NamunaPost News

NamunaPost News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NamunaPost News, News & Media Website, Kawasoti, Butwal.

02/10/2026

थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा मध्यविन्दु नगरपालिकाद्वारा आयोजित नगर स्तरीय झम्टा गित प्रतियोगिता सम्पन्न भएको छ।

निर्वाचन आयोगका कर्मचारी सरुवा ।
01/10/2026

निर्वाचन आयोगका कर्मचारी सरुवा ।

01/10/2026

नवलपुर कांग्रेसमा देउवा पक्षको कडा सन्देश : ‘वैधानिक प्रक्रियाबाहिरका गतिविधि मान्य हुँदैनन्’

नवलपुर । नेपाली कांग्रेस नवलपुरको देउवा पक्षले वैधानिक प्रक्रिया र आधिकारिक कार्यतालिकाबाहिर हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
जिल्ला अधिवेशन तयारी समितिले आज पत्रकार सम्मेलन गर्दै असोज १८ गतेदेखि वडा अधिवेशन सुरु हुने जनाएको छ। साथै, नेता–कार्यकर्तालाई भ्रमपूर्ण प्रचारमा नलाग्न र पार्टीले तोकेको आधिकारिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

01/10/2026

विनयी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले योजना तथा कार्यक्रमलाई समयमै अघि बढाउँदै असारमा हुने कामको चाप घटाउने बताउनुभएको छ।
उहाँले आगामी दिनमा वर्क सेड्युलअनुसार काम गर्ने र कामलाई वर्षको अन्तिममा थुप्रिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



Do you like this personality?

01/10/2026

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले भ्रष्टाचारविरुद्ध कडा धारणा राख्दै भन्नुभएको छ–
“हाम्रो कर्मचारीले कुनै काम गरेबापत एक पैसा मागेको भए जस्ताको तस्तै ल्याउनुहोस्, हामी भ्रष्टाचार सहँदैनौँ।”
उहाँले भ्रष्टाचार कुनै दल वा समूहसँग जोडिने विषय नभई व्यक्तिको प्रवृत्तिसँग सम्बन्धित हुने बताउनुभएको छ।

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर १ बाट केन्द्रिय महाधिवेशन तर्फ निर्विरोध तथा निर्वाचित सदस्यहरुको मत परिणाम ।
01/10/2026

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर १ बाट केन्द्रिय महाधिवेशन तर्फ निर्विरोध तथा निर्वाचित सदस्यहरुको मत परिणाम ।

01/10/2026

विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले कार्यसम्पादनलाई थप चुस्त, दुरुस्त र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कर्मचारीको कार्यशैली सुधार, जिम्मेवारीप्रति संवेदनशीलता र जनप्रतिनिधि–कर्मचारीबीचको समन्वयलाई प्राथमिकता दिँदै नयाँ कार्यदिशामा अघि बढ्ने उहाँको भनाइ छ।

01/10/2026

विनयी त्रिवेणीमा पुरानो बेरुजु घटाउने अभियान तीव्र !
आफूहरू निर्वाचित भएर आउनुअघिदेखि रहेको बेरुजु समेत घटाउन आफूहरू निर्मम रूपमा लागिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभएको छ।
पालिकाको आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै पुरानो बेरुजु फर्छ्यौट तथा घटाउने कामलाई अघि बढाइएको उहाँको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा जितबहादुर थापा क्षेत्रीले बिजयी भ...
01/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा जितबहादुर थापा क्षेत्रीले बिजयी भएका छन् ।

कालीगण्डकी बाढीपीडित सामान सुरक्षित ठाउँमा सार्दैयही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि कालीगण्डकी नदीमा आएको बाढ...
01/10/2026

कालीगण्डकी बाढीपीडित सामान सुरक्षित ठाउँमा सार्दै
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीबाट डुबानमा परेको म्याग्दीको बेनी नगरपालिका–७ आनन्दबगरका बासिन्दा बाढीबाट बचेका सामान सुरक्षित ठाउँमा सार्दै । आनन्दबगरका आठ घरपरिवार बाढीबाट विस्थापित बनेका छन् । तस्बिर: सन्तोष गौतम/रासस

Address

Kawasoti
Nawalpur
33016

Alerts

Be the first to know and let us send you an email when NamunaPost News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NamunaPost News:

Shortcuts

Share