Lok Suchana

Lok Suchana अनलाइन न्युज पोर्टल ।

लोक सूचना अनलाइन : एक समावेशी, उत्तरदायी र तथ्यमा आधारित डिजिटल समाचार प्लेटफर्म हो । शिक्षा, स्वास्थ्य, राजनीति, संस्कृति, र सशक्तीकरणका विषयमा विश्वसनीय पत्रकारिता र सम्पादकीय दृष्टिकोणमार्फत नागरिक सशक्तीकरणमा समर्पित ।

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु (धादिङको बैरेनी बजारको १ कि.मी. सडक मत्रै एकतर्फी)
29/08/2026

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु (धादिङको बैरेनी बजारको १ कि.मी. सडक मत्रै एकतर्फी)

28/08/2026


#बाढी
भदौ १२, राती ०८:५४ बजे
जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा

28/08/2026

फेरि बाढी आएको सूचना

धादिङका प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ- "बाढी रसुवा आइपुगिसक्यो छिटो बस्ती खाली गर्नुहोस् ।”

यज्ञोपवीत एवं डोरो मन्त्रिँदैनवलपुर (नवलपरासी), १२ भदौः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको गोपेश्वर महादे...
28/08/2026

यज्ञोपवीत एवं डोरो मन्त्रिँदै
नवलपुर (नवलपरासी), १२ भदौः
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको गोपेश्वर महादेव मन्दिरमा आज जनै पूर्णिमाका दिन गुरु पुरोहितहरूले यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) मन्त्रोच्चारणद्वारा मन्त्रिदै । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान यज्ञोपवीत एवम् रक्षासूत्र मन्त्रिएपछि गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तस्बिरः रासस

मन्त्रिन राखिएका यज्ञोपवीत एवं डोरोनवलपुर, १२ भदौः नवलपुरको गैँडाकोटमा रहेको गोपेश्वर महादेव मन्दिरमा मन्त्रिनका लागि रा...
28/08/2026

मन्त्रिन राखिएका यज्ञोपवीत एवं डोरो
नवलपुर, १२ भदौः
नवलपुरको गैँडाकोटमा रहेको गोपेश्वर महादेव मन्दिरमा मन्त्रिनका लागि राखिएका यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) । जनै पूर्णिमा अवसरमा आज बिहानैदेखि मन्दिरमा तागाधारीहरु यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) मन्त्रोच्चारणद्वारा शुद्धीकरण गर्न शिवालय मन्दिरमा जम्मा भएका छन् । तस्बिर: Lok Suchana

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेको स्नातकतर्फको ‘स्प्रिङ २०२६’ अन्तर्गतको भदौ १३, १४ र १...
27/08/2026

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेको स्नातकतर्फको ‘स्प्रिङ २०२६’ अन्तर्गतको भदौ १३, १४ र १५ गतेको निर्धारित सम्पूर्ण विषयहरूको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विपद्का बेला अमानवीय गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने चितवन प्रहरीको नीति, शवको कानको मुन्द्रा तान्ने दुई जना पक्राउ...
27/08/2026

विपद्का बेला अमानवीय गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने चितवन प्रहरीको नीति, शवको कानको मुन्द्रा तान्ने दुई जना पक्राउ

चितवन । विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राख्दै तत्काल पक्राउ गर्ने नीति चितवन प्रहरीले अघि बढाएको छ। बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

२०८३ भदौ १० गते तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

भिडियोको अनुसन्धान गर्ने क्रममा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई २०८३ भदौ ११ गते भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेको अवस्थामा मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भन्दै प्रहरीले यस्ता गतिविधि रोक्न कडाइ गरेको जनाएको छ।

प्रहरीले विपद्का समयमा लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण भेटिए तत्काल प्रहरीलाई सूचना दिन समेत आग्रह गरेको छ।

चितवनका वरिष्ठ दन्त रोग विशेषज्ञ दम्पती डा अजय न्यौपाने र डा सरु थापाले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्...
27/08/2026

चितवनका वरिष्ठ दन्त रोग विशेषज्ञ दम्पती डा अजय न्यौपाने र डा सरु थापाले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । सहयोग पछि डा सरु थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छः- "नेपालको लागि एकजुट होऔं 🇳🇵

हाम्रो देश विनाशकारी बाढीको चपेटामा परेर कठिन परिस्थितिसँग जुधिरहेको यस घडीमा, हाम्रा विचार, प्रार्थना र हृदयदेखिको सद्भाव प्रभावित प्रत्येक परिवार र समुदायप्रति छ।

साई राम डेन्टल केयर (Sai Ram Dental Care) को तर्फबाट हामी प्रभावित क्षेत्रहरूमा आवश्यक राहत तथा logistics सामाग्रीहरू पठाएर सहयोग गर्न चाहन्थ्यौं। तर, बाढी प्रभावित विभिन्न समुदायसम्म पुग्नुपर्ने तत्परता र चुनौतीहरूलाई ध्यानमा राख्दै, वित्तीय सहयोग (आर्थिक सहायता) धेरै छिटो पुग्न सक्ने र स्थानीय टोलीहरूले आवश्यकता अनुसारको उचित सहयोग उपलब्ध गराउन सक्ने हामीले विश्वास लिएका छौं।

प्रत्येक सानो वा ठूलो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। यस कठिन समयमा हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न करुणा, ऐक्यबद्धता र आशाका साथ एकजुट होऔं।

हामी एकजुट हुँदा नेपाल अझ बलियो हुन्छ।

साई राम डेन्टल केयर (Sai Ram Dental Care)

दन्तसेवाभन्दा माथि हेरचाह • सबैभन्दा माथि मानवता।"

बुधबार चीनमा हिमाताल फुटेर रसुवामा आएको बाढीमा परी बेपत्ता भएका ८१ जनाको शव नवलपुरका विभिन्न स्थानमा फेला परेको छ । जसमध...
27/08/2026

बुधबार चीनमा हिमाताल फुटेर रसुवामा आएको बाढीमा परी बेपत्ता भएका ८१ जनाको शव नवलपुरका विभिन्न स्थानमा फेला परेको छ । जसमध्ये ५० जनाको शव नगर अस्पताल गैँडकोट तथा पाँच जनाको शव नगर अस्पताल मध्यविन्दुमा राखिएको छ । बाँकी २६ जनाको शव घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकाेप ...
27/08/2026

कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकाेप उद्धार काेषमा तीन कराेड रुपैयाँ नगद हस्तान्तरण गरेकाे छ ।

Address

Bharatpur-12, Chitwan
Narayangarh
44200

Alerts

Be the first to know and let us send you an email when Lok Suchana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share