Kalpristha News

Kalpristha News कालपृष्ठ दैनिक बाँकेबाट प्रकाशित हुँदैं आएको सबै भन्दा पुरानो दैनिक पत्रिका हो ।

अङ्ग्रेजी बर्ष २०२५ को बिदाई अनि नयाँ बर्ष २०२६ को स्वागत गर्नका लागि होटेल पौवाले आयोजना गरेको सांगेतिक कार्यक्रम न्यु ...
30/12/2025

अङ्ग्रेजी बर्ष २०२५ को बिदाई अनि नयाँ बर्ष २०२६ को स्वागत गर्नका लागि होटेल पौवाले आयोजना गरेको सांगेतिक कार्यक्रम न्यु इयर इभ लाईव म्युजिक कार्यक्रमका मुख्य आकर्षण गायिका Sadeekshya Kattel गायक Nishan Bhattarai गायक Karan Pariyar को आगमन नेपालगन्जमा भइसकेको छ। भोलि मिलेसम्म यता भेटौ है। 🤘
नोट - प्रवेश निशुल्क

30/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा चितवनबाट नागरिकता लिएका २१ जनाको नाम समावेश भएको देखिएको छ।

चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको जिल्ला समेत हो चितवन । चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन् । सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको कतिपय जिल्लाबाट भने सामानुपातिकतर्फका उम्मेदवार शून्य छ ।

बुढादेखी जवानसम्म ज्योती मगरको क्रेज  १५ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवमा ज्योती मगरको क्रेज देखिएको छ । ...
30/12/2025

बुढादेखी जवानसम्म ज्योती मगरको क्रेज

१५ पुस, कोहलपुर । कोहलपुरमा जारी कोहलपुर महोत्सवमा ज्योती मगरको क्रेज देखिएको छ । आज महोत्सवमा ज्योती मगर सहितका कलाकार आउने भएपछि बिहानैदेखी बृद्धदेखी युवा उमेर समुहका दर्शकहरु महोत्सव परिसरमा पुगिसकेका थिए । अबेर साँझ मात्रै स्टेजमा उल्किएकी ज्योतीलाई हेर्न उनिहरु दिनभर कुरेर बसेका थिए ।
ज्योतीले आफ्नै अन्दाजमा प्रस्तुती दिएकी थिईन । उनको प्रस्तुतीमा सिंगो कोहलपुर झुमेको थियो । त्यसअघि चर्चित गायक रामजी खाँडले पनि आफ्नो दमदार प्रस्तुती दिएका थिए । झण्डैं डेढ घण्टासम्म मञ्चमा बिताएका खाँडले आफ्ना चर्चित आधा दर्जन बढि गित गाएका थिए । त्यसैगरी राधिका हमालले समेत दर्शकको उल्लेख्य साथ पाएकी थिईन । साँस्कृतीक कार्यक्रममको सुरुमै प्रस्तुती दिन मञ्चमा उक्लिएकी हमालले पनि आधा दर्जन बढि गित गाएकी थिईन ।
महोत्सवको सातौं दिन कोहलपुरकै चेली गायीका रेश्मा पुन मगर र मोडल अञ्जली अधिकारीले समेत कोहलपुर तताएका थिए ।

जानकी गाउँपालिका बाँकेको आयोजनामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा आठौँ पालिका स्तरीय अन्तर विद्यालय अध्यक्षकपको सम्पूर्...
30/12/2025

जानकी गाउँपालिका बाँकेको आयोजनामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा आठौँ पालिका स्तरीय अन्तर विद्यालय अध्यक्षकपको सम्पूर्ण तयारी सम्पन्न तथा सचिवालय उद्घाटन गरियो.

नविन खड्काको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेपालगन्ज उपमहानगर कमिटी गठन गरिएको छ । खड्का यसअघि तदर्...
30/12/2025

नविन खड्काको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेपालगन्ज उपमहानगर कमिटी गठन गरिएको छ । खड्का यसअघि तदर्थ समितिको अध्यक्ष समेत रहनु भएको थियो । समितिको उपसभापतिमा अर्चना पोख्रेल, सचिवमा घनश्याम भट्ट, सहसचिवमा नितु कुमारी कुँवर क्षेत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा राधेश्याम यादव, विशाल बर्मा, स्नेहा प्रसाई, रमेश केशर खनाल, कृष्ण प्रसाद मरासीनी, जीवन सिंह परियार, असलम अलि कवडिया, गीता पौडेल, अलिम अहमद हलवाई, कलावती श्रेष्ठ(प्रभा), सिमिता श्रेष्ठ, संजय कुमार शर्मा, इन्द्र बहादुर खत्री र तिरथराम यादव रहनु भएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा १ सय १० जना उम्मेदवारको सूची बुझाएको छ । कांग्रेसले सोमबा...
30/12/2025

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा १ सय १० जना उम्मेदवारको सूची बुझाएको छ । कांग्रेसले सोमबार निस्सा लिएर मंगलबार बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो ।

उक्त सूचीमा बाँकेका २ जना कांग्रेस नेता परेका छन् । बाँके क्षेत्र नम्बर १ का नेता दीप नारायण बर्मा र क्षेत्र नम्बर ३ का दुःखीराम लोनिया समानुपातिक उम्मेदवारको सूचीमा परेका हुन् । लोनिया नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाट हाल पार्टीको महासमिति सदस्य छन् । यस्तै वर्मा क्षेत्र नम्बर १ बाट पार्टीको पुर्वमहासमिति सदस्य हुन् । पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइराला चुनाव लड्ने क्षेत्र नम्बर २ बाट भने कोही उम्मेदवार परेका छैनन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको छ । रौतहटकी नियती सिं...
30/12/2025

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको छ । रौतहटकी नियती सिंह (२७ वर्ष)लाई कांग्रेसले समानुपातिकको बन्द सूचीमा राखेको हो । उनले एमबीबीएस उत्तीर्ण गरेकी छन् ।

न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब लगातार तीन खेल जितेर समूह ए को विजेता बन्दै नवाैँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियन...
30/12/2025

न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब लगातार तीन खेल जितेर समूह ए को विजेता बन्दै नवाैँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ को महिलातर्फ सेमिफाईनलमा प्रवेश गरेको छ ।

पत्रकार एवम् साहित्यकार कपिल अन्जन रास्वपामा प्रवेश गर्नु भएको छ । आज नेपालगन्जमा भएको कार्यक्रममा उहाँ रास्वपामा प्रवेश...
30/12/2025

पत्रकार एवम् साहित्यकार कपिल अन्जन रास्वपामा प्रवेश गर्नु भएको छ । आज नेपालगन्जमा भएको कार्यक्रममा उहाँ रास्वपामा प्रवेश गर्नु भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुसररिसव...
30/12/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले कार्यालय सहायक (पाँचौँ) गुरुङलाई कार्यकक्षबाट रु. १ लाख ८५ हजार नगदसहित २०८२ जेष्ठ ३० गते नियन्त्रणमा लिएको थियो।

बारबरा फाउन्डेसन महासचिव नेपालगन्ज निवासी मोहना अन्सारी रास्वपाको समानुपातिक उम्मेदवारमा पर्नु भएको छ । उहाँ वर्तमान सुश...
30/12/2025

बारबरा फाउन्डेसन महासचिव नेपालगन्ज निवासी मोहना अन्सारी रास्वपाको समानुपातिक उम्मेदवारमा पर्नु भएको छ । उहाँ वर्तमान सुशिला कार्की सरकारको मन्त्री बन्ने चर्चा समेत रहेको थियो तर अन्त्यमा उहाँलाई मन्त्रीको जिम्मेवारी दिइएको थिएन् ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने निर्वाचनमा दल र नेताहरूसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप म...
30/12/2025

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब आउने निर्वाचनमा दल र नेताहरूसँग सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट रोडम्याप मागेर मात्रै योग्य पात्र छनोट गर्न आग्रह गरेका छन्।

Address

Dhamboji
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Kalpristha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalpristha News:

Share