बर्षिय सुरदी देवि, २१ बर्षिय निशा कुमारी शाह, १५ बर्षिय ओम संकर साह, १९ बर्षिय राजिब कुमार साह, १९ बर्षिय आरती कुमारी साह, ४ बर्षियन दिब्या कुमारी साह,१६ बर्षियन सरोज शर्मा र १९ बर्षिया रोशनी शर्मा घाइते ।

राप्ति युथ एन्ड इन्टरटेन्मेण्ट को आयोजनामा र भन्डारा अस्पतालको सहयोगमा राप्ति पुनर्स्थापना केन्द्रमा स्वास्थ परिक्षण कार...
11/01/2025

राप्ति युथ एन्ड इन्टरटेन्मेण्ट को आयोजनामा र भन्डारा अस्पतालको सहयोगमा राप्ति पुनर्स्थापना केन्द्रमा स्वास्थ परिक्षण कार्यक्रम अन्तर्गत रगत परिक्षण कार्यक्रम सम्पन्न ५७ जनाको रगत परिक्षण सम्पन साथै राप्ति युथ एन्ड इन्टरटेन्मेन्टका सन्चालक प्रबिण खनाल किमत ओलि र आसिस बर्तौला द्वारा फायर एक्स्टिन गुइसर प्रदान गरियो

नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय आधारभुत विधालय राप्ती -६ पडरियामा “ न्यानो कपडा एवम् शैक...
10/01/2025

नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय आधारभुत विधालय राप्ती -६ पडरियामा “ न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम” नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा संसदीय दलका नेता, पुर्व मन्त्री माननीय जगन्नाथ थपलिया ज्युको प्रमुख आथित्यतामा सम्पन्न गर्यो । कार्क्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, सदस्यहरु गोविन्द प्रसाद कडेल, श्यामलाल विक , प्रदेश विभागीय सदस्य जल्लु महत्तो थारु, राप्ती नगरकमिटी अध्यक्ष राजकुमार कडेल, जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाई, जिल्ला समन्वय समिति सदस्य गुनु विक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अथिति पुर्व मन्त्री जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने जनाउनु भयो र राप्ती ६ मा बागमती प्रदेश सरकारबाट प्रसस्तै बजेट विनियोजन नेकपा एमालेको पहलमा भएको स्मरण गराउनु भयो। यस्तै मन्तव्य राख्नु हुदै नेकपा एमाले प्रदेश उपाध्यक्ष एवम् पुर्व मन्त्री दावा दोर्जे लामाले न्यानो कपडा एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने प्रवासी मञ्च पोल्याण्डका सहयोगी रुपक थापा, वडा कमिटी सदस्य धनराज चौधरी लगायतका सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो र सामाजिक काममा स्थापित पार्टी नेकपा एमाले रहेको कुरा उल्लेख गर्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै युवा नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का इन्चार्ज उत्तम सेढाईले विभिन्न समयमा पार्टीको समन्वयमा हुने यस्ता मनकारी मानवहीतका कार्क्महरुको आयोजनाले नेकपा एमाले जनताको पार्टी भएको पुनर्पुष्टी गर्ने गरेको प्रसंग उल्लेख गर्नु भयो साथै प्रवासी मन्च पोल्याण्डका क.रूपक थापा र वडा कमिटी सदस्य क.धनराज चौधरीलाई सहयोगको लागी धन्यवाद व्यक्त गर्नुभयो। राष्ट्रिय आधारभुत विद्यालय राप्ती-६, पडरियाका ११० जना विद्यार्थीहरूलाई अविभावकहरुको उपस्थितिॅा न्यानो कपडा स्विटर तथा शैक्षिक सामाग्री वितरण गरि कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता नेकपा एमाले राप्ती ६ का अध्यक्ष शिवनारायण चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन युवा नेता अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले गर्नु भएको थियो ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी स्थित पुर्व पश्चिम राजमार्गमा ट्रक पल्टिएको छ । राती करिव २ बजेको समयमा पुर्व...
31/12/2024

चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी स्थित पुर्व पश्चिम राजमार्गमा ट्रक पल्टिएको छ । राती करिव २ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ख-२७०९ नम्बरको प्लाइ बोकेको ट्रक सडक किनारमा पल्टिएको हो । दुर्घटनामा चालक समान्य घाइते भएको बताइएको छ ।

 राप्ती ७ घर भएका देवराज खरेल को कालो रंग को पर्स राप्ती ५ भण्डारा देखि ६ ग्रुप अाउने करम मा हराएको  हुँदा कोसै ले भेटाउ...
21/12/2024


राप्ती ७ घर भएका देवराज खरेल को कालो रंग को पर्स राप्ती ५ भण्डारा देखि ६ ग्रुप अाउने करम मा हराएको हुँदा कोसै ले भेटाउनु भाको भए सम्पर्क गर्नु होला।

+9779744340283 (९७४४३४०२८३)
+9779818224825
देवराज खरेल
राप्ती 7 वीरेन्द्रनगर, चितवन

पर्स मा भाको सामानहरू:
१-परिचय पत्र
२- लाइसेन्स
३- एटीएम कार्ड
४- नागरिकता

खैरहनी । ‘उद्योग, कृषि, पर्यटन : खैरहनी नगर विकासको मूल आधार’ भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबारदेखि सुरू भ...
21/12/2024

खैरहनी । ‘उद्योग, कृषि, पर्यटन : खैरहनी नगर विकासको मूल आधार’ भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबारदेखि सुरू भएको छ ।

उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा सुरू भएको महोत्सवको एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे ।

खैरहनी २ स्थित लदरी खोलाकिनारमा सुरू भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पाण्डेले चितवन पर्यटनको राजधानी बन्न सक्ने बताए । त्यसका लागि सरकारको तर्फबाट आवश्यक नीति, आर्थिक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘चितवन पर्यटनसँग जोडिएको जिल्ला हो, यो देशको बीच भागमा पनि छ’, पर्यटन मन्त्री पाण्डेले भने, ‘पर्यटकीय गतिविधिलाई बढावा दिन सके चितवन पर्यटनको राजधानी बन्न सक्छ ।’

मन्त्री पाण्डेले महोत्सवले व्यावसायिक गतिविधि गतिशील बनाउन मद्दत गर्ने बताए । खैरहनी नगरपालिका विकासका हिसाबले अघि बढ्दै गरेको आफूले पाएको भन्दै दिगो र बलियो पूर्वाधार बनाउनुपर्ने बताए ।

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत राप्ती नगरपालिका ६ हर्दी मा कङ्गृट बोक्ने मिक्चर दुर्घटना भएको छ!
20/12/2024

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत राप्ती नगरपालिका ६ हर्दी मा कङ्गृट बोक्ने मिक्चर दुर्घटना भएको छ!

Address

Narayangarh

Telephone

+9779866387574

Website

Alerts

Be the first to know and let us send you an email when Hamropati Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamropati Media:

Share