Kasturi Khabar

Kasturi Khabar जटिल मिडिया प्रा.लि द्वारा संचालित
www.kasturikhabar.com

14/09/2025

नेपालगञ्ज, – मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा शनिबार भव्यतापूर्वक सम्पन्न भ.....

जेन्जी समूहले लगाएको आगलागीपछि नेपालगञ्ज उपमहानगरपालिकामा अस्थायी सेवा प्रवाह स्थल तोकियोनेपालगञ्ज, २९ भदौंनेपालगञ्ज उपम...
14/09/2025

जेन्जी समूहले लगाएको आगलागीपछि नेपालगञ्ज उपमहानगरपालिकामा अस्थायी सेवा प्रवाह स्थल तोकियो

नेपालगञ्ज, २९ भदौं
नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा जेन्जी समूहले लगाएको आगलागीका कारण नियमित सेवा प्रवाहमा अवरोध उत्पन्न भएको छ। आगलागीबाट कार्यालयको भौतिक संरचना र महत्वपूर्ण कागजातमा क्षति पुगेपछि सेवाग्राहीलाई सहज बनाउन उपमहानगरपालिकाले अस्थायी सेवा प्रवाह स्थल तोकेको जनाएको छ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतका अनुसार, स्थायी भवन प्रयोगयोग्य नभएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप अस्थायी सेवा प्रवाह स्थल तोकिएको हो। उहाँले भन्नुभयो, “नागरिकलाई अत्यावश्यक सेवा निरन्तर दिन अस्थायी स्थानमार्फत सेवा संचालन गरिएको छ। नियमित सेवा अब रोकिँदैन।”

उपमहानगरले हाललाई प्रशासनिक सेवा, दर्ता, प्रमाणपत्र वितरण लगायतका काम उक्त अस्थायी स्थलमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। सेवाग्राहीलाई नयाँ स्थल र कार्यसम्पादनबारे जानकारी दिन सूचना जारी गरिएको छ।

स्थानीयवासीले समयमै वैकल्पिक स्थल तोकिएकोमा स्वागत गरेका छन्। उनीहरूले भने, “अचानकको घटनाले सेवामा अवरोध आउला भन्ने चिन्ता थियो, तर तत्काल अस्थायी व्यवस्था गर्दा सहज भएको छ।”

यसैबीच, सुरक्षाका दृष्टिले उपमहानगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गरी थप सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।

09/09/2025
02/09/2025

मुगु — सोरु गाउँपालिका–३, भीई गाउँमा अवस्थित ऐतिहासिक गुरादेव मन्दिरको भव्य उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा ....

कबाडीसंग कुनै वार्ता हुँदैन, अब बाँकी रहेका सबै कवाडी टहरा भत्काउँछौँ। बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ।महान...
28/08/2025

कबाडीसंग कुनै वार्ता हुँदैन, अब बाँकी रहेका सबै कवाडी टहरा भत्काउँछौँ। बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे

सरकारले ७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
28/08/2025

सरकारले ७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

27/08/2025

'मलाई कानुनको सजाय मन्जुर छैन। रुबिकी आमा, राजु र राजनले पैसाले धाक दिएर हामीलाई बाच्न दिएनन् ।' - रुबि साह हत्या आरोपी लक्ष्मण पासवान
उनले आफैले पेट्रोल छरेर आत्मदाह गरेर काठमाडौको बोर्न हस्पिटलमा उपचारको क्रममा मृत्यु भइ सकेको छ ।

Video: Himalayantv

SadNews: प्रचण्डले भारतबाट ल्याएको एउटा मुर्रा राँगो भ्यागुते रोग लागेर मरेको छ । 😢
27/08/2025

SadNews: प्रचण्डले भारतबाट ल्याएको एउटा मुर्रा राँगो भ्यागुते रोग लागेर मरेको छ । 😢

उखु किसानले उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ ।  उक्त रकम ३ दिन...
26/08/2025

उखु किसानले उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ । उक्त रकम ३ दिन भित्र किसानको खातामा हाल्दिने पनि सरकारले तयारी गरेको छ । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दे आएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि क...
24/08/2025

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

जुम्लाको सिंजा र तिला गाउँपालिकामा उत्पादन भएको स्याउ केही दिनदेखि गुल्मीको सदरमुकाम तम्घास बजारमा बिक्री भइरहेको छ। अहि...
24/08/2025

जुम्लाको सिंजा र तिला गाउँपालिकामा उत्पादन भएको स्याउ केही दिनदेखि गुल्मीको सदरमुकाम तम्घास बजारमा बिक्री भइरहेको छ। अहिले यो स्याउ बजारमा प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
स्वदेशी उत्पादन विषादीमुक्त र स्वादिलो भएकाले उपभोक्ताबीच यसको माग बढिरहेको व्यवसायीहरूको भनाइ छ। तम्घास बजारमा स्याउ बिक्री गर्दै जुम्लाका जगत शाहीलगायतका कृषक ।

तस्बिर :मनोज कार्की

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Kasturi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kasturi Khabar:

Share